यातायात व्यवस्था कार्यालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यातायात व्यवस्था कार्यालय नेपाल सरकार यातायात व्यवस्था मन्त्रालयको मातहतमा रहेको कार्यालय हो। सामान्यतया प्रत्येक अञ्चलमा कम्तीमा एउटा यातायात व्यवस्था कार्यालय रहने गर्दछ। यातायात व्यवस्था कार्यालयबाट कुनैपनि नागरिकले सवारीचालक अनुमतिपत्र (लिईसेन्स ) लिन सक्दछन् ,त्यसैगरी आफुले खरीद गरेको सवारीसाधनको दर्ता ,बेचबिखान ,नामसारी ,जस्ता विविध कामहरू पनि यहाँ नै गर्ने सक्दछ। सवारीचालक अनुमतिपत्रको विवरण तथा सवारीसाधनको लेनदेनको अभिलेखिकरणको लागि सवारीदर्ता तथा चालक अनुमतिपत्र विवरण शाखाको व्यवस्था गरिएको हो।

सरकारी राजश्वको प्रमुख हिस्सा ओगटेको सवारी साधन कर उठाउने जिम्मा यातायात व्यवस्था कार्यालयको हुन्छ। यसैले तोकिएको मापदण्ड अनुसारको कर उठाउने तथा त्यसको रेकर्ड राख्ने कार्य समेत गर्दछ।

यो कार्यालयले सवारीचालक अनुमति विवरण र सवारीचालक वितरण र सवारी साधन दर्ता सम्बन्धि सम्पूर्ण कार्यहरू गर्दछ सवारीचालक अनुमति लिने तथा सवारीसाधनको दर्ता अन्तर्गत के-के कुराहरू पर्दछन ?प्रक्रिया के हो? आवश्यक कागजातहरू तथा प्रमाणहरू के-के हुन् ?दस्तुर कति हो ?जिम्मेवारी अधिकारीको हो ?जस्ता कुराहरूको बारेमा संबन्धित कार्यालयहरूका नागरिक वडापत्रमा उल्लेख गरिएको हुन्छ

कसैले पनि सवारी चालक अनुमतिपत्र बिना सवारीसाधन चलाउनु हुदैन।सवारीचालकले अधिकार प्राप्त अधिकारीबाट चालक अनुमतिपत्र लिनुपछ। चालक अनुमतिपत्र पाँच वर्षको लागि जारी गरिन्छ तर पहिलोपटक जारी गर्दा एक वर्षको लागि परीक्षण कालमा रहने गरी जारी गरिन्छ।अनुमतिपत्रमा लेखिएको म्याद सकिएको तिन महिना भित्र नविकरण गराई सक्नु पर्छ।

सवारी साधन अनुमतिपत्र १४ वटै अन्चल कार्यालयबाट प्रदान गरिने व्यवस्था गरिएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]