भेनेजुएला
बोलिभारियाली गणराज्य भेनेजुएला | |
|---|---|
आदर्श वाक्य: Dios y Federación (स्पेनी) ("ईश्वर र सङ्घीयता") | |
राष्ट्रिय गान: Gloria al Bravo Pueblo (स्पेनी) ("साहसी जनताहरूको महिमा") | |
भेनेजुएलाले नियन्त्रण गरेको क्षेत्र गाढा हरियोमा देखाउँदा दाबी गरिएको तर नियन्त्रण नरहेको क्षेत्र फिका हरियो रङ्गले देखाउँदछ | |
| राजधानी र सबैभन्दा ठुलो सहर | कराकस १०°३०′२२″उ ६६°५४′५२″प / 10.50611°N 66.91444°W |
| आधिकारिक भाषाहरू | स्पेनी[b] |
| मान्यता प्राप्त आञ्चलिक भाषाहरू | |
| जातिगत समूहहरू (सन् २०११)[१] |
|
| धर्म (सन् २०२०)[२] |
|
| रैथाने(हरू) | भेनेजुएली |
| सरकार | सर्वसत्तावादी शासन अन्तर्गतको सङ्घीय राष्ट्रपतीय गणतन्त्र [क] तानाशाही[ख][ग] |
| निकोलस मादुरो (देल्सी रोड्रिगेज (कार्यवाहक))[घ] | |
• उपराष्ट्रपति | देल्सी रोड्रिगेज |
| व्यवस्थापिका | राष्ट्रिय सभा |
| स्वतन्त्रता स्पेनबाट | |
• घोषणा | ५ जुलाई १८११ |
• ग्रान कोलम्बियाबाट | १३ जनवरी १८३० |
• अङ्गीकृत | २९ मार्च १८४५ |
• भेनेनुएलाको संविधान | २० डिसेम्बर १९९९[१४] |
| क्षेत्रफल | |
• जम्मा | ९,१६,४४५[१५] किमी२ (३,५३,८४१ वर्ग माइल) (३२औँ) |
• पानी (%) | ३.२%[d] |
| जनसङ्ख्या | |
• सन् २०२३ अनुमानित | |
• घनत्व | ३२/किमी2 (८२.९/वर्ग माइल) (१८४औँ) |
| कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२५ लगत |
• जम्मा | |
• प्रति व्यक्ति | |
| कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२५ लगत |
• जम्मा | |
• प्रति व्यक्ति | |
| गिनी (सन् २०१३) | मध्यम |
| मानव विकास सूचकाङ्क (सन् २०२३) | उच्च · १२१औँ |
| मुद्रा | भेनेजुएली बोलिभार (आधिकारिक) |
| समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय−०४:०० (भेनेनुएली समय) |
| मिति ढाँचा | दिन/महिना/वर्ष (वर्तमान युग) |
| सडक प्रयोग | दायाँ |
| टेलिफोन कोड | +५८ |
| इन्टरनेट डोमेन | डट भिई |
| |
भेनेजुएला (स्पेनी: República Bolivariana de Venezuela) औपचारिक रूपमा बोलिभारियाली गणराज्य भेनेजुएला दक्षिण अमेरिकाको उत्तरी तटमा अवस्थित एक देश हो। भेनेजुएलाको कुल क्षेत्रफल ९१२,०५० वर्ग किलोमिटर (३५२,१४० वर्ग माइल) र सन् २०२४ मा अनुमान गरिएअनुसार यसको जनसङ्ख्या लगभग ३ करोड १३ लाख रहेको छ। यस देशको महादेशीय भू-भागको उत्तरी सीमा क्यारिबियाली सागर र आन्ध्र महासागर, पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल, उत्तर-पूर्वमा ट्रिनिडाड र टोबागो र पूर्वमा गयानाले घेरेको छ। यस देशको भौगोलिक फैलावट उत्तरमा एन्डिज पर्वतमालाका अग्ला चुचुराहरूबाट दक्षिणको उष्णकटिबन्धीय जङ्गलसम्म रहेको छ। देशको मध्यभागमा घाँसे मैदान सहितको समतल भूमि र जङ्गलयुक्त उच्चभूमिहरू रहेका छन्। भेनेजुएला २३ राज्य, राजधानी जिल्ला र समुद्री टापुहरू सहित सङ्घीयतामा निर्भरता छ। भेनेजुएला दक्षिणी अमेरिकाका सबैभन्दा सहरीकृत देशहरूमध्ये एक हो जसको उत्तरी सहर र राजधानीमा अधिकांश भेनेजुएली नागरिकहरू बसोबास गर्छन्। भेनेजुएलाको राजधानी र सबैभन्दा ठूलो सहरी क्षेत्र कराकस सहर हो।
भेनेजुएला ३०० वर्षभन्दा बढी समयसम्म स्पेनको एक उपनिवेश थियो। १९औँ शताब्दीको प्रारम्भमा भेनेजुएला स्पेनीहरूको कब्जाबाट स्वतन्त्रता भई नयाँ देश घोषणा गर्ने पहिलो स्पेनी उपनिवेश बनेको थियो। सुरुमा भेनेजुएलालाई भेनेजुएला गणतन्त्रको रूपमा चिनिने गरेको भएतापनि सन् १९९९ मा यसको नाम परिवर्तन गरी भेनेजुएला र बोलिभारियाली गणराज्य भेनेजुएला राखिएको थियो। देशको स्वतन्त्रतामा महत्त्वपूर्ण योगदान पुर्याउने सैन्य नेता सिमोन बोलिभारको नामबाट यस देशको नामकरण गरिएको हो। स्वतन्त्रतापछि भेनेजुएला आन्तरिक द्वन्द्व र तानाशाहीका कैयौँ चरणबाट गुज्रिँदै आइरहेको छ। भेनेजुएलाको राजनीतिमा सेनाको बलियो प्रभाव छ। देशमा सन् १९५० को दशकको अन्त्यदेखि प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारले शासनसत्ता सम्हाल्दै आएको छ।
