मानाङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानाङ्क लिच्छवी राजा मानदेवले प्रचलनमा ल्याएका मुद्रा हो । मानाङ्कमा अग्र भागमा सिंह र अभिलेख चित्रण गरिएको छ भने पृष्ठ भागमा भोगिनी र अभिलेख चित्रण गरिएको छ । यसको व्यास २.८ सेन्टिमिटरदेखि २.९ सेन्टिमिटर र तौल १८ ग्राम भएको पाइएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रकाश दर्नाल-प्राचिन नेपाल, पुरातत्व विभागको मुखपत्र , २०६२ असार