ब्ल्याक ज्याक
Jump to navigation
Jump to search
२१ अङ्क मा आधारित तास को यो खेल संसारभरका क्यासिनोहरूमा सवैभन्दा लोकपि्रय खेल हो| यो खेल खेलाउन एक जना संचालक (डिलर) चाहिन्छ| ६ वटा बुक -डेक) मा खेलाईने यो खेल डिलर भर्सेज प्लेयर खेल हो। तास को नियम मा -ब्ल्याक ज्याक भनेको एक्कासँग आउने कुनै पनि दहल माथिका कार्ड हुन्, जसलाई ब्ल्याकज्याक भनिन्छ। यो खेललाई ट्वेन्टीवान पनि भनिन्छ।डिलर वा प्लेयरमा योगफल २१ भित्र रहेर जसको ठूलो अंक हुन्छ त्यसले यो खेल जित्छ। यसमा प्लेयरले कार्ड लिने सन्दर्भमा होसियार हुनुपर्छ, यसैमा उसको बुद्धिमानी पनि सावित हुने हो तर डिलरले योगफल १६ भएको अवस्थासम्म थप कार्ड लिनैपर्छ। यो खेलमा प्लेयरलाई ब्ल्याकज्याक आएको खण्डमा स्वतः विजेता घोषित गर्दै डिलरले डेढ गुणा भुक्तानी गर्छ।
![]() |
विकिमिडिया कमन्समा ब्ल्याक ज्याक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |