लु कोर्बुजिए

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चार्ल्स-इडुआर्ड जेनरे-ग्रिस, जो स्विस मूलका व्यक्ति थिए, पछि गएर लु कोर्बुजिएका नामले प्रख्यात भए। उनी एक वास्तुकार र लेखक पनि थिए। उनी १९३० को दशकमा स्विट्जरल्यान्ड छोडेर फ्रान्स गएसँगै आधुनिक वास्तुकलाका बारेमा आफ्ना विचार व्यक्त गर्न सुरू गरे। उनी ठूला शहरहरूमा गरिबहरूका लागि बस्न योग्य घर बनाउन चाहन्थे। उनकै डिजाइनमा दुनियाका कैयौं ठाउँहरूमा आवास गृह बनेका छन्। उनी चित्रकलाका पनि उपासक थिए र काष्ठकलामा समेत निपुर्ण थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

लु कोर्बुजिए स्विट्जरल्यान्डको ला साउ-डी-फन् भनिने सानो शहरमा हुर्केका थिए। सन् १९०७ मा १९ वर्षको हुँदा उनी फ्रान्सको पेरिस गए। तिनले युरोपभरि यात्रा गरे, नयाँ कुराहरू सिके, र जर्मन भाषा बोल्न पनि अब्बल बने। उनले पिटर बेरेन्स जस्ता प्रसिद्ध आर्किटेक्टसँग पनि काम गरे।

विश्वयुद्ध[सम्पादन गर्नुहोस्]

प्रथम विश्वयुद्धका दौरान, लु कोर्बुजिए स्विट्जरल्यान्ड नै फर्किए र एउटा विद्यालयमा अध्यापकको जागिर खाएर बसे। त्यही क्रममा उनले आफ्नो काकाको छोरासँग मिलेर सन् १९४० सम्म वास्तुशिल्पको व्यवसाय गरे। सन् १९१८ मा उनको भेट अमेडी ओजेनफेन्ट नामक चित्रकारसँग भयो र यी दुई साथी बने। उनीहरूले आफ्नो विचारलाई मिलाएर एउटा नयाँ प्रकारको कला सिर्जना गरे जसलाई शुद्धतावाद (प्युरिजम्) भनिन्छ।

अन्तिम समय[सम्पादन गर्नुहोस्]

६ अक्टोबर १८८७ मा जन्मिएका कोर्बुजिएको मृत्यु २७ अगष्ट १९६५ मा भयो।