वार्तालाप:आलम देवी
आलम देवी मन्दिरको चिनारी र इतिहास ।
[सम्पादन गर्नुहोस्][१]आलम देवी मन्दिरको चिनारी ।
आलमदेवी,
देश:- नेपाल, प्रदेश नं.- ४ जिल्ला :- स्याङ्जा गाउँपालिका :- कालीगण्डकी गाउँपालिका स्याङ्जा, वडा नं - ३,लसर्घा,
भौगोलिक अवस्था:-
[१]आलम देवी मन्दिरको दाँया पुर्व दक्षिणमा नेपालको ताजमहलको रूपमा परिचित रानीमहल, जुन स्याङ्जा र पाल्पाको सिमाना छुट्टयाउने कालीगण्डकी नदि किनारमा एक विशाल चट्टान माथि पाल्पा जिल्लामा वि.स. १९५० सालमा सिलन्यास भइ चार बर्षमा निर्माण सम्पन्न गरिएको बेलायती इन्जिनियरको सहयोगमा युनानी शैलीमा निर्मित सुन्दर रानीमहलको दरबार छ। उक्त रानीमहलको निर्माण खड्ग शमशेर राणाद्दारा गराइएको इतिहास जिवन्त भएर बसेको छ।
[२] आलम देवी मन्दिरको पुर्व [ उत्तरमा ] स्याङ्जाकै रमणिय सुन्दर बिर्घा फाँट अवस्थित छ।
[३] आलम देवी मन्दिरको पस्चिममा नेपालकै प्रसिद्ध धार्मिक र तथा पर्यटकिय क्षेत्र रूरू, रिडी धामको दर्शन गर्न पाइन्छ। जुन स्याङ्जा , पाल्पा र गुल्मीको संगम स्थल पबित्र नदि कालीगण्डकीको किनारमा अवस्थित हुनुहुन्छ ।
[४] आलम देवी मन्दिरको पस्चिम उत्तरमा बिर्घा जस्तै सुन्दर र रमणिय फाँट लसर्घा , बेसी अवस्थित छ।
[२]आलम देवी मन्दिर, आलम देवी मन्दिरको प्रांगणमा देवीको दर्शन गर्नको लागि,स्याङ्जा जिल्ला स्थित, हालको कालीगण्डकी गाउँपालिका स्याङ्जा,मिर्मी:- जहाँ नेपालकै ठुलो मध्येको जल विद्युतको आयोजना स्थलको बाँधबाट पस्चिम करिबकरिब ७ देखि १० किलोमिटर कच्ची धुलौटे मोटर बाटो सवारीसाधनबाट पार गरेपछि। तपाईं पवित्र मन्दिर आलमदेवीमाताको प्रांगणमा पुग्न सक्नुहुन्छ।
[३]आलम देवी माताको महिमा र महत्व अनि इतिहासबारे, आलमदेवी मन्दिर व्यवस्थापन समितीका प्रमुख सल्लाहकार, आदणिय सर दिलिप प्रताप खाँण, लेख्नुहुन्छ।
(वेगमाता वेगेश्वरी अर्थात् आमा देवी (कुलदेवी) अलप हुनुभयो,भासिनु भयो। पुनः पबित्रताका लागि अलप भएको ठाउँदेखि करिब ९०० देखि १००० मिटरभित्रबाट सुरूङ ( प्वाल ) हुँदै कालीगंगाको जल र शालीग्राम पबित्रता प्राप्त गर्नुभयो र पुनः सोही मार्गबाट भीमसेनपातीको फेंदमा बिराजमान हुनुभयो। त्यसैले आज हामीले वहाँको दर्शन गर्न पाउँछौं। ढाँचा:Citation Needed सन् १३४९ मा तत्कालीन उज्जैन हाल भारत राजस्थानमा राणामनमथ सिंहराव गहलोत राजा थिए। मुस्लिमसँग लडाइँ चर्किदै थियोे ढाँचा:Citation Needed । सन् १३४९ मा राजा