रायन रेनल्ड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रायन रेनल्ड्स
Ryan Reynolds
सन् २०१८ मा 'डेडपुल २'को जापान प्रिमियरमा रेनल्ड्स
जन्मरायन रोडनी रेनल्ड्स
(1976-10-23) २३ अक्टोबर १९७६ (उमेर ४७)
भ्यानकुभर, ब्रिटिस कोलम्बिया क्यानडा
राष्ट्रियता
  • क्यानडेली
  • अमेरिकी
पेशा
  • अभिनेता
  • चलचित्र निर्माता
  • हास्य कलाकार
  • उद्यमी
कार्यकालसन् १९९१–वर्तमान
कार्य
पूर्ण सूची
जीवनसाथी
सन्तान
आफन्तचेस्टर रेनोल्ड्स (हजुरबुबा)
पुरस्कारपूर्ण सूची

रायन रोडनी रेनल्ड्स (जन्म अक्टोबर २३, १९७६) एक क्यानडेली-अमेरिकी[१] अभिनेता, हास्य कलाकार, चलचित्र निर्माता, र उद्यमी हुन्। उनले क्यानडेली किशोर सोप ओपेरा हिलसाइड (सन् १९९१–१९९३) मा अभिनय गरेर आफ्नो करियर सुरु गरेका थिए।

रेनल्ड्सको सबैभन्दा ठूलो व्यावसायिक सफलता सुपरहिरो चलचित्रहरू डेडपुल (सन् २०१६) र डेडपुल २ (सन् २०१८) को साथ आएको थियो, जसमा उनले शीर्षक पात्र खेलेका थिए।

रेनल्ड्सलाई सन् २०१७ मा हलिउड वाक अफ फेममा स्टार प्रदान गरिएको थियो। उनले सन् २००८ देखि सन् २०११ सम्म अभिनेत्री स्कार्लेट जोहानसनसँग विवाह गरेका थिए; सन् २०१२ देखि उनले अभिनेत्री ब्लेक लाइभ्लीसँग बिहे गरेका छन्, जससँग उनका तीन छोरीहरू छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "This Story Has Already Stressed Ryan Reynolds Out", मे २, २०१८, मूलबाट मे ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १८, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]