रेडिकल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चार्जयुक्त परमाणु वा परमाणुहरूको समूहलाई रेडिकल भनिन्छ । चार्जयुक्त परमाणुहरूको समूहले पनि तत्वको परमाणुले जस्तै संयोजन क्षमता देखाउँछ । रेडिकलहरूको आयु छोटो हुन्छ । यिनिहरु रासायनिक प्रतिक्रिया हुँदा उत्पति हुन्छ्न् र प्रक्रिया पछि समाप्त भएर जान्छ्न् ।

रेडिकलहरु दुई प्रकारका हुन्छ्न् :

  1. क्षारिय रेडिकल/बेसिक रेडिकल : धन विधुतिय चार्ज भएका परमाणु वा परमाणुहरूको समूहलाई बेसिक रेडिकल अथवा इलेक्ट्रोपोजिटिभ रेडिकल भनिन्छ । जस्तै: सोडियम (Na+) ।
  2. अम्लिय रेडिकल/एसिड रेडिकल: ऋण विधुतिय चार्ज भएका परमाणु वा परमाणुहरूको समूहलाई एसिड रेडिकल अथवा इलेक्ट्रोनेगेटिभ रेडिकल भनिन्छ । जस्तै: नाइट्रेट (NO-)

साधारणतया एउटामात्र परमाणुले बनेको रेडिकललाई साधारण रेडिकल भनिन्छ । जस्तै: क्लोराइड (Cl-), हाइड्रोजन (H+) आदि ।
दुई वा बढी परमाणुले बनेको रेडिकललाई जटिल रेडिकल भनिन्छ । जस्तै: एमोनियम (NH+), हाइक्रोमेट(CrO++) आदि ।