राजसंस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजसंस्थाः राजसंस्थाका राजाहरु अयोध्या नरेश भगवान श्री रामचन्द्रका सन्तान् हुन् सूर्यवंश–अयोध्या, सौराष्ट्र, मेवाड, चित्तौडगढ, गोरखा र नेपालको कुल १) रामचन्द्र - यिनलाई जन्मेजयका समकालिन भनि भनिएको छ । २) लव ३) अतिथि ४) नल वा नभ ५) पुंडरीक ६) मेघधन ७) वल ८) शल ९) बज्रनाभ १०) सौजन्स ११) ध्युषिताश्व १२) विधुति १३) हिरण्यनाभ १४) पुष्वक १५) सुदर्शन १६) अग्निवर्ण १७) शीघ्र १८) मरु १९) प्रसुश्रुत २०) सन्धि २१) अमर्षण २२) अवस्वान २३) विश्वबाहु २४) प्रसेनजित २५) तक्षक २६) वृहछल २७) वृहद्रण २८) अरुक्रिय २९) वत्सवह ३०) प्रातव्योम ३१) भानु ३२) सहदेव ३३) बृहदस्य ३४) बाहुमान ३५) प्रतिकाश्व ३६) सुप्रतीक ३७) मरुदेव ३८) सुनक्षत्र ३९) पुष्कर ४०) अन्तरिक्ष ४१) सुतपा ४२) अमित्रजित ४३) बृहद्राज ४४) बर्हकेतु ४५) कृतंजय ४६) रर्णजय ४७) सञ्जय ४८) शाक्य .......................यसका एक वंशजले शाक्य कूलको स्थापना गरे । ४९) शुद्धोद ५०) सोगल ५१) असमजित वा प्रसेनजित ५२) रोमन ५३) सुथ ५४) सुतित्र ५५) ............................(नाम थाहा नभएको) ५६) ............................ ,, ५७) ............................ ,, ५८) ............................ ,, मेवाडका राजाहरूको वंश ५९) महारथी ......................यो नाम राजा जसिंहको नामावलीमा सुभित्रको पछाडि छन् । ६०) अतिरथी ६१) अचलसेन ६२) कनकसेन..............सन १४४ मा यिनले सौराष्ट्रलाई विजय गरी दक्षिणतिर स्थापित भए । ६३) महामदनसेन ६४) सुदन्त ६५) विजय वा अजयसिंह .........सम्बत ३७५ मा वल्लभी सम्बत्को प्रचार गरे । ६६) पदमादित्य ६७) शिवादित्य ६८) हरादित्य ६९) सूर्यादित्य ७०) सोमादित्य ७१) शिलादित्य...................... यिनको पालमा परशियालीहरूले आक्रमण गरेर यिनको राजधानी वल्लभीपुर र गजनीलाई लुटेर ध्वस्त पारिदिए । त्यसपछि शिलादित्य मारिए । त्यसपछि सौराष्ट्रवंश नाश हुन्छ । ७२) केशवगोह .......................गिहोनको जंगलमा गुहादित्य पलायन ७३) नागादित्य ७४) भोगादित्य ७५) देवादित्य ७६) आशादित्य ......................यिनले मेवाडमा गिहोतोको प्रथम राजधानी आशापुर र आहडको निर्माण गरे । ७७) कालभोज ७८) ग्रहादित्य ७९) वप्प वा वाप्पा .................यिनले सम्बत् ७७० सन् ७१४ मा नमोरिहरूबाट चित्तौडगढ विजय गरे । रामचन्द्रदेखि यहासम्म अस्सी पिंढी हुन आउँछ । यी आठ राजाहरूको नाम आशापुरको शिलालेखमा देखिन्छ । ८०) अपराजित ८१) महेन्द्र ८२) खल भोज ८३) खुमान ८५८ (उनले आफ्ना पिता खलभोजको हत्या गरेको थियो) रामचन्द्रदेखि खुमानसम्मको वंशावली खुमानरायसाको निर्माण ८४) भर्तृभात ८५) आधिसिंहजी ८६) सुभायकजी ८७) उल्लुट ८८) सिंजी ८९) श्रीललित ९०) नरवाहन ९१) शालिवाहन ९२) शक्तिवाहन ९३) शक्तिकुमार ९४) अम्बरप्रसाद ९५) नरवर्म ९६) यशोवर्म ९७) समरसिंह १२०६ मा जन्म भएको १२३६ तिर राज्य ग्रहण गरेको ।

