लज्जावती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लज्जावती नेपाली भाषामा लेखिएकाे चर्चित उपन्यास हो । नेपालमा विक्रम सम्वत २०५२ सालपछि चलेको १० वर्षे विद्रोहका समयमा नेपालीले भोग्नु परेको वियोगको क्राफ्ट उपन्यासमा समेटिएको छ । याे उपन्यास राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनैतिक द्धन्द, युद्ध र त्यसकाे अर्थहिनताभित्र प्रेम,पीडा र वियाेगका फूलहरुकाे क्राफ्ट नै लज्जावती उपन्यासकाे धरातल हाे । यस उपन्यासभित्र देश र साजभित्रका कुरीति विरुद्धकाे आवाज बुलन्द छ । यस उपन्यासका लेखक जितेन्द्र रसिक हुन् । जीवन र जगत भित्रकाे एउटा सिनथेसिस्का रुपमा उपन्यास पाठकहरुमाझ लाेकप्रिय छ ।

विक्रम संवत २०७३ सालमा प्रकाशित लज्जावती उपन्यासले फरक अनुभूतिको आख्यानात्मक अभिव्यक्तिका रूपमा नेपाली आख्यान क्षेत्रमा नयाँ आयाम थपेकाे छ ।विकृत पुँजीवादी उपभोक्तावादी चिन्तनका कारण वर्तमान सङ्क्रमणकालीन नेपाली समाजमा बढ्दै गएको क्रूरता, हिंसा, बालअपहरण, फिरौती र हत्या अनि फितलो प्रशासनिक अनुसन्धान र निर्दोष व्यक्तिले भोग्नुपर्ने अनाहक दण्डलाई उपन्यासमा संवेदनशील ढङ्गले उठाएका छन् । उपन्यास सामाजिक आलोचनात्मक यथार्थवादी धारामा रहेर मानवताकाे पक्षमा जाेड दिइएकाे उपन्यास लज्जावतीले नेपाली उपन्यासकाे जगतमा अलग छाप राख्न सफल भएकाे छ ।