वार्तालाप:आदिल हुसैन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@Krish Dulal: लेखलाई मेट्न मनोनयन गरिएको रहेछ तर लेखमा स्पष्ट अर्थहीन चिनो लगाइएको रहेछ जुन मलाई चित्तबुझ्दो लागेन। नेपाली विकिमा सयौं यस्ता लेखहरू छन् जसलाई मेट्न आवेदन गर्दै हिड्ने कुरो मनासिब हैन। केही दिन अघि यस्तै घटना हुँदा निर्मल जीले भन्नुभएको थियो लेख एकैपटकमा सुधार गर्न सकिदैन। लेखमा मेट्ने चिनो लगाउनु भन्दा अन्य चिनो लगाउन सकिन्छ जस्तैः अप्रमाणित, उल्लेखनीयता। @Biplab Anand: लेखलाई सुधार गरेर स्रोत हालिएको छ। कृपया मेट्ने चिनो हटाउनु होला।--Saroj Uprety (कुरा गर्ने) ०८:१८, १५ अगस्त २०२० (नेपाली समय)