मिलोस जेमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिलोस जेमान (सन् १९४४ - ) चेक गणतन्त्रका राष्टपति हुन् । उनले सन् २०१३ मार्च ८मा पदभार सम्हालेका थिए । सन् २०१३ जनवरी ११-१२मा चेक गणतन्त्रमा भएको राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनमा उनले २४.२ प्रतिशत मत पाएका थिए । उनी पार्टी अफ सिटिजन्स राइट्सका नेता हुन् । जनवरी ११-१२को निर्वाचन अनिर्णित भएपछि जनवरी २५-२६मा दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा उनले ५४.८ प्रतिशत मत पाएका थिए । कूल मतदान ५९.१ प्रतिशत भएको थियो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]