मयलपोस
मयलपोसमा कठालो, बाहुला (दुई), भित्री फेर, बाहिरी फेर, खोकिला, सन्जाफ, आङ, तुना (आठओटा), कल्ली (पाँचओटा), खार्पा गरी दस अङ्ग हुन्छन्।कल्लीको ठेट अङ्ग्रेजी अनुवाद प्लिट हो र नेपाली मुजा हो
मयलपोसका सबै किनारमा सन्जाफ हुन्छ। सुरुवालको मोहोतामै हुन्छ।मयलपोसको दाहिने फेरले देब्रे फेरलाई छोप्छ। मयलपोसमा प्वाल हुँदैन पश्चिमा लुगाहरूमा जस्तो। छेद (प्वाल) राम्रो मान्दैन परम्पराले।मयलपोस, लबेदा र दौरा समानार्थी लाग्छन्। तर, पूर्ण समानार्थी होइनन्। मयलपोस दरबारी, लबेदा काँठप्रचलित र दौरा पहाडी सम्बोधन हो भनेर पुग्दैन। सही लबेदा मुकुन्दसेनका खजान्ची चिन्तामणि भट्टराईको अद्यापि पाल्पामा सुरक्षित पोसाक हो, जुन घुँडाभन्दा तलसम्म आउँछ, धेरै फुकेको पनि हुन्छ। लिबासको रूपान्तरण र बलुचिस्तानमा लोकपि्रय लबेदासँग यो मिल्दैन, जस्तो कि ठानिन्छ।
मयलपोसक कस्सिएको, मिहिन वस्त्रयुक्त, शंख घोटेको भनेर मात्रै पुग्दैन। मोटो अर्थमा विशिष्ट निर्मित (कस्टम मेड) पनि हो, जसको गाह्रो भाग खोकिला मिलाउनु हो र जो सहज नाप (फ्रि साइज)को दौराभन्दा भिन्न देखिन्छ। मयलपोस 'सेभिल रो सुट' भनेजस्तै हो।
मेहेल (Pyrus pashia)को बियाँले नखुइलिने बदामी रङ दिन्छ। नखुइलिने वदामी रंङको लुगा केवल उच्च वर्गमा मात्र प्रचलित थियो किन भने मेहल रंग महगों हुने गर्दथ्यो | त्यसैले मेहल रंगको पोसाक ( लबेदा / दौरा ) लाई मयलपोस भनिएको मानिन्छ| पछि कम्पनी भारतमा जव नखुलिने वदामी रंग सर्वत्र पाइन थाल्यो नेपाली हरू माझ यो रंगको दौरा खुवै प्रचलित भयो| सन् १८०३मा फ्रान्सिस हेमिल्टनलको वर्णनमा नेपालमा सर्वत्र 'रेड्डिस कटन उल' प्रचलनमा रहेको उल्लेख छ| त्यहि समय तिर मयलपोस र दौरा समानार्थि शव्द वन्न पुगे |