लाइभ ड्राइभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाइभ ड्राइभ
size
मौलिक संस्करणडिसम्बर २००८
सञ्चालन प्रणालीमाइक्रोसफ्ट विन्डोज
म्याक ओएस
आइओएस
एन्ड्रोइड
उपलब्ध भाषाहरूअङ्ग्रेजी
प्रकारअनलाइन भण्डारण सेवा, फाइल समक्रमण
वेबसाइटwww.livedrive.com

लाइभ ड्राइभ एक अनलाइन बादल भण्डारण सेवा हो जुन जे२ ग्लोबलको नियन्त्रणमा तथा स्वामित्वमा रहेको छ।[१] कम्पनीले असीमित भण्डारणको प्रस्ताव गर्दछ र सिङ्क भण्डारणको लागि यसमा २,००० गिगाबाइट सम्म ठाउँ उपलब्ध छ। लाइभ ड्राइभले प्रयोगकर्ताहरूलाई मोबाइल फोन र ट्याब्लेटबाट तिनीहरूको आँकडामा पहुँच गर्न सक्षम पार्दछ। हाल लाइभ ड्राइभसँग आइओएस , एन्ड्रोइड , विन्डोज, म्याकओएस र क्रोम सञ्चालन प्रणालीका लागि अनुप्रयोगहरू रहेका छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

लाइभ ड्राइभको स्थापना सन् २००८ को अन्तमा एण्ड्र्यु माइकलले गरेका थिए। कम्पनीमा अर्का लगानीकर्ता निकोलस कावेल हुन्।[२]

मे २००९ मा, उत्पादन सुरु भएको तीन महिना पछि, व्यवसायलाई १०० मिलियन अमेरिकी डलरको खरीद बिक्री प्रस्ताव गरिएको थियो। कम्पनीले उक्त प्रस्तावलाई रद्द गर्दै उनीहरूले कम्पनी निर्माण गर्न चाहेको बताएको थियो।

अक्टोबर २००९ मा लाइभड्राइभले अन्तर्राष्ट्रिय सफ्टवेयर वितरक कम्पनी लाइफबोटको साथ वितरण सम्झौताको माध्यमबाट अमेरिकी बजारमा प्रवेश गरेको थियो।

अप्रिल २०११ मा, लाइभ ड्राइभले एक (अप्रिल फुल) भ्रामक श्रव्य दृश्यको सृजना गरेको थियो जसमा कम्पनीले क्युआर कोडहरूको प्रयोग गरेर कागजमा फाइलहरू भण्डारण गरिने भनेर झुठो रूपमा भनिएको छ।[३] यो समाचार सिबीएसको मनी वाचका साथ विभिन्न समाचारका स्रोतहरूले एक सही समाचारको रूपमा लिएका थिए।

१० फेब्रुअरी २०१४ मा, लाइभ ड्राइभलाई जे२ ग्लोबलले खरीद गरेको थियो।[४] लाइभ ड्राइभ, जे२ को व्यवसाय बादल सेवाको एक भाग हो, जसमा ई-फ्याक्स , ई-भ्वाइस , फ्युजमेल, क्यामपेनर, र किप इट सेफ समावेश छन्।[५]

अत्यधिक भण्डारणका लागि सयौं प्रयोगकर्ताहरूको खाताहरू बन्द गरिएसँगै, अगष्ट २०१४ मा लाइभ ड्राइभलाई असन्तुष्ट ग्राहकहरूबाट कानुनी कारवाहीको दायरामा ल्याइएको थियो।[६]

सङ्गीत तथा चलचित्र प्रवाह[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१० मा, लाइभ ड्राइभले उनीहरूको खातामा व्यक्तिगत सङ्गीत र चलचित्रहरूको प्रवाह सेवा थपेको थियो। यसले प्रयोगकर्ताहरूलाई आफ्नै सङ्गीत सङ्ग्रह सुन्न वा टाढाको कम्प्युटरमा उनीहरूका चलचित्र हेर्नका लागि क्षमता प्रदान गरेको थियो। कम्पनीले प्रयोगकर्ताहरूलाई एफटिपि पहुँच र असीमित संस्करण पनि प्रदान गरेको थियो। [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Credit crunch, what credit crunch? Website whizzkid, 29, turns down £100m for firm he set up three months ago", The Daily Mail, मे ५, २००९, अन्तिम पहुँच फेब्रुअरी १५, २०१३ 
  2. "Nicholas Cowell: Brother who's also got the X Factor", The Independent, जनवरी २१, २०१२, अन्तिम पहुँच फेब्रुअरी १५, २०१३ 
  3. "Livedrive Partners With Lifeboat Distribution to Bring", Bloomberg, अक्टोबर २७, २००९, अन्तिम पहुँच फेब्रुअरी १८, २०१३ 
  4. "Livedrive's New Online Storage Secret: Paper Printouts", CBS, अप्रिल १३, २०११, अन्तिम पहुँच मार्च १८, २०१३ 
  5. "j2 Global Acquires LiveDrive; j2’s Online Backup Annualized Monthly Run-Rate Exceeds $40M", The New York Times, फेब्रुअरी १०, २०१४, अन्तिम पहुँच मार्च ५, २०१४ 
  6. Charles Arthur: Livedrive facing legal action after closing cloud backup accounts, The Guardian 27.8.2014.
  7. "Livedrive adds media streaming", The Register, सेप्टेम्बर २३, २०१०, अन्तिम पहुँच फेब्रुअरी २८, २०१३ 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट