मैना सुनार हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मैना सुनार हत्याकाण्ड
मिति२०६० माघ (फेब्रुअरी २००४)
स्थानपाँचखाल, काभ्रेपलान्चोक, नेपाल
मृत(पिडित)
कसुरमानवअधिकार हनन, बलात्कार, हत्या

मैना सुनार हत्याकाण्ड २०६० माघमा तत्कालिन माओवादी जनयुद्धको समयमा नेपाली सेना (तत्कालिन: शाही नेपाली सेना)को काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मैना सुनार नामकी एक १५ वर्षिय बालिकाको हत्याको घटना हो । [१]

घटनाको विबरण[सम्पादन गर्नुहोस्]

२०६० फागुन ५ गते नेपाली सेनाका अधिकृतहरूले मैना सुनारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे । सो तालिम केन्द्रमा दुई सहसेनानीसहित सात नेपाली सेनाका अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम ६-७ पटक एक मिनेट सम्म पानीको एउटा ठूलो भाँडोमा मैना सुनारको टाउको डुबाइयो । त्यसपछि सैनिकहरूले उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए । यो यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो । उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन र औपधी उपचार नपाइकन उनको मृत्यु भयो ।

मैना सुनारको यातनामा संलग्न अधिकृत र सैनिकहरूले यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरे । उनको शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेपाली सेनाको हिरासतबाट भाग्न खोज्दा मैना सुनारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे ।


संयुक्त राष्ट्र संघको कदम[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र सङ्घिय मानव अधिकार आयोगको प्रतिवेदन[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको प्रतिकृया[सम्पादन गर्नुहोस्]

२०७४ वैशाख ३ मा काभ्रे जिल्ला अदालतले उक्त घटनामा संलग्न तीनजना सैनिक अधिकृतविरुद्ध जन्मकैद फैसला सुनाएको थियो।[२][३]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "निर्णय नं. ७८५७ - उत्प्रेषण समेत", nkp.gov.np, नेपाल कानून पत्रिका, अन्तिम पहुँच ३० मे २०२३ 
  2. "मैना सुनार हत्या मुद्दामा सर्वोच्चले मिसिल मगायो", https://nagariknews.nagariknetwork.com, नागरिक दैनिक, अन्तिम पहुँच ३० मे २०२३ 
  3. "मैना सुनार हत्यामा संलग्न सैनिक अधिकृतलाई जन्मकैदको फैसला", himalkhabar.com, हिमाल खबर, अन्तिम पहुँच ३० मे २०२३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]