रामचन्द्र गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पत्रकार रामचन्द्र गौतमको जन्म २००५ साल पुस १८ गते (सन् १९४९ जनवरी १) तेर्‍हथुम जिल्लाको खाम्लालुङ गाउँ विकास समितिमा भएको हो। उहाँले संस्कृत विषयमा आचार्य र नेपाली, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो। दक्षिण कोरियामा चार वर्ष पत्रकारिताको अध्ययन गर्नुभएको थियो। २०३० सालमा गोरखापत्रको उपसम्पादक पदमा नियुक्त भई सेवा सुरू गर्नुभएका गौतमलाई २०५५ साल असोजदेखि उक्त पत्रिकाका कायममुकायम प्रधानसम्पादक बनाइएको थियो। उहाँको निधन २०५५ साल माघ २१ गते पत्रिकाको काममा व्यस्त रहेकै अवस्थामा निधन भयो। उहाँकी एक श्रीमती इन्दु गौतम (थपलिया) हुनुहुन्छ।