सामग्रीमा जानुहोस्

भरतपुर आँखा अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरतपुर आँखा अस्पताल
Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found.
भौगोलिक विवरण
स्थानभरतपुर
चितवन जिल्ला, नेपाल
निर्देशाङ्क२७°४१′०५″N ८४°२६′१८″E / 27.68476°N 84.43845°E / 27.68476; 84.43845
सङ्गठन
प्रकारआँखा अस्पताल
आवद्ध विश्वविद्यालयनेपाल नेत्र ज्योति सङ्घ
इतिहास
सञ्चालनवि.सं २०४४
कडीहरू
वेबसाइटbeh.org.np

भरतपुर आँखा अस्पताल वा हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान पूर्व नाम श्री महेन्द्र स्मारक आँखा अस्पताल दक्षिणी मध्य नेपालको चितवन जिल्लाको भरतपुरमा अवस्थित छ।[] भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योति सङ्घको छाता सङ्गठन अन्तर्गत एक गैर-नाफामुखी, परोपकारी संस्था हो। यसको उद्देश्य चितवन, बारा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, सर्लाही, पर्सा र धादिङ जस्ता छिमेकी जिल्लाहरूका स्थानीय र बिरामीहरूलाई किफायती मूल्यमा उच्च-गुणस्तरको व्यापक आँखा उपचार सेवाहरू प्रदान गर्नु हो। भरतपुर महानगरपालिकामा अवस्थित प्रमुख अस्पतालको अतिरिक्त, यसले यसको सेवा क्षेत्रमा विभिन्न स्थानहरूमा ३ माध्यमिक स्तरको आँखा अस्पताल र १ सहरी क्लिनिक र १८ आँखा उपचार केन्द्रहरू स्थापना गरेको छ।[]

अस्पताल भवन बैङ्क अफ कमर्स एन्ड क्रेडिट्स इन्टरनेशनल फाउन्डेसन पाकिस्तानको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। यस अस्पतालको उद्घाटन २०४४ चैत १८ मा स्वर्गीय राजा वीरेन्द्रपाकिस्तानका राष्ट्रपति गुलाम इसाक खानले संयुक्त रूपमा गरेका थिए। यो राजाको नाममा राखिएको एक मात्र आँखा अस्पताल थियो, जुन २०६५ मा नेपालले गणतन्त्र प्राप्त गरेपछि परिवर्तन गरिएको थियो। यसकोको हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान संस्थान भनेर चिनिने शैक्षिक शाखा छ र यसले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सम्बद्ध छ। त्यस्तै, यसले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत नेत्र विज्ञान स्नातक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कार्यक्रम अन्तर्गत नेत्र विज्ञानमा प्रमाणपत्र स्तर जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।[]

शाखा तथा सञ्जालहरू

[सम्पादन गर्नुहोस्]
भरतपुर आँखा अस्पतालको सञ्जालको विवरण
क्रम सङ्ख्यामाध्यमिक आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूअवस्थितिस्थापना (वि.सं)
भरतपुर आँखा अस्पताल, चितवनभरतपुर२०४४
भरतपुर आँखा अस्पताल, ठोरीपर्सा२०७२
भरतपुर आँखा अस्पताल, कावासोतीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)२०६१
भरतपुर आँखा अस्पताल, सिम्रौनगढबारा२०७३
चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङ्ग विभाग (सहरी क्लिनिक) भरतपुरचितवन२०६७
आँखा उपचार केन्द्र,पर्सा,खैरहनीचितवन२०६५
आँखा उपचार केन्द्र, माडीचितवन२०६८
आँखा उपचार केन्द्र, टाँडीचितवन२०७२
नरसिंहधाम आँखा उपचार केन्द्र, सल्यानटारधादिङ२०७१
१०आँखा उपचार केन्द्र, चनौलीचितवन२०७२
११आँखा उपचार केन्द्र, कुरिनटारचितवन२०७७
१२आँखा उपचार केन्द्र, दुधौलीसिन्धुली२०७७
१३आँखा उपचार केन्द्र, हुप्सेकोटनवलपरासी (बर्दघाट सुस्ता पूर्व)२०७८
१४आँखा उपचार केन्द्र, मध्यविन्दुनवलपरासी (बर्दघाट सुस्ता पूर्व)२०७८
१५भद्रकाली कँडेल आँखा उपचार केन्द्र, बेनीघाटधादिङ२०७८
१६आँखा उपचार केन्द्र, ईश्वरपुरसर्लाही२०७९
१७आँखा उपचार केन्द्र, राप्ती, भण्डाराचितवन२०७९
१८आँखा उपचार केन्द्र, आँबुखैरेनीतनहुँ२०८०
१९आँखा उपचार केन्द्र, भेडाबारी, गैँडाकोटनवलपरासी (बर्दघाट सुस्ता पूर्व)२०८०
२०आँखा उपचार केन्द्र, डेढगाउँ, बौदीकालीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)२०८०
२१आँखा उपचार केन्द्र, भानुतनहुँ२०८१
२२आँखा उपचार केन्द्र, कालिकाचितवन२०८१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Introduction" (अङ्ग्रेजीमा), भरतपुर आँखा अस्पताल, अन्तिम पहुँच १२ भदौ २०८२
  2. "भरतपुर आँखा अस्पताल : एक वर्षमा साढे तीन लाखलाई सेवा, ११ हजार शल्यक्रिया" (नेपालीमा), कान्तिपुर, ८ भदौ २०८१, अन्तिम पहुँच १२ भदौ २०८२
  3. "आँखा उपचारकाे गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल" (नेपालीमा), हेल्थ टिभी, अन्तिम पहुँच १२ भदौ २०८२