सामग्रीमा जानुहोस्

भैरवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैरवी
दश महाविद्याको सदस्य
भैरवीको एक चित्र
आबद्धपार्वती, आदिशक्ति, महाविद्या, देवीमाता, महाकाली
वासस्थानकैलाश पर्वतमणिद्वीप
मन्त्रॐ हसैं हसकरीं हसैं भैरव्यै नमो नम:
अस्त्रत्रिशूल, खट्वाङ्ग, तरवार, कपाल, हँसिया र डमरु
वाहनकमल

भैरवी एक हिन्दु देवी हुन्, जसलाई देवीमाताका दस अवतारहरू अर्थात् महाविद्याहरूमध्ये एकको रूपमा वर्णन गरिएको छ।तन्त्र शास्त्रमा भैरवीलाई कुण्डलिनी जागरणको प्रमुख देवी मानिन्छ। दस महाविद्याहरूको क्रममा उनको स्थान पाँचौँमा रहेको छ भने उनको स्वरूपले ब्रह्माण्डको विनाशकारी तर परिवर्तनकारी शक्तिलाई प्रतिनिधित्व गर्दछ। उनी भैरव (शिवको एक रूप) की अर्धाङ्गिनी हुन्।[]

'भैरवी' को अर्थ "भयानक" वा "भय उत्पन्न गर्ने" हुन्छ। उनी विनाश र सृजना दुवैकी शक्ति हुन्।[]

प्रतिमा लक्षण

[सम्पादन गर्नुहोस्]

देवी महात्म्यमा उल्लेखित उनको ध्यान श्लोकले उनको स्वरूपको वर्णन गर्दछ। उनले रातो वस्त्र लगाएकी हुन्छिन् र उनको घाँटीमा काटिएका टाउकोहरूको माला (मुण्डमाला) हुन्छ। उनका तीनवटा आँखाहरू छन् र उनको शिरमा अर्धचन्द्र सुशोभित छ। वैकल्पिक रूपमा, उनी तीनवटा आँखा भएकी एक सुन्दर स्त्री हुन् जो तान्त्रिक देवीहरूको विशिष्ट रातो रङ्गको पहिरनमा सजिएकी छिन्। उनको शिरमा मुकुट वा अर्धचन्द्र छ र उनका कपालहरू खुला छन्। उनलाई जपमाला, पाण्डुलिपि, त्रिशूल, तरवार, पाश, धनुष आदि धारण गरेको अवस्थामा देखिन सक्छिन्। उनका स्तनहरूमा रगतका दागहरू छन् र उनले मानव टाउको वा खप्परको माला लगाएकी छिन्।[] त्रिपुरसुन्दरी र त्रिपुर भैरवी एकअर्कासँग निकट रूपमा सम्बन्धित भएतापनि उनीहरू फरक हुन्।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

भैरवी कुण्डलिनीतान्त्रिक विधामा सिद्ध प्राप्त महिला साधकका लागि प्रयोग गरिने एक पदवी पनि हो। योगिनी भन्नाले तन्त्रकी विद्यार्थी वा आकाङ्क्षीलाई बुझिन्छ। ६४ योगिनीहरूको सहयोगमा तन्त्रमा सफलता प्राप्त गरेकी साधिकालाई 'भैरवी' भनिन्छ। योगिनी वा जोगिनीहरूको सङ्ख्या ६४ हुन्छ, जो भैरवीका सहायक देवीहरू हुन्। भैरवी ती सबै ६४ योगिनीहरूको सर्वोच्च नेतृ हुन्। त्यसैगरी, भैरवका पनि ५२ सहायक शक्तिहरू हुन्छन् जसलाई ५२ भैरव भनिन्छ। पुराण र तन्त्र शास्त्रका अनुसार भैरवी भैरवकी अर्धाङ्गिनी हुन्। तन्त्र शास्त्रमा ६४ योगिनी, ५२ भैरव र ५६ कलवाहरू मिलेर कार्य गर्दछन्।

भैरवीलाई शुभङ्कारी पनि भनिन्छ, जसको अर्थ उनी आफ्ना भक्तहरूका लागि शुभ कार्य गर्ने एक असल आमा हुन्। अधर्मी र क्रूर व्यक्तिहरूका लागि उनी हिंसा, दण्ड र रक्तपातलाई प्रश्रय दिन्छिन् जसको अर्थ उनी तिनीहरूका लागि सम्पूर्ण हिंसाकी जननी हुन्। उनलाई हिंस्रक र भयानक रूपमा देखिने भनिए तापनि आफ्ना सन्तानहरूका लागि उनी एक दयालु आमा हुन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. David Frawley, Inner Tantric Yoga, Lotus Press, 2008, page 163-164
  2. Magee, Mike, "Todala Tantra"
  3. Sukul, Kubernath. Vārānasī Vaibhava. Patna, India: Bihar Rastrabhasa Parisad, 1977
  4. McDaniel, June, Offering Flowers, Feeding Skulls
  5. Ravi V, "Tripura Bhairavi", Mahavidyas, मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१६ अभिलेखिकरण ७ अगस्ट २०१६ वेब्याक मेसिन
  6. "Tripura Bhairavi – SivaSakti"
  7. "Spiritual side of fierce Goddess Bhairavi, the Goddess of wisdom", Sanskriti - Hinduism and Indian Culture Website, ४ मे २०१६, मूलबाट ९ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१९ अभिलेखिकरण ९ जुन २०२२ वेब्याक मेसिन