रोम क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोम क्लब बुद्धिजीवी र व्यवसायिक नेताहरूको एक गैर नाफामुखी, अनौपचारिक संगठन हो जसको लक्ष्य विश्वव्यापी मुद्दाहरूको आलोचनात्मक छलफल गर्नु रहेको छ। रोम क्लबको स्थापना सन् १९६८ मा इटाली को रोमको अकाडेमिया डे लिन्सीमा भएको थियो। यसमा विश्वका वर्तमान र पूर्व राष्ट्र र सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका प्रशासकहरू, उच्च स्तरका राजनीतिज्ञहरू र सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, वैज्ञानिकहरू, अर्थशास्त्रीहरू, र व्यवसायिक नेताहरूबाट चयन गरिएका एक सय पूर्ण सदस्यहरू छन्। यसले सन् १९७२ मा रोम क्लबलाई पहिलो रिपोर्ट, द लिमिट्स टु ग्रोथ को प्रकाशन गरी सबैको ध्यान तानेको थियो। सन् २००८ जुलाई १ देखि यो संस्था स्विट्जरल्याण्डको विन्टरथुरमा आधारित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]