भारतीय रिजर्व बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(भारतीय रिजर्भ बैंक बाट पठाईएको)
Jump to navigation Jump to search
भारतीय रिजर्व बैंक
Reserve Bank of India
भारतीय रिजर्व बैंकको छाप रिजर्व बैंकको कार्यालय
भारतीय रिजर्व बैंकको छाप रिजर्व बैंकको कार्यालय
प्रमूख कार्यालय शहीद भगतसिंह मार्ग, मुम्बई, महाराष्ट्र
स्थापना अप्रिल १, १९३५ (८४ वर्ष अघि) (१९३५-०४-01)
गभर्नर उर्जित पटेल
सेन्ट्रल बैंक अफ इन्डिया
मुद्रा भारतीय रुपया
आरक्षित युएस$ ३०२.१ बिलियन[१]
वेबसाइट https://www.rbi.org.in

भारतीय रिजर्व बैंक (अङ्ग्रेजी: Reserve Bank of India) भारतको केन्द्रीय बैंक हो । यो भारतको सबै बैंकहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ ।

यसको स्थापना १ अप्रिल सन् १९३५ को रिजर्व बैंक अफ इन्डिया ऐन, १९३४ अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय कोलकातामा थियो जसलाई सन् १९३७ मा मुम्बईमा सारिएको हो । पहिले यो एउटा निजी बैंक थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । उर्जित पटेल भारतीय रिजर्व बैंकका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।

भारत भरमा रिजर्व बैंकको कुल २२ क्षेत्रीय कार्यालयहरू छन् जसमा प्रायः जसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।[२] मुद्रा परिचालन र कालो धनको दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैंक अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।[३]

स्थापना[सम्पादन गर्ने]

मुम्बई स्थित भारतीय रिजर्व बैंकको प्रधान कार्यालय

भारतीय रिजर्व बैंकको स्थापना भारतीय रिजर्व बैंक ऐन १९३४ को प्रावधान अनुसार १ अप्रिल १९३५ मा भएको थियो । रिजर्व बैंकको केन्द्रीय कार्यालय प्रारम्भमा कोलकातामा स्थापित गरिएको थियो जसलाई सन् १९३७ मा स्थायी रूपले मुम्बईमा स्थानान्तरित गरिएको हो । केन्द्रीय कार्यालय त्यो कार्यालय हो जहाँ गभर्नर वहाल रहनछन् र नीतिहरू निर्धारित गर्ने गरिन्छ । ब्रिटिश राजको समयमा प्रारम्भ रूपले यो बैंक निजी स्वामित्व हुने गर्थ्यो तर स्वतन्त्र भारतमा सन् १९४० जनवरी १ मा यसको राष्ट्रीयकरण गरियो । यसपछि यो पूर्ण रूपले भारत सरकारको पूर्ण स्वामित्व बैंक हो ।

प्रमुख कार्य[सम्पादन गर्ने]

भारतीय रिजर्व बैंकको प्रस्तावनामा बैंकको मूल कार्य यस प्रकार वर्णित गरिएको छ:

  • मौद्रिक नीति तैयार पार्नु, त्यसको कार्यान्वयन र रेखदेख गर्ने ।
  • वित्तीय प्रणालीको विनियमन र पर्यवेक्षण गर्ने ।
  • विदेशी मुद्राको प्रबन्धन गर्ने ।
  • मुद्रा जारी गर्ने, त्यसको विनिमय गर्ने र परिचालन योग्य नभएको स्थितिमा त्यसलाई नष्ट गर्ने ।
  • सरकारको बैंकर र बैंकहरूको बैंकरको रूपमा काम गर्ने ।
  • आफ्नो शाखा नियन्त्रित गर्ने ।
  • मुद्राको कारोबारलाई नियन्त्रित गर्ने ।

सरकारको बैंकरको रुपमा भारतीय रिजर्व बैंकको भूमिका[सम्पादन गर्ने]

भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा २० को शर्तहरूमा रिजर्व बैंकले केन्द्रीय सरकारको प्राप्ति‍ र भुक्तानहरू, वि‍नि‍मय, विप्रेषण (रेमि‍ट्यान्स) र अन्य बैंकिंग गति‍वि‍धि‍हरू, जसमा सङ्घको साधारण ऋण प्रबन्ध समेत सामेल छ, को उत्तरदायि‍त्व सम्भालने कार्य गर्छ । त्यसतै भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा २१ अनुसार रिजर्व बैंकलाई भारतमा सरकारी कारोबार गर्ने अधि‍कार प्राप्त छ ।

अधि‍नि‍यमको धारा २१ ए अनुसार राज्य सरकारहरूसँग करार गरेर भारतीय रिजर्व बैंकले राज्य सरकारलाई ऋण प्रदान गर्न सक्छ । भारतीय रिजर्व बैंकले हाल सम्म यो करार सि‍क्कि‍म सरकार वाहेक अन्य सबै राज्य सरकारहरू गरिसकेको छ ।

भारतीय रिजर्व बैंकले केन्द्र तथा राज्य सरकारहरूको प्रमुख खाताहरू उसको केन्द्रीय लेखा विभाग, नागपुरमा राख्ने गर्दछ । भारतीय रिजर्व बैंकले पुरै भारतमा सरकारको तर्फबाट राजस्व सङ्ग्रह गर्नुका साथ साथै भुक्तान गर्नका लागि सुसञ्चालि‍त व्यवस्था गरेको छ । भारतीय रिजर्व बैंकको मानव लेखा वि‍भाग र भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा ४५ अन्तर्गत नि‍युक्त एजेन्सी बैंकहरूको शाखाहरूको सञ्जाल सरकारी लेनदेन गर्ने गर्दछ । वर्तमान समयमा सार्वजनि‍क क्षेत्रका सबै बैंक र नि‍जी क्षेत्रका तीन बैंक अर्थात आइसिआइसिआई बैंक लिमिटेड, एचडिएफसी बैंक लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतीय रिजर्व बैंकको एजेन्टको रुपमा कार्य गर्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "India's forex reserves slump by $4.67 billion", Mumbai: New Delhi Television Limited, २५ दिसम्बर २०११, अन्तिम पहुँच २ जनवरी २०१२ 
  2. "भारतीय रिज़र्व बैंक के क्षेत्रीय कार्यालय", अन्तिम पहुँच २३ जनवरी २०१४ 
  3. "Reserve Bank of India puts 2005 as expiry date on currency notes to curb fake money", डीएनए इण्डिया डॉट कॉम, अन्तिम पहुँच २३ जनवरी २०१४