लिटिल रेड राइडिङ हुड
| लिटल रेड राइडिङ हुड | |
|---|---|
जेसी विलकक्स स्मिथद्वारा गरिएको चित्रण | |
| लोक कथा | |
| नाम | लिटल रेड राइडिङ हुड |
| डाटा | |
| आर्न-थम्पसन समूहगत | ३३३ |
| पौराणिक कथा | युरोपेली |
| क्षेत्र | फ्रान्स,[१] जर्मनी[२] |
| मूल मिति | सन् १६९७,[१] १८१२[३] |
लिटल रेड राइडिङ हुड (फ्रान्सेली: Le Petit Chaperon rouge) एक सानी केटी र एउटा ठूलो दुष्ट ब्वाँसोको बारेमा चार्ल्स पेरोद्वारा लिखित एक फ्रान्सेली दन्त्य कथा हो।[४][५] केही पछिल्ला संस्करणहरूमा वनपालेलाई पनि समावेश गरिएको थियो। यसको उत्पत्ति १७औँ शताब्दी भन्दा अघिका धेरै युरोपेली लोककथाहरूमा फेला पार्न सकिन्छ। पछि १९औँ शताब्दीमा ग्रिम दाजुभाईले यसलाई पुन: सङ्कलन गरेका थिए।
विभिन्न शताब्दीहरूमा अनुवाद र आधुनिक रूपान्तरणका कारण यो कथाका धेरै भिन्न रूपहरू प्रचलित छन्।
कथानक
[सम्पादन गर्नुहोस्]
यो कथा 'लिटल रेड राइडिङ हुड' नाम गरेकी एक केटीको वरिपरि घुम्छ, जसको नाम उनले लगाउने रातो टोपी भएको खास्टोबाट राखिएको हो। ती केटी आफ्नी बिरामी हजुरआमालाई खानेकुरा (अनुवाद अनुसार रक्सी र केक) पुर्याउन जङ्गलको बाटो भएर जान्छिन्।
एउटा पिछा गरिरहेको ब्वाँसोले ती केटी र टोकरीमा भएको खानेकुरा खान चाहन्छ। उनले कहाँ जान लागेको भनेर सोधखोज गरेपछि, ब्वाँसोले उनलाई हजुरआमाको लागि उपहार स्वरूप केही फूलहरू टिप्न सुझाव दिन्छ। जब उनी फूलहरूको खोजीमा जान्छिन्, ब्वाँसो हजुरआमाको घरमा पुग्छ र राइडिङ हुड भएको बहाना गर्दै भित्र पस्छ। उसले हजुरआमालाई जिउँदै निल्छ, उनको ओछ्यानमा चढ्छ र हजुरआमाको भेष धारण गरेर ती केटीलाई पर्खिन्छ।

जब उनी त्यहाँ पुग्छिन्, उनले आफ्नी "हजुरआमा" को अनौठो रूप देख्छिन्। केही समयको कुराकानी पछि, राइडिङ हुडले ब्वाँसोको दाँतको बारेमा टिप्पणी गर्छिन्, जसमा ब्वाँसो ओछ्यानबाट उफ्रिन्छ र उनलाई पनि खान्छ। पहिलो पटक प्रकाशित भएको चार्ल्स पेरोको संस्करणमा, ब्वाँसो त्यसपछि निदाउँछ र कथा त्यहीँ समाप्त हुन्छ।
पछिल्ला संस्करणहरूमा कथा अझै अगाडि बढ्छ: ग्रिम दाजुभाई र परम्परागत जर्मनेली संस्करणहरूमा, एकजना वनपालेले बन्चरो लिएर बचाउन आउँछन् र सुतिरहेको ब्वाँसोको पेट काट्छन्। लिटल रेड राइडिङ हुड र उनकी हजुरआमा डराएको तर सकुशल अवस्थामा बाहिर निस्कन्छन्। त्यसपछि उनीहरूले ब्वाँसोको शरीरमा भारी ढुङ्गाहरू भर्छन्। ब्वाँसो ब्युँझन्छ र भाग्न खोज्छ, तर ढुङ्गाहरूको भारले गर्दा ऊ ढल्छ र मर्छ। ग्रिमको संस्करणमा, ब्वाँसो घरबाट बाहिर निस्कन्छ र एउटा इनारबाट पानी पिउने प्रयास गर्छ, तर पेटमा भएका ढुङ्गाहरूले गर्दा ऊ भित्र खसेर डुब्छ।
कथाका केही परिमार्जित संस्करणहरूमा हजुरआमालाई खानुको सट्टा दराजमा थुनिएको देखाइन्छ (र ब्वाँसोले लिटल रेड राइडिङ हुडलाई खानुको सट्टा उनले ल्याएको खानेकुरा मात्र खान्छ)। केही संस्करणहरूमा ब्वाँसोले आक्रमण गर्न लाग्दा नै वनपालेले उनलाई बचाउँछन्, जहाँ वनपालेले ब्वाँसोलाई मार्छन् वा आफ्नो बन्चरोले खेदाउँछन्।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Iona and Peter Opie, The Classic Fairy Tales. p. 93. आइएसबिएन ०-१९-२११५५९-६
- ↑ "The Evolution of Little Red Riding Hood"।
- ↑ "There Are 58 Versions of Little Red Riding Hood, Some 1,000 Years Older Than the Brothers Grimm's"।
- ↑ Berlioz, Jacques (२००५), "Il faut sauver Le petit chaperon rouge", Les Collections de l'Histoires (36): ६३।
- ↑ BottikRuth (२००८), "Before Contes du temps passe (1697): Charles Perrault's Griselidis, Souhaits and Peau", The Romantic Review 99 (3): 175–189।
- ↑ Spurgeon, Maureen (१९९०), Red Riding Hood, England: Brown Watson, आइएसबिएन 0-7097-0692-8।