१) कनकसिंह नेपाल पस्ने पहिलो वप्पका वंशज । समरसिंहका साहिला छोरा । २) हरिसिंह ३) जमसिंह ४) जगतसिंह ५) जयसिंह ६) सूर्यसिंह ७) जगदेवसिंह ८) कुलमण्डन शाह ई.स. १५५९ देखि १५७० सम्म ९) यशोब्रम्ह शाह

१) द्रव्य शाह (गोरखा उदय) वि.सं. १६१६ देखि १६२७ सम्म २) पूर्ण शाही । पुरन्दर शाह वि.सं. १६२७ देखि १६६२ सम्म ३) छत्र शाह वि.सं. १६६२ देखि १६६६ सम्म ४) राम शाह वि.सं. १६६६ देखि १६९३ सम्म ५) डम्बर शाह वि.सं. १६९३ देखि १७०८ सम्म ६) कृष्ण शाह वि.सं. १७०८ देखि १७२३ सम्म ७) रुद्र शाह वि.सं. १७२३ देखि १७३४ सम्म ८) पृथ्वीपति शाह वि.सं. १७३४ देखि १७७३ सम्म ९) नरभूपाल शाह वि.सं. १७७३ देखि १७९९ सम्म

१) पृथ्वीनारायण शाह वि.सं. १७९९ देखि १८३२ (नेपाल राज्यको निर्माता) २) प्रतापसिंह शाह वि.सं. १८३२ देखि १८३४ सम्म ३) रणबहादुर शाह वि.सं. १८३४ देखि १८५६ सम्म ४) गीर्वाणयुद्ध वीर विक्रम शाह वि.सं. १८५६ देखि १८७३ सम्म ५) राजेन्द्र वीर विक्रम शाह वि.सं. १८७३ देखि १९०४ सम्म ६) सुरेन्द्र वीर विक्रम शाह वि.सं. १९०४ देखि १९३८ सम्म ७) त्रैलोक्य वीर विक्रम शाह ८) पृथ्वी वीर विक्रम शाह वि.सं. १९३८ देखि १९६८ सम्म ९) त्रिभुवन वीर विक्रम शाह वि.सं. १९६८ देखि २०११ सम्म १०) महेन्द्र वीर विक्रम शाह वि.सं. २०११ देखि २०२८ सम्म ११) वीरेन्द्र वीर विक्रम शाह २०२८ देखि २०५८ सम्म १२) दीपेन्द्र वीर विक्रम शाह १३) ज्ञानेन्द्र वीर विक्रम शाह २०५८ देखि

स्रोतः लुकेको नेपाल, प्रणय पासा पे.नं. १४७ देखि १५० सम्म

नेपालमा राजसंस्थाको उदय र राजाहरूको राज्यकाल

१) कुलमण्डन शाह ई.स. १५५९–१५७० २) यशोब्रम्ह शाह ३) द्रब्य शाह (गोर्खा उदय) वि.सं. १६१६–१६२७ ४) पूर्ण शाही/पुरन्दर शाह वि.सं. १६२७–१६६२ ५) छत्र शाह (सीमजुङ विजय) ६) राम शाह वि.सं. १६६६–१६९३ ७) डम्बर शाह वि.सं. १६९३–१७०८ ८) कृष्ण शाह वि.सं. १७०८–१७२३ ९) रुद्र शाह वि.सं. १७२३–१७३४ १०) पृथ्वीपति शाह वि.सं. १७३४–१७७३ ११) नरभूपाल शाह वि.सं. १७७३–१७९९ १. पृथ्वी नारायण शाह वि.सं.१७९९–१८३२ २. प्रताप सिंह शाह वि.सं.१८३२–१८३४ ३. रणबहादुर शाह वि.सं.१८३४–१८५६ ४. गिर्वाणयुद्ध विक्रम शाह वि.सं.१८५६–१८७३ ५. राजेन्द्र वीर विक्रम शाह वि.सं.१८७३–१९०४ ६. सुरेन्द्र वीर विक्रम शाह वि.सं.१९०४–१९३८ ७. युवराज त्रैलोक्य वीर विक्रम वि.सं.१९३८ ८. पृथ्वी वीर विक्रम शाह वि.सं.१९३८–१९६८ ९. त्रिभुवन वीर विक्रम शाह वि.सं.१९६८–२०११ १०.महेन्द्र वीर विक्रम शाह वि.सं.२०११–२०२८ ११. विरेन्द्र वीर विक्रम शाह वि.सं.२०२८–२०५८ १२ दिपेन्द्र वीर विक्रम शाह वि.सं.२०५८ १३. ज्ञानेन्द्र वीर विक्रम शाह वि.सं.२०५८–  

