ल्यान्डस्याट ९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्यान्डस्याट ९ (अङ्ग्रेजीः Landsat 9) पृथ्वी अवलोकन उपग्रह एवम् ल्यान्डस्याट कार्यक्रमको नवौं उपग्रह हो। यस उपग्रहलाई २७ सेप्टेम्बर २०२१ मा, एटलस वी ४०१ प्रक्षेपण यानमा भान्डनबर्ग स्पेस फोर्स बाट, कम्प्लेक्स-३ ई नामक प्रक्षेपणयाण बाट प्रक्षेपण गरिएको थियो। यस उपग्रहको निर्माण, प्रक्षेपण र परीक्षणको जिम्मा नासामा छ भने सञ्चालन, र डाटा अभिलेखको प्रबन्ध र वितरण संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)को जिम्मामा रहेको छ। क्रिटिकल डिजाइन रिभ्यु (सीडीआर) वा प्राविधिक जाँच नासाले अप्रिल २०१८ मा पूरा गरेको थियो र नर्थरोप ग्रुमन इनोभेसन सिस्टम्स (एनजीआईएस) लाई उपग्रह निर्माण गर्न अनुमति दिइएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]