भेनेजुएलामा सन् १९८० र १९९० को दशकको आर्थिक मन्दी मुख्य राजनीतिक सङ्कट र व्यापक सामाजिक अशान्तिको कारण बन्न पुगेको थियो जसमा सन् १९८९ को घातक काराकाजो दङ्गा, सन् १९९२ मा दुई पटकसम्म सत्ता हत्याउने प्रयास र सन् १९९३ मा सार्वजनिक कोष हिनामिनामा तत्कालीन राष्ट्रपतिलाई महाभियोग लगाइएको घटनाहरू समावेश छन्। वर्तमान राजनीतिक दलहरूमा विश्वासको पतनले सन् १९९८ मा राष्ट्रपतीय निर्वाचन गराउँदा यसले बोलिभारियाली क्रान्तिको उत्प्रेरकको भूमिका निर्वाह गरेको थियो जसको फलस्वरूप देशमा नयाँ संविधानलाई पारित गरिएको थियो। सरकार ल्याएको जनताप्रेमी सामाजिक कल्याण नीतिद्वारा ऊर्जा मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको थियो जसले अस्थायी रूपमा सामाजिक खर्च बढाउँदा शासनको प्रारम्भिक वर्षहरूमा आर्थिक असमानता र गरिबी घटाएको मद्दत गरेको भएतापनि सन् २०१० को दशकमा गरिबी ह्वात्तै बढ्न थाल्दा सन् २०१३, २०१८ र २०२४ का राष्ट्रपतीय निर्वाचनहरू व्यापक रूपमा विवादास्पद बनेका थिए। यी निर्वाचनहरूमा विपक्षी उम्मेदवारहरूमध्ये कयौँलाई पक्राउ वा निर्वासित गरिएको थियो जसकारण व्यापक रूपमा विरोध र अन्तर्राष्ट्रिय निन्दाका घटनाहरू घट्न पुगेका थिए भने यी घटनाहरूले अर्को ठूलो राष्ट्रिय सङ्कट उत्पन्न गरेको थियो जुन हालसम्म पनि जारी छ। सन् २०२६ मा संयुक्त राज्य अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको थियो भने अस्थायी भेनेजुएली प्रशासन कार्यान्वयन नभएसम्म उनीहरूले देशमा पकड कायमै राख्ने घोषणा गरेका थिए।
भेनेजुएला आधिकारिक रूपमा सङ्घीय राष्ट्रपतीय गणतन्त्रात्मक राज्य भएतापनि चाभेज र मादुरो प्रशासनको अधीनमा देशको लोकतान्त्रिक स्तर घट्दा देशमा तानाशाही प्रवृत्ति देखिन्छ। भेनेजुएलाले प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणका अन्तर्राष्ट्रिय सूचकाङ्कहरूमा निकै न्युनतम अङ्क प्राप्त गर्दछ। एक विकासशील देश भएको नाताले देशको अर्थतन्त्रमा तेल भण्डारमा निर्भर छ भने हालसम्म पनि भेनेजुएला विश्वका प्रमुख तेल निर्यातकमध्ये एकको रूपमा यथावत् छ। पहिले देश कृषि उत्पादनहरू जस्तै: कफी र कोकोआको निर्यातक थियो भने तेल उत्पादनमा विकास हुँदै आएपछि देशको प्रमुख आयस्रोतको रूपमा तेल उद्योगहरूको प्रभुत्व स्पष्ट देखिन्छ। हाल भेनेजुएला महङ्गाई, आधारभूत सामानहरूको कमी, बेरोजगारी, गरिबी, रोग, उच्च बाल मृत्युदर, पोषणको अभाव, वातावरणीय समस्या, गम्भीर अपराध र व्यापक भ्रष्टाचारसँग जुधिरहेको छ। अमेरिकी प्रतिबन्ध र विदेशमा भेनेजुएलाका सम्पत्तिहरूको कब्जाले देशलाई $२४–३० अर्ब अमेरिकी डलरको क्षति पुर्याएको छ।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भेनेजुएलाको शासन प्रणालीलाई विभिन्न स्रोतहरूले अधिनायकवादी भनेर वर्णन गरेका छन्।[३][४][५][६]
- ↑ भेनेजुएलाको शासन प्रणालीलाई विभिन्न स्रोतहरूले तानाशाहीको रूपमा वर्णन गरेका छन्।[७][८][९][१०][११]
- ↑ भेनेजुएलामा अमेरिकी आक्रमणपछि देशको वर्तमान नेतृत्वलाई लिएर विवाद उत्पन्न भएको छ।
- ↑ संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दै मादुरोलाई पक्राउ गरेर संयुक्त राज्य अमेरिकामा लगेको र रोड्रिगेजले कार्यकारी रूपमा राष्ट्रपतिको पद सम्हालेको भएतापनि मादुरो अझै कानुनी पदाधिकारी भएको दाबी गर्दै आएका छन्।[१२][१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Resultado Básico del XIV Censo Nacional de Población y Vivienda 2011 (Mayo 2014)", ine.gov.ve, पृ: २९, मूलबाट ५ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४। अभिलेखिकरण ५ अगस्ट २०१९ वेब्याक मेसिन