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह'

पृथ्वी नारायण शाहले आधुनिक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा)मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए। नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाए पनि धेरै ठूलो विशाल नेपालको भू-भाग जसमा पश्चिमक्षेत्रमा हालको भारतको उत्तराखण्ड राज्य , हिमाचल प्रदेश तथा पञ्जाबका पर्ने केही साना सतलज नदी पारीका पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जीलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग इस्ट इण्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्योा सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्योइ। तर ब्रिटिशले नेपाललाई १८२२मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि महाकाली नदी बिचको तराइ भूभाग १८६०मा फर्काएका थिए। भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु भाग त्यागनु पर्नेमा हाल ती भूभाग हडपेर बसेको छ। पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा उनका प्रमुख राजनीतिक ज्योतिष श्री कुलानन्द ढकालको ज्योतिषीय तथा राजनीतिक सल्ला‍हको भुमिका प्रमुख थियो भन्ने जनश्रुति पाईन्छ।

जन्म पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। आधुनिक नेपालका जन्मदाता हुन, यिनले नै साना साना राज्यहरूमा विभाजित नेपाललाई एकिकृत गर्न शुरू गरे, नेपाल प्राचिन कालदेखि एकिकृत हुँदै विभाजित हुँदै गरिरहेको थियो हुन त पृथ्वी नारायण शाह अगाडि पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो। तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए। तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए।

वाल्यकाल उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनैतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। वि.सं. १७९९मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे। उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए। पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे। राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन्।

दाम्पत्य जीवन पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

जीवन वि.सं. १७९९मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे। उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए। पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे। राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन्। नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे। इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरूसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्त्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्। ललितपुरका पाँच प्रधान (मन्त्री)हरूले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरू कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरूलाई त्यहीँ मारेर उनीहरूको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरूलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने। गोरखालीहरूको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६)ले आफ्ना उत्तराधिकारीहरूलाई यसो भनेका थिए- "अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू"

श्री ५ महाराजाधिराज प्रताप सिंह शाह

प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी र राजकुमार बहादुर शाहले नायब भई राज्य सञ्चालन गरेका थिए।


श्री ५ महाराजाधिराज रणबहादुरशाह

राजा प्रताप सिँह शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए । उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन् । रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन् । तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो । १८६३ साल वैशाख महिनामा शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो ।

श्री ५ पृथ्वी वीरविक्रम शाहदेव

यिनको वि.सम. १९३२मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुबा श्री ५ सुरेन्द्रको मृत्युपछि वि. सम. १९३८को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सम. १९३८मा २९ वर्षको शासनकालपछि भएको थियो। यिनको पालामा भएका प्रमुख केहि घटनाहरू तथा निर्माण कार्यहरू • ३८ साल पर्व, • ४२ साल पर्व, • वीर अस्पताल, घन्टाघर निर्माण, गोरखापत्र प्रकाशन, नारायणहिटी राजदरबारमा राजाको बसोबास यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरूको सुची यसप्रकार छ। • रणोद्दीप • वीरशमशेर • देवशमशेर • चन्द्रशमशेर [१]