मेसोडोनिया (प्राचीन अधिराज्य )

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसोडोनिया
Μακεδονία
८०८-१६८ इसा पुर्व
१५०-१४८ इसा पुर्व
मेसोडनको Vergina Sun
Vergina Sun
मेसोडोनिया अधिराज्य ३३६ इसा पुर्व (सुन्तला रंग)
मेसोडोनिया अधिराज्य ३३६ इसा पुर्व (सुन्तला रंग)
राजधानीआइगाई भर्जिनिया[१]
(808–399 BC)
पल्ला[२]
(399–168 BC)
आम भाषाहरूग्रीक
धर्म
ग्रीक बहु देवता, हेल्लेनिस्टिक धर्म
सरकारराजतन्त्र
राजा 
• 808–778 इसा पुर्व
करानस (प्रथम)
व्यवस्थापिकासाइनेड्रइअन
इतिहास 
• राजा करानसद्वारा स्थापित
८०८ इसा पुर्व
• पर्सिया [३]
५१२/५११–४९३ इसा पुर्व
• आर्कियामीड मेसोडोनिया: पर्सिया साम्राज्य [३]
४९२ –४७९ इसा पुर्व
• मेसोडन उदय
३५९ –३३६ इसा पुर्व
• हेल्लेनिक लिग स्थापना
३३८ BC-३३७ इसा पुर्व
• सिकन्दरको लडाई/ पर्सिया आक्रमण
३३५–३२३ इसा पुर्व
३२३ इसा पुर्व
३२२–275 इसा पुर्व
१६८ इसा पुर्व
मुद्राटेत्राड्राम
पूर्ववर्ती
उत्तरवर्ती
Greek Dark Ages
Kingdom of Pergamon
Seleucid Empire
Ptolemaic Kingdom
Macedonia (Roman province)

मेसोडोनिया  (/ˌmæsɪˈdniə/ (About this sound listen)/ˌmæsɪˈdniə/ ( )) or Macedon (/ˈmæsɪˌdɒn/; प्राचीन युनानी: Μακεδονία, Makedonía), आर्कियाकको र ग्रीसको वरपर बसेको प्राचीन साम्राज्य हो ।[४]  यो साम्राज्य रोयल आर्गियड वंशद्वारा स्थापित र पहिले शासन गरिएको थियो । पछि एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा,[५] पश्चिममा एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया , पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो ।

इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र आर्किमेनिड पर्सियाको भुभाग थियो । ।आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ इसा पुर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले ( कुट्नीती र आक्रमण ) जित्यो ।फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरूलाई किरोनोयाको लडाइँमा ३३८ इसा पुर्वमा परजित गरे । फिलिप द्वितीयका पुत्र सिकन्दर (अलेक्जेन्डर महान )ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे।

सिकन्दरको साम्राज्य र मार्ग

सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग सिन्धु नदि सम्म फैलाए ।उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरी सिकन्दरका गुरु अरिस्टोटल ( अरस्तु )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।

३२३ इसा पुर्वमा सिकन्दरको मृत्यु पछि ,डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको सम्राज्री टुक्राटुक्रामा विभाजित भयो । मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो . पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो । नयाँ शहरहरु निर्माण भए ।[६] मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रूपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो ।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो ।

राजा फिलिप द्वितीयको मृत्यु अघिको मेसोडोनिया अधिराज्यको नक्सा

साम्राज्य[सम्पादन गर्नुहोस्]

मुद्रा[सम्पादन गर्नुहोस्]

Tetradrachms (above) and drachms (below) issued during the reign of Alexander the Great, now in the Numismatic Museum of Athens

चादीको सिक्का बनाउने एलेक्जेन्डर प्रथमको राज्यकालबाट सुरु भयो ।  यो शाही खर्चको लागि प्रयोग हुन्थ्यो । आर्किलस प्रथमले चादीको मात्र बढाए र आन्तरिक र बाह्य व्यापारको लागि तामाको सिक्काको प्रचलन ल्याए ।

नोट्स[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Script error: The function "harvard_citation_no_bracket" does not exist.; Script error: The function "harvard_citation_no_bracket" does not exist..
  2. Script error: The function "harvard_citation_no_bracket" does not exist.; Script error: The function "harvard_citation_no_bracket" does not exist..
  3. ३.० ३.१ Script error: The function "harvard_citation_no_bracket" does not exist.; Script error: The function "harvard_citation_no_bracket" does not exist..
  4. Script error: The function "harvard_citation_no_bracket" does not exist..
  5. "Macedonia", Encyclopædia Britannica, Encyclopædia Britannica Online, २३ अक्टोबर २०१५, ८ डिसेम्बर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. Script error: The function "harvard_citation_no_bracket" does not exist..