सामग्रीमा जानुहोस्

लगनखेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अशोक स्तुप, लगनखेल

लगनखेल ललितपुर जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो ।

सम्राट अशोक (राज्यकाल: ईसापूर्व २७३-२३२)ले उपत्यकामा आएको बेला बनाएको चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर र ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित छन् ।[] अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी अब चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ।

राजा अंशुवर्माले कैलाशकूट दरबारको अलावा लगनखेलको खाण्डववन फाँडेर नगर बनाएका थिए । [] राजा अंशुवर्माले बनाएको बटुक भैरव लगनखेलमा रहेको लगं थुर (अशोक स्तूप)को पूर्वतर्फ रहेको छ ।[]

चलिआएको परम्पराअनुसार बटुक भैरवको पूजा गरेर रथयात्रा सम्पन्न भएको सन्देश स्वर्गका राजा ईन्द्र र पातालका राजा कर्कोटक नागराजलाई पठाउनुपर्ने भन्दै एक जोडी माछा यही पोखरीमा छाड्ने गरिन्छ।[]

कार्यालयहरु

[सम्पादन गर्नुहोस्]

वटुक भैरव

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. rinpoche (२०२०-१२-११), "ललितपुरका अशोक चैत्यहरुको वास्तविकता !", Nepal Buddhist News (ne-NPमा), अन्तिम पहुँच २०२५-०५-०२ 
  2. "नेपाल देशको इतिहास", प्रचीन नेपाल 14 (01): 16। 
  3. Ulak, Sunil (२९ माघ २०७९), "भैरवको बाल रूप ‘बटुक भैरव’", हिमाल दर्पण 
  4. "१७ वर्ष लडेर ललितपुरवासीले फिर्ता ल्याएको सप्तपाताल पोखरी", Ukaalo (Nepaliमा), अन्तिम पहुँच २०२५-०५-०२