योग्यकर्ता
योग्यकर्ता
ꦛꦔꦪꦺꦴꦒꦾꦏꦂꦠ | |
---|---|
![]() | |
उपनाम(हरू): Kota Pelajar (City of Students), Kota Budaya (Cultural City), Kota Gudeg (Gudeg City) | |
आदर्श वाक्य(हरू): | |
![]() Location within Special Region of Yogyakarta | |
निर्देशाङ्क: ७°४८′५″द ११०°२१′५२″पू / 7.80139°S 110.36444°E | |
Country | ![]() |
Province | ![]() |
सरकार | |
• Mayor | Haryadi Suyuti |
• Vice Mayor | Heroe Purwadi |
क्षेत्रफल | |
• सहर | ४६ किमी२ (१८ वर्ग माइल) |
• महानगर | २,१५९.१ किमी२ (८३३.६ वर्ग माइल) |
उन्नतांश | ११३ मिटर (३७१ फिट) |
जनसङ्ख्या (2016 census) | |
• सहर | ४१२,३३१ |
• घनत्व | ९०००/किमी२ (२३०००/वर्ग माइल) |
• महानगर | ४,०१०,४३६ |
• महानगरीय घनत्व | १९००/किमी२ (४८००/वर्ग माइल) |
Demographics | |
• Religion[१] | Islam 83.22% Catholic 9.39% Protestant 6.26% Buddhist 0.29% Hindu 0.20% Confucian 0.02% Others 0.01% |
समय क्षेत्र | युटिसी+7 (Indonesia Western Time) |
Area code | (+62) 274 |
सवारी दर्ता | AB |
HDI | ![]() |
वेबसाइट | www.jogjakota.go.id |
योग्यकर्ता(, कतै-कतै /जग्जकार्ता वा जोग्जकर्ताˌ/ [2] जोग्जा वा जोग्जाकार्ता पहिले डच: Djokjakarta/Djocjakarta or Djokja) इन्डोनेसियाको जाभा टापुमा अवस्थित सहर हो। यो सहर शिक्षा (कोता पेल्जार), परम्परागत जाभाली ललित कला तथा बतिक, ब्याले, नाटक, सङ्गीत, साहित्य र पपेट सो जस्ता सांस्कृतिक परम्पराहरूका लागि प्रख्यात छ। यो सहर योग्यकर्ता विशेष क्षेत्रको राजधानी सहर हो। योग्यकर्ता इन्डोनेसियाली राष्ट्रिय क्रान्तिको समयमा सन् १९४५ देखि १९४९ सम्म पूरै इन्डोनेसियाको राजधानी थियो। उक्त समयमा इन्डोनेसियाको राष्ट्रपति गेन्दुङ अगुङ थिए। हाल योग्यकर्ताको एक जिल्लाको रूपमा रहेको कोतागेडे सन् १५७५ देखि १६४० सम्म मताराम सल्तनतको राजधानीको रूपमा रहेको थियो। यो सहरको नाम हिन्दूहरूको ग्रन्थ रामायणमा रामको देशको रूपमा उल्लेख गरिएको सहर अयोध्याबाट राखिएको विश्वास गरिन्छ। संस्कृत भाषामा 'उपयुक्त, मिल्दो, सही' भन्ने अर्थ दिने शब्द "योग्य" र 'समुन्नत, प्रगति उन्मुख' भन्ने अर्थ दिने शब्द कर्ता मिलेर योग्यकर्ता शब्द बनेको हो। यसको अर्थ "समुन्नत हुन योग्य सहर" हुन्छ। सन् २०१० मा गरिएको जनगणनाका अनुसार यहाँको जनसङ्ख्या तीन लाख अठासी हजार छ सय सत्ताइस थियो। यसका दुई ठूला सहरहरू योग्यकर्ता र मगेलाङ (महनगर क्षेत्र) तथा स्लेमान, क्लातेन, बन्तुल, कुलोन प्रोगो र मगेलाङ रिजेन्सीका ६५ जिल्लाहरूमा करीब चालिस लाख दस हजार चार सय छत्तिस मानिसहरू बसेका थिए। समयसँगै योग्यकर्ता, मगेलाङ र सुराकर्ता आपसमा जोडिएर एक सहरको रूपमा परिवर्तन भएको छ। यसको आवादी तथा आधुनिकीकरणका कारण योग्यकर्ताको मानव विकास सूचकाङ्क धेरै माथि पुगेको छ। यो इन्डोनेसियाभरमा उच्च मानव विकास सूचकाङ्क भएका सहरहरू मध्ये एक हो। सूचकाङ्कमा ०.८३७ (वा अति उच्च) अङ्क प्राप्त यो सहरलाई विकसित सहरको रूपमा लिने गरिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]मताराम राज्य (आठौँ सताब्दी-दसौँ सताब्दी)
[सम्पादन गर्नुहोस्]सन् ७३२ को मिति उल्लेख गरिएको कङ्गल शिलालेखका अनुसार यो क्षेत्रलाई परम्परागत रूपमा मताराम भन्ने गरिन्थ्यो। मेदाङ राज्यको राजधानीको रूपमा चिनिने यो सहरलाई स्थानीयहरूले म्दाङ इ भुमी मताराम भन्ने गरेका थिए। यो सहर राजा सन्जयले स्थापना गरेका थिए। उक्त शिलालेख योग्यकर्ताभन्दा ४० किलोमिटर र बोरोबुदुर हिन्दू मन्दिरबाट २० किलोमिटर टाढा मध्य जाभाको एक हिन्दू मन्दिरमा पाइएको थियो। बोरोबुदुर मन्दिर हिन्दू राज्य र बौद्ध (स्याइलेन्द्र वंश) राज्यको सिमानामा रहेको थियो। मताराम सुधारिएको तथा खारिएको जाभाली बौद्ध संस्कृतिको केन्द्रको रूपमा रह्यो। करीब तीन सताब्दीसम्म योग्यकर्ताको मुटु मानिने केदुको समथर भूमिमा रहेको प्रमबनानको आसपासमा बोरोबुदुर तथा प्रमबनान जस्ता थुप्रै कान्दीहरूको निर्माण गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Data Sensus Penduduk 2010 - Badan Pusat Statistik Republik Indonesia <http://sp2010.bps.go.id/index.php/site/tabel?tid=321&wid=3400000000&lang=id>