रेक्विअम फर अ ड्रिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रेक्वीम फर अ ड्रिमबाट अनुप्रेषित)
Requiem for a Dream
Photo of an eye (top), movie title (middle), and a photo of a person standing on a pier (bottom)
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकDarren Aronofsky
पटकथा
आधारितRequiem for a Dream
लेखक: Hubert Selby Jr.
निर्माता
  • Eric Watson
  • Palmer West
मुख्य कलाकार
छायाङ्कनMatthew Libatique
सम्पादनJay Rabinowitz
सङ्गीतClint Mansell
वितरक
कम्पनीहरू
वितरक
प्रदर्शन मिति
  • १४ मे २००० (2000-05-14) (Cannes)
  • ६ डिसेम्बर २००० (2000-12-06) (United States)
अवधि
१०२ मिनेट[२]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$४.५ मिलियन[३]
बक्स अफिस$७.४ मिलियन[४]

रेक्विअम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकीले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कनेली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यासबाट प्रभावित भएको हो।

कथावस्तु[सम्पादन गर्नुहोस्]

'सारा गोल्डफार्ब' एउटी विधवा महिला हुन् जो एक्लै ब्राइटनको किनारमा बस्छिन् र हर समय टेलिभिजनमा बिताउँछिन्। उनको छोरा 'ह्यारी' हिरोइन दुर्व्यसनमा लिप्त हुन्छ जसलाई साथी 'टाइरन' र केटी साथी मारियनले साथ दिन्छन्। आफ्नो सपना साकार गर्नका लागि यी तीन जना मिलेर हिरोइनको ओसारपसार गर्छन्। दुवैले अलगअलग सपना बुनिसकेका हुन्छन्। मारियनको डिजाइनमा ह्यारी र मारियनले कपडा पसल खोल्ने योजना बनाउँछन् भने टाइरन चाहिँ अल्पसङ्ख्यक बस्ने सानो नगरलाई छोडेर ठूलो ठाउँमा आरामपुर्वक बस्नको लागि आमाको स्विकृति लिन जाने योजना बनाउँछ। सारालाई मन पर्ने टेलिभिजन गेम सोमा सहभागिता जनाउनका लागि फोन आउँछ र उनी ह्यारीको दिक्षान्तको दिन लगाएको रातो कुर्तामा फिट हुन डाइटिङ् गर्न थाल्छिन्।

साथीको सल्लाह मान्दै साराले एउटा चिकित्सकसँग भेट गर्न समय मिलाउँछिन्। भोक नियन्त्रण गर्न डाक्टरले उनलाई एम्फिटामाइनको प्रयोग गर्न सिफारिस गर्छ। उक्त औषधीको प्रयोगले उनी छिटोछिटो तौल घटेको अनुभव गर्छिन् र आफ्नो ऊर्जाको स्तर बढेकोमा उत्साहित पनि हुन्छिन्। जब ह्यारीले उसको आमाले औषधी सेवन गर्दै गरेको थाहा पाउँछ, उसले तुरून्त त्यो औषधी बन्द गर्न अनुरोध गर्छ तर साराले टेर्दिनन्। उल्टै भन्छिन कि त्यही औषधीको कारण आफ्ना साथीहरूबाट प्राप्त हौसला र टेलिभिजनमा देखिन पाउने मौका नै उनको बाँकी जीवन जिउने आधार हुन्। टेलिभिजनमा निमन्त्रणा आउने कुराले उनी यति उत्साहित हुन्छिन् कि डाक्टरको सल्लाह विना नै एम्फिटामाइनको खुराक आफैँ बढाउन पुग्छिन जसले उनलाई एम्फिटामाइन साइकोसिसको लक्षण देखिन थाल्छ।

सिलिसियन माफिया र कालोधन्दा गर्नेहरूको भीडन्तमा टाइरन समातिन्छ र निर्दोस हुँदाहुँदै पनि गिरफ्तार हुन पुग्छ। ह्यारीले टाइरनलाई जमानतमा छुटाउनका लागि कमाएको सबै पैसा खर्चन्छ। त्यही बेला स्थानिय स्तरमा हिरोइनको आपुर्ती माथी प्रतिबन्ध लगाइन्छ र उनीहरू किंकर्तव्यविमूढ हुन्छन्। फ्लोरीडाबाट न्युयोर्क हुँदै माल दोब्बर मुल्यमा आउने कुराको सुँइको टाइरनले पाउँछ। उता ह्यारीले मारियनलाई ड्रग्सका लागि केही पैसा जम्मा गर्नका लागि मारियनको मनोचिकित्षक आर्नोल्डसँग वेश्यावृत्ति गर्न उकास्छ। यो अनुरोध र वेश्यावृत्तिबाट मारियनले कमाएको २००० डलरले समेत ह्यारीले ड्रग्स ल्याउन नसकेको कारण उनीहरूको सम्बन्धमा खटपटी आउँछ। उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको मनोभाव अवास्तविकतातिर मोडिन्छ।

आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृहबाट दौडँदै म्यान्ह्याटनमा रहेको कास्टिङ एजेन्सी अफिसमा पुग्छिन्। साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाई अस्पतालको मनोरोग विभागमा पुर्याउँछन्। तर कुनै पनि औषधीले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाई ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाई यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाई गिरफ्तार गरिन्छ।

न्युयोर्कमा मारियनले हिरोइन पाउनका लागि ह्यारीकै बिन्दास साथी पिम्पसँग संसर्ग गर्छिन् र उनले अझै धेरै हिरोइन हत्याउन पिम्प कै अनुरोधमा मानहानी हुने किसिमको सेक्स सो मा पनि जान तयार हुन्छिन्। साराको उपचार गर्दागर्दै उनी आफैँ केही गर्न नसक्ने अवस्थामा पुग्छिन्। ह्यारीको सङ्क्रमित पाखुरालाई चिरेर फालिन्छ र उसलाई भावनात्मक तरिकाले यो सिकाइन्छ कि अब मारियन उसलाई भेट्न आउने छैन। मारियन आफ्नो काम सकेर घर फर्किन्छिन्। आफ्ना कुच्चिएका, खुम्चिएका र मुजा परेका कपडाको डिजाइनले घेरिएको अवस्थामा हअवैध लागुऔषध पक्रँदै उनी सोफामा लड्छिन्। उता टाइरनलाई भने जेलका सिपाहीहरूले धेरै काम गगर्न लगाइ मानसिक तनाव दिन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McNary, Dave (२१ अक्टोबर २००७), "Summit pins 'Wrestler'", Variety, अन्तिम पहुँच ५ नोभेम्बर २०२१ 
  2. "REQUIEM FOR A DREAM (18)", British Board of Film Classification, नोभेम्बर २३, २०००, मूलबाट अप्रिल १६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१३ 
  3. Cox, Dan (१९ मार्च १९९९), "Artisan, Aronofsky in tune on 'Requiem'", Variety, "Budget on "Requiem" is roughly $4.5 million." 
  4. "Requiem for a Dream (2000)", Box Office Mojo, जनवरी १, २००२, मूलबाट फेब्रुअरी १३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]