सामग्रीमा जानुहोस्

ल्यान्डस्याट ९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्यान्डस्याट ९ (अङ्ग्रेजीः Landsat 9) पृथ्वी अवलोकन उपग्रह एवम् ल्यान्डस्याट कार्यक्रमको नवौं उपग्रह हो। यस उपग्रहलाई २७ सेप्टेम्बर २०२१ मा, एटलस वी ४०१ प्रक्षेपण यानमा भान्डनबर्ग स्पेस फोर्स बाट, कम्प्लेक्स-३ ई नामक प्रक्षेपणयाण बाट प्रक्षेपण गरिएको थियो। यस उपग्रहको निर्माण, प्रक्षेपण र परीक्षणको जिम्मा नासामा छ भने सञ्चालन, र डाटा अभिलेखको प्रबन्ध र वितरण संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)को जिम्मामा रहेको छ। क्रिटिकल डिजाइन रिभ्यु (सीडीआर) वा प्राविधिक जाँच नासाले अप्रिल २०१८ मा पूरा गरेको थियो र नर्थरोप ग्रुमन इनोभेसन सिस्टम्स (एनजीआईएस) लाई उपग्रह निर्माण गर्न अनुमति दिइएको थियो।

ल्यान्डस्याट ९ लाई २७ सेप्टेम्बर २०२१ मा १८:१२ UTC मा प्रक्षेपण गरिएको थियो। यो ल्यान्डस्याट ७ को निर्धारित मिसन अवधि सकिएको ४-५ वर्षपछि र यसको अधिकतम आयु (इन्धन आपूर्ति) समाप्त हुन लागेको समयमा गरिएको थियो। केनेडी स्पेस सेन्टर (KSC) स्थित लन्च सर्भिस प्रोग्राम (LSP) ले प्रक्षेपण सञ्चालनको नियन्त्रण गरेको थियो, जुन भान्डेनबर्ग स्पेस फोर्स बेसबाट सञ्चालन गरिएको थियो। एरिजोनामा अन्तरिक्ष यान निर्माणको काममा कोभिड-१९ (COVID-19) महामारीको असर परेका कारण ल्यान्डस्याट ९ को प्रक्षेपण सेप्टेम्बर २०२१ सम्मका लागि ढिलो भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Landsat 9 | U.S. Geological Survey", www.usgs.gov (अङ्ग्रेजीमा), २०२५-०७-१६, अन्तिम पहुँच २०२६-०५-०१