सामग्रीमा जानुहोस्

राजमती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजमति एक जना प्रेमीले आफ्नी मन परेकी केटी विवाह गरिदेऊ भनेर आफ्नो बाबु सँग याचना गरिरहेको आत्मकथनात्मक संरचनामा आधारित नेपाल भाषाको प्रचलित गीत हो। त्यसैले यो काठमाडौँ उपत्यकाली नेवार इतर जनजीवनमा समेत प्रचलित र प्रसिद्ध छ। यो सवासय-दुईसय वर्ष जति पुरानो मानिन्छ। तथापि यसको प्राचीनताको ठीक आकलन हुन सकेको छैन। गीतको प्रसङ्गले भने यो अझ पुरानो हुनुपर्ने देखिन्छ तथापि यस गीतको भाषा आजभोलिको नेपालभाषा जस्तै आधुनिक देखिन्छ। यस गीतको शब्द संरचना निकै कसिलो छ, हरेक शब्द-अर्थ गम्भीर छन। यसका कुनै शब्दले साहित्यक ओजको काम गरेका छन् भने कुनै शब्दले सांस्कृतिक-ऐतिहासिक ओज झल्काएका छन्।'

गीतको बारेमा[सम्पादन गर्नुहोस्]

गीतमा ८ श्लोक छन्। पहिलो श्लोकमा नायकले आफ्नो बुबालाई राजमति विवाह गरिदिइएन भने आफू काशी जान लागेको धम्की छ। दोस्रोमा राजमतिको सौन्दर्य वर्णन र थलोको परिचय छ। तेस्रोमा नायिकाको शारीरिक दशाको बयान छ तर यो उसको शारीरिक अवस्थाको मात्र नभएर मानसिक स्थितिको उजागर पनि हो। यस श्लोकको सम्बन्ध अन्तिम श्लोकसित छ। चौथो श्लोकमा बाबुलाई अङगुलिनिर्देश गरी नायिका चिनाइरहेको छ। पाँचौँ श्लोकमा नायिका र उसका दिदीबहिनीका गहनाको वर्णन छ। यसको सम्बन्ध सातौँ श्लोकको सम्पन्नता द्यौतनसित छ। छैटौँ श्लोकमा काठमाडौँ सहरको प्रमुख धाराको चर्चाका साथै नायिका पानी लिन जाँदाको अवस्थाको वर्णन छ। सातौँ श्लोकमा नायिकासित सम्पन्न तवरले विवाह गरिदिनका लागि अनुरोध छ। अन्तिम श्लोकमा नायिकाको विवाह अरू नै कुनै असम्पन्न व्यक्तिसित भएको, छिट्टै पति वियोग भएको र नायिकाको कर्म खोटो भएको दुःखान्त सङ्केत छ। पहिलोदेखि सातौँसम्मको कथानक विकास धिमा गतिमा भएको देखिन्छ भने अन्तिम श्लोकमा कथानक हृवात्तै परिवर्तन भएको देखिन्छ र यो अन्तिम श्लोक भएकोले बिचमा के भएको थियो भन्ने अनुमान गर्नुपर्ने हुन्छ। वास्तवमा यसको आरम्भिक र चरणबद्ध दुःखान्त सङ्केत यसका शब्द विचलनले ओझेलमा पारेको हो |

गीत[सम्पादन गर्नुहोस्]

नेवारी नेपाली
राजामति कुमति जिके वसा पिरती

हाय बाबा राजामति चा

राजामति मबिल धासा काशी वनेतेल बुबा

हया ब्यू राजामति चा

सँ धासा कुलिकुलि, मिखा धासा बाँलाबाँला

सकुमिया म्ह्याय्मचा ला

ख्वा धासा तुयु ख्वाः, ख्वाले निगः ती दु

ताः ननिया राजामति चा

तरिथकुया तायः दु, चिरिथकुया पायः दु

राजामतिया बिजाः कने दु

बिजाः कने मदुम्ह, कला जित मयः बुबा

हया ब्यू राजामतिचा

थनेया थँहिटी क्वनेया क्वःहिटी,

बिचय लाक मरुहिटी

मरुहिटी लः काःवम्ह, तग्व ल्वंते लुफिं हाना

राजामति थसपाल न्हा

राजामति कुमति जिके वसा पिरती

हाय बाबा राजामति चा

राजामति मबिल धासा काशी वनेतेल बुबा

हया ब्यू राजामति चा

हया ब्यू राजामति चा

राजामति कुमति मसँग आये पिरती

हाय बाबा राजामति

राजामति दिएन भने काशी जान लागे आमा

ल्याई देउ राजामति

कपाल भने कर्लि कर्लि, आँखा भने लाम्चो लाम्चो

साँखुको छोरी मान्छे त

मुहार भने गोरी मुहारमा दुईवटा कोठी छ

ता: ननिको राजामति

जेठीको हार् छ, कन्छीको पाउजु छ

राजामतिको झुम्का छ

झुम्का नलगाएको श्रीमति मलाई मनपर्दैन आमा

ल्याई देऊ राजामति

माथिपट्टिको ठँहिति तलपट्टिको क्वोँहिति

बीचमा मरुहिति

मरुहितिमा पानि थाप्न गएको, ठुलो ढुङ्गमा थोकेर

राजामति लड्यो

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]