मेरो प्यारो ओखलढुंगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो प्यारो ओखलढुंगा (संस्मरणात्मक निबन्ध सङ्ग्रह) (Mero Pyaro Okhaldhunga ) लेखक डा. कविताराम श्रेष्ठ ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु २०१०, पृ. सं. २०४

यो पुस्तक ओखलढुंगा सामाजिक गुठी, काठ्मान्डु र ओखलढुंगा जिल्ला विकास समीतीद्वारा आयोजित जन्मथलो सम्झौं अभियान-०५५ मा सलग्न भई लेखक डा. कविताराम श्रेष्ठ २५ वर्ष पछि जन्मथलो ओखलढुंगा जाँदाका संस्मरणहरूको संगालो हो । संस्मरण लेख्ने क्रममा डा. कविताराम श्रेष्ठ आफू सहसंयोजक रहेको जन्मथलो सम्झौं अभियान-०५५ को सविस्तार कार्यक्रमका आलेख प्रस्तुत गरेका छन् । साथै गत २५ वर्षमा ओखलढुंगा ले केकस्ता सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, साहित्यिक आदि काँचुली फेरेको देखियो वा अनुभूत गरियो निबन्धको रूपमा उनले तथांकहरूसमेत यथार्थ वर्णन गरेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]