राजमति(लोकगीत)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पृष्ठभूमि[सम्पादन गर्ने]

राजमति एक जना प्रेमीले आफ्नी मन परेकी केटी विवाह गरिदेऊ भनेर आफ्नो बाबु सँग याचना गरिरहेको आत्मकथनात्मक संरचनामा आधारित नेपाल भाषाको प्रचलित गीत हो। त्यसैले यो काठमाडौँ उपत्यकाली नेवार इतर जनजीवनमा समेत प्रचलित र प्रसिद्ध छ। यो सवासय-दुईसय वर्ष जति पुरानो मानिन्छ। तथापि यसको प्राचीनताको ठीक आकलन हुन सकेको छैन। गीतको प्रसङ्गले भने यो अझ पुरानो हुनुपर्ने देखिन्छ तथापि यस गीतको भाषा आजभोलिको नेपालभाषा जस्तै आधुनिक देखिन्छ। यस गीतको शब्द संरचना निकै कसिलो छ, हरेक शब्द-अर्थ गम्भीर छन। यसका कुनै शब्दले साहित्यक ओजको काम गरेका छन् भने कुनै शब्दले सांस्कृतिक-ऐतिहासिक ओज झल्काएका छन्।'

गीतको बारेमा[सम्पादन गर्ने]

गीतमा ८ श्लोक छन्। पहिलो श्लोकमा नायकले आफ्नो बुबालाई राजमति विवाह गरिदिइएन भने आफू काशी जान लागेको धम्की छ। दोस्रोमा राजमतिको सौन्दर्य वर्णन र थलोको परिचय छ। तेस्रोमा नायिकाको शारीरिक दशाको बयान छ तर यो उसको शारीरिक अवस्थाको मात्र नभएर मानसिक स्थितिको उजागर पनि हो। यस श्लोकको सम्बन्ध अन्तिम श्लोकसित छ। चौथो श्लोकमा बाबुलाई अङगुलिनिर्देश गरी नायिका चिनाइरहेको छ। पाँचौँ श्लोकमा नायिका र उसका दिदीबहिनीका गहनाको वर्णन छ। यसको सम्बन्ध सातौँ श्लोकको सम्पन्नता द्यौतनसित छ। छैटौँ श्लोकमा काठमाडौँ सहरको प्रमुख धाराको चर्चाका साथै नायिका पानी लिन जाँदाको अवस्थाको वर्णन छ। सातौँ श्लोकमा नायिकासित सम्पन्न तवरले विवाह गरिदिनका लागि अनुरोध छ। अन्तिम श्लोकमा नायिकाको विवाह अरू नै कुनै असम्पन्न व्यक्तिसित भएको, छिट्टै पति वियोग भएको र नायिकाको कर्म खोटो भएको दुःखान्त सङ्केत छ। पहिलोदेखि सातौँसम्मको कथानक विकास धिमा गतिमा भएको देखिन्छ भने अन्तिम श्लोकमा कथानक हृवात्तै परिवर्तन भएको देखिन्छ र यो अन्तिम श्लोक भएकोले बिचमा के भएको थियो भन्ने अनुमान गर्नुपर्ने हुन्छ। वास्तवमा यसको आरम्भिक र चरणबद्ध दुःखान्त सङ्केत यसका शब्द विचलनले ओझेलमा पारेको हो |

गीत[सम्पादन गर्ने]

राजमति कुमति जिके वःसा पिरति (राजमति कुमति मसित आए पिरति)
हाय बाबा राजमतिचा हाय् बाबा राजमति -चा
राजमति मबिल धाःसा काशी वने त्यल बुबा (राजमति नदिएदेखि काशी जान लागेँ बुबा)
हयाब्यु राजमतिचा।।धु।। ( ल्याइदेऊ राजमतिलाई।।धु।।)

सँ धाःसा कुलिकुलि मिखा धाःसा बालाबाला (कपाल भने घुमि्रएको, आँखा चाहिँ ठुला कोसे)

सक्वमिया म्हयामचाला/ मचा ला साँखुलेकी (छोरीचेलीको त/ साँखुलेकी छोरीचेली हो कि)

ख्वाः धाःसा तयू ख्वाः ख्वालय् निगः ती दु (रूप छ गोरो मुहार, मुहारमा दुई कोठी)

ताहाननिया राजमतिचा।।१।। (ताहाननीकी राजमति।।१।।)

खेँ ख्वलां ध्याक्वय् दँ, पसः बजि धू दँ छ फुल-बोव|mा (कुनामा थुप्य्रा, पसलको चिउरा धुलो उड्या)

राजमति भुलुसुलु दँ (राजमति निन्याउरी झ्याउरी छ)

राजमित गन दु यतुँबालय् छहृम दु (राजमति कहाँ छ यतुँवहालमा एउटी छ)

हयाब्यु राजमतिचा।।२।। (ल्याइदेऊ राजमतिलाई।।२।।)

न्हापा वःहृम तःहि्र थकुँ, लिपा वः हृम चिहि्र थकुँ (पहिला आउने ठूली ठकुर्नी, पछि आउने सानी ठकुर्नी)

वयाँ लिपा राजमतिचा त्यसपछि राजमति -चा

तःहि्र थकुँ मयो जितः चिहि्र थकुँ मिले मजू ( ठूली ठकुर्नी मनपर्दैन, सानी ठकुर्नी मेल खाँदैन)

राजमति ब्याहा याना ब्यू।।३।। (राजमति बिहे गरिदेऊ।।३।।)

तःहि्र थकुँया तायो दु, चिहि्र थकुँया पायो दु (ठूली ठकुर्नीको तायो छ, सानी ठकुर्नीको पायो छ)

राजमतिया विजःकलि दु राजमतिको विजःकलि छ

विजकलि मदुहृम कला जित मयो बुबा( विजकःलि नभएकी स्वास्नी मलाई मन पर्दैन बुबा)

हयाब्यू राजमितचा।।४।। (ल्याइदेऊ राजमति -चा)।।४।।)

थःनेया थँहिति, कोनेया कोहिति माथिल्टोलको ठहिटी, तल्लो टोलको कोहिटी

बिचय्लाक मरुहिति (बिचमा पर्ने मरुहिटी)

मरुहिति लः काःहृम तगो ल्वहँतय् लुफिँहानाः (मरुहिटीमा पानी भरेकी ठूलो ढुङ्गोमा ठेस लागी)

राजमति थसः पाल हृनाँ।।५।। (राजमति उत्तानो परी है।।५।।)

तिसानँ तियेकाः गुजराति पुयेकाः (गहना लगाएर गुजराति बजाएर)

राजमति ब्याहा यानाब्यु (राजमति बिहे गरिदेऊ)

राजमित बिल धाःसा काशी वने मखु बुबा (राजमति दिए भने काशी जान्न बुबा)

हयाब्यु राजमतिचा।।६।। (ल्याइदेऊ राजमतिलाई।।६।।)

चन्नालहृम लमिं याना हृमाँ हृमाँ धाय्क विया छ्वत (चण्डाल लमीले गर्दा नाइँ भन्दा पनि दिएर पठाए)

लात मखुला सँझ्या मदुगु छेँय् (परी हैन सँझ्याल नभएको घरमा !)

धिकार जनम राजमतिया करम (धिक्कार जन्म राजमतिको कर्म)

बैसय् भाःत मदुहृम।।७।।( बैँसमा लोग्ने नभएकी।।७।।) [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. 'राजमति' लोकगीतको भाषिक गुम्फन र विचलन पक्ष राजमति गीतको नेपाली शब्दानुवाद--भिक्टर प्रधान