भिस्कोसिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिस्कोसीटि (गतिशास्त्र)
Viscosities
फरक भिस्कोसीटि भएका तरलहरूको बदलिएको रूप । दायाँ तर्फ भएको तरलको भिस्कोसीटि बढी र बायाँ तर्फ भएको तरलको भिस्कोसीटि कम छ ।
साधारण प्रतीकη, μ
अन्य मात्रा देखि
व्युत्पत्ति
μ = G·t

हामीलाई थाहा छ कि कुनै पनि ठोस वस्तु अर्को ठोस वस्तुसँग रगडीयो भने घर्षण उत्पन्न हुन्छ । सोही अनुरूप, कुनै पनि तरल अवस्थामा रहेको वस्तु अर्को तरल वस्तुको सतहसँग रगडीयो भने घर्षण बल उत्पन्न हुन्छ जसलाई भिस्कस बल भनिन्छ । यही बलले तरल पदार्क चाल लाई प्रतिरोध गर्दछ ।

उदाहरणका लागि, एउटा भाँडो लिउँ र एउटा सिसाको रडले उक्त भाँडोको पानीलाई चलाउँ । त्यहाँ भएको तरलको विभिन्न तहको भिन्न गति हुन्छ । भाँडोको सम्पर्कमा रहेको तहको गति न्युन हुन्छ भने भाँडोको केन्द्रतिर जाँदा तरलको गति पनि बढ्दै जान्छ । पानीलाई चलाउन छोड्नु हो भने, क्रमश: सम्पूर्ण तहहरूको गति घट्छ र अन्तत: सम्पूर्ण तहहरू स्थिर अवस्थामा आउँछन् ।

कुनै पनि तरल वा ग्याँसको बहने गुणले गर्दा तरल पदार्थ चाल अवस्थामा हुँदा आन्तरिक घर्षण पैदा भई त्यही घर्षणले तरलको विभिन्न तहको सापेक्षिक चाललाई प्रतिरोध गर्नुलाई नै भिस्कोसीटि भनिन्छ ।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

"भिस्कोसिटी" शब्द लेटिन भाषाको "viscum",बाट आएको हो जसको अर्थ हडचुर अथवा हडचुरबाट बनेको टाँस्ने चिज (glue) हुन्छ ।[१]

न्युटनको भिस्कोसीटि सम्बन्धी नियम, भिस्कोसीटि गुणाङ्क[सम्पादन गर्नुहोस्]

मानौँ, कुनै एक ठोस तेर्सो सतहमा तरल पदार्थ स्थिर रूपमा बहिरहेको छ । तरलका प्रत्येक तहहरू ठोसको तहसँग समानान्तर छन् । ठोस सतहको सम्पर्कमा रहेको तरलको तह स्थिर अवस्थामा छ भने अन्य तहको गति जति उँभो गयो त्यति नै बढ्दै जान्छ ।

मानौँ दुई तहहरू AB र CD क्रमश: v र v+dv गतिमा अगाडि बढिरहेका छन् । AB तह ठोस सतहदेखि x दुरीमा छ भने CD तह ठोस सतहदेखि x+dx दुरीमा छ ।

प्रति एकाई दुरीमा हुने गति परिवर्तन (dv/dx) लाई नै गति प्रविणता (Velocity gradient) भनिन्छ ।

न्युटनका अनुसार, भिस्कस बल निम्न कुराहरूमा निर्भर हुन्छ: (१) भिस्कस बल सम्पर्कमा रहेका सतहहरूको क्षेत्रफलसँग समानुपातिक हुन्छ । F α a (२) भिस्कस बल दुइ तहको गति प्रविणता सँग समानुपातिक हुन्छ । F α (dv/dx) माथीका दुइ समीकरण लिँदा F α a (dv/dx) वा F = - η a (dv/dx) ...(i) जहाँ,η एउटा अचर राशि हो जसलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ । यसको मान तरलको गुणमा निर्भर रहन्छ ।

समीकरण (i) मा रहेको ऋणात्मक चिन्हले भिस्कस बल तरलको चालको दिशाको विपरित दिशामा लाग्छ भन्ने जनाउँछ ।

यदि a=1 र dv/dx =1 भए, समिकरण (i) बाट,

η = - F अत: भिस्कोसीटि गुणाङ्कको परिभाषा

तरलको तहको प्रतिएकाइ क्षेत्रफलमा लाग्ने भिस्कस बल जसको गति प्रविणता एक एकाइ छ र तरलको बहनको दिशाको लम्ब छ , त्यसैलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "viscous", Etymonline.com, अन्तिम पहुँच २०१८-०९-२२