वणिकवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वणिकवाद सत्रौं शताब्दीमा युरोप, विशेष गरी फ्रान्समा सुरु भएको आर्थिक विचार हो । जसको प्रभाव अर्थव्यवस्था निकै लामो समयसम्म रहेको थियो ।[१]

अन्य नाम[सम्पादन गर्ने]

यस सम्प्रदायलाई कोलबर्टले प्रतिपादन गरेकोले यसको नाम कोलबर्टवाद, व्यापार वाणिज्यलाई मुख्य महत्त्व दिएको र कृषिलाई महत्त्व नदिइएकोले वाणिज्यवाद, महाजनवाद, विदेशी वस्तुलाई प्रतिबन्ध लगाइएकोले प्रतिबन्धवाद, बहुमूल्य धातु संकलन गर्ने राजकीय उद्देश्य बनाइएकोले धातुवाद, राजकीय कोष (केमरर) सम्पन्न गराउने क्रियाकलापलाई जोड दिइएकोले केमरावाद पनि भनिन्छ । [२]

मुख्य विशेषता[सम्पादन गर्ने]

  • १. बहुमूल्य वस्तु- बहुमूल्य वस्तुलाई विशेष महत्त्व (विशेष गरी सुन र चांदी)– युद्ध गरेर धातु सञ्चय गर्ने विचारक ।
  • २.विदेशी व्यापार– एन्टोनियो सेरा, क्लीमेन्ट अर्मास्ट्रङ र अन्यले विदेशी धातु जम्मा गर्न विदेशी व्यापारलाई महत्त्व दिए ।
  • २.अनुकूल भुक्तान सन्तुलन– बचतको बजेट र व्यापार आफ्नो पक्षमा राख्ने नीतिले धन कमाउने ।
  • ३. उपनिवेशवाद– धन कमाउन सुरक्षितताका लागि उपनिवेशहरुको स्थापना गर्ने सिद्धान्त
  • ४. उपनिवेशको आर्थिक शोषण– बढी कर , कम मूल्यम सामान किन्नु बढी मूल्यमा बेच्नु

वणिकवादी आर्थिक विचार[सम्पादन गर्ने]

१. मूल्य निर्धारण– वस्तुको गुणको आधारमा महंगो वा सस्तो । वस्तु विनिमय नै प्रचलित थियो । मुद्राको जयादै कम प्रयोग । विलियम पेटी– वस्तुको मूल्य उसको प्राथमिक लागत र श्रम लागतले निर्धारण गर्ने ।
२.ब्याज– ब्याज लिन हुने र नहुनेमा केही वणिकवादीहरुम मतभेद थियो । थोमस मनले ब्याजमा सापटी लिएर लगानी गर्नु पर्ने विचार थोमर कल्पेपरले ब्याज लेनदेनको विरोध गरेका । अन्यले ब्याज थोरै राखेर सापटी लिने र लगानी गर्ने विचार ।
३. कर प्रणाली– राज्यले सुविधा दिए अनुसार कर कम वा बेशी हुनुपर्छ । उत्पादन कर लगाउने तर भन्सार कर नलगाउने पक्षमा विचार
४. खर्चलाई महत्व– प्रशस्त खर्च गर्नु पर्ने र किफायतलाई अनुचित । ठाटबाटको जीवन बिताउनु पर्ने विचार ।
५. उत्पादनका साधन– पेट्टी– धन सम्पत्तिको आमा भूमि र बुबा श्रम हो ।

मुख्य विचारक[सम्पादन गर्ने]

यस सम्प्रदायका प्रमुख विचारकहरु यस प्रकार छन्
जां बाप्टिस्ट कोलबर्ट सन् १६१९–१६८३,
वलियम पेटटी १६२३–१६८७,
चाल्र्स देवान्त १६५६ १७५४
डुडले नोर्थ १६४१ १६९१,
सर जोशिया चाइल्ड १६३० १६९९,
रिचार्ड क्यान्टिलियन १६८० १७३४,
एन्टोनियो सेरा १५८० १६५०,
जोन लक १६३२ १७०४, डे
भिड ह्युम १७७१ १७७६ ।
वणिकवादले व्यक्तिगत आर्थिक जीवनलाई ज्यादै नियन्त्रण गरेकोले उद्यमीहरुले बढी स्वतन्त्रता लासेज फेयरको कुरा उठाए । पछि यही माग प्रकृतिवादमा रुपान्तरण भयो ।

सन्दर्भ ग्रन्थ सूची[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.स..२०६७, पूर्वीय अर्थशास्त्र– प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही ः ज्ञानज्योति प्रकाशन ।
  2. वैश्य एम सी, सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा ः विनोद प्रकाशन मन्दिर आगरा ।