- ↑ "National Profiles", मूलबाट १३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०२२।
- ↑ Corrales, Javier (२०२०), "Authoritarian Survival: Why Maduro Hasn't Fallen", Journal of Democracy (Project Muse) 31 (3): 39–53, आइएसएसएन 1086-3214, डिओआई:10.1353/jod.2020.0044।
- ↑ "The Path Toward Authoritarianism in Venezuela", Political Science, Oxford University Press, ३० अक्टोबर २०१९, आइएसबिएन 978-0-19-975622-3, डिओआई:10.1093/obo/9780199756223-0286।
- ↑ Corrales, J. (२०२२), Autocracy Rising: How Venezuela Transitioned to Authoritarianism, G - Reference, Information and Interdisciplinary Subjects Series, Brookings Institution Press, पृ: intro, आइएसबिएन 978-0-8157-3807-7।
- ↑ "Battling Authoritarian Regimes in Venezuela and Beyond: A Conversation with Venezuelan Opposition Leader Leopoldo López", David Rockefeller Center for Latin American Studies, २५ अप्रिल २०२२, मूलबाट १३ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२३।
- ↑ Turkewitz, Julie (३० जुलाई २०२४), "What Happened to Venezuela's Democracy?", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, मूलबाट ३० जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०२४।
- ↑ Roy, Diana; Cheatham, Amelia (३१ जुलाई २०२४), "Venezuela: The Rise and Fall of a Petrostate", Council on Foreign Relations (अङ्ग्रेजीमा), मूलबाट ८ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०२४, "The reforms paved the way for Maduro to establish a dictatorship years after Chávez's death."
- ↑ Corrales, Javier, "Venezuela's Odd Transition to Dictatorship", Americas Quarterly, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१६।
- ↑ Brodzinsky, Sibylla (२१ अक्टोबर २०१६), "Venezuelans warn of 'dictatorship' after officials block bid to recall Maduro", The Guardian (en-GBमा), मूलबाट ९ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१६।
- ↑ "Almagro: Maduro se transforma en dictador por negarles a venezolanos derecho a decidir su futuro", CNN en Español (स्पेनीमा), २४ अगस्ट २०१६, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१६।
- ↑ "Live Updates: U.S. Captures Venezuelan Leader, Trump Says", The New York Times, जनवरी ३, २०२६, अन्तिम पहुँच जनवरी ३, २०२६।
- ↑ "Maduro is Venezuela's only president, says VP Delcy Rodriguez", BBC News, जनवरी ३, २०२६, अन्तिम पहुँच जनवरी ३, २०२६।
- ↑ "Venezuela (Bolivarian Republic of)'s Constitution of 1999 with Amendments through 2009", constituteproject.org, मूलबाट ७ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०२०।
- ↑ "Venezuela country profile", BBC News, ४ डिसेम्बर २०२३, मूलबाट ४ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०२३।
- 1 2 3 4 "World Economic Outlook Database, October 2025: Edition (Venezuela)" (अङ्ग्रेजीमा), October, 14 2025।
- ↑ "Income Gini coefficient", undp.org, United Nations Development Programme, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१५।
- ↑ "Human Development Report 2025" (अङ्ग्रेजीमा), United Nations Development Programme, ६ मे २०२५, मूलबाट ६ मे २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०२५।