मनमथलाई वीरगती प्राप्त भयो ढाँचा:Citation Needed। तत्कालिन परम्परा अनुसार जेठा युवराज राणा ब्र्हमारिक सिंहराव गहलोत राजा भए ढाँचा:Citation Needed । राजपुत राज्य र मुस्लिम राजाबिच अस्तित्वको लडाइँ चरम अवस्थामा रहेको,वलिदानी लडाइँमा रगतको खोलो बगिरहेको,महिलाहरूले जौहर व्रत (आत्मदाह ) ढाँचा:Citation Neededधारण गरिरहेको,युद्ध उन्मादको दृश्यले मानवता पुरै रगतले पुरिएको अवस्थामा राजा ब्र्हमारिकका भाइ, राणा भूपाल सिंहराव गहलोत इस्वी संवत् १३५० मा उज्जैन राज्य परित्याग गरी त्यहाँबाट जयपुर, दिल्ली , इलाहावाद,अयोध्या हुँदै लुम्बिनी , रूपन्देही , बुटवल र रिडीघाट रूरूक्षेत्रमा आई बसेका र साथमा हात्ती , घोडा , र अन्य रसद सामाग्रीका साथ आफ्नी कुलदेवी वेगमाता वेगेश्वरी देवीमाता समेत झोलीमा बोकी आएका थिए ढाँचा:Citation Needed । तत्कालीन रिडीघाट ( रूरूक्षेत्र) धार्मिक दृष्टिकोणबाट अत्यन्त महत्वपुर्ण स्थान थियो। ढाँचा:Citation Needed यसै क्रममा उज्जैन राज्यका गुहिल / गहलोत बंशका राजाहरू रत्नसिंह ( इ . सं.१३०१ - १३०३ ), भूपतिराव सिंह ( इ. सं. १३०३ - १३२८ ) आदि । उदयपुरा राज्य र राणा मनमथ ( १३२८ - १३४९ ) आदिले तत्कालीन मुस्लिम बादशाह अलाउद्दिन खिलजीसँगढाँचा:Citation Neededलामो लडाइँ लडेर र आफ्नो जिवन उत्सर्ग गरेर पनि मातृभूमीलाई विदेशीबाट बचाएका थिए । ढाँचा:Citation Needed सत्ता भन्दा देश ठुलो , देशभन्दा धर्म ठुलो र धर्म भन्दा कुलदेवी ठुलो भनी,, आफ्नी कुलदेवीको रक्षार्थ आफ्नो भूमि त्याग गरी तत्कालीन उज्जैन राज्यमा रहेकी गुहिल / गहलोत ढाँचा:Citation Needed राजाकी कुलदेवी - वेगमाता - वेगेश्वरीलाई झोलामा हालीढाँचा:Citation Needed उत्तर तर्फ लाग्दै जाँदा केहि समय रूरू क्षेत्रमा बिताई हालको:-कालीगण्डकी गाउँपालिका स्याङ्जा वडा नं. - ३, लसर्घा भन्ने स्थानको पहाडको टाकुरामा बास बस्न पुग्दा उक्त देवीलाई भीमसेन पातीको रूखमा झुन्ड्याएर आराम गर्दा देवी झोलीबाट खस्नु भएको र जमिनना भासिन पुगेकी थिईन। हाल मन्दिरमा रहेको भीमसेन पातीको एउटा प्वाल पारी कालीगण्डकी नदिमा पुगेर टुंगिन्छ। {Citation Needed}
माथि उल्लेखित यो उज्जैन गुहिल / गहलोत राजाको र आलाम देबीको बारेमा खानहरु नेपाल आएको प्रसङ्ग दंथ्यकथालाई इतिहास शिरोमणि बाबुराम आचार्यले [१] 1 उनको श्री ५ बडामहाराज धिराजको संक्षिप्त जीवनी भन्ने पुस्तकमा भर्ष्ट बंशावलीको कथन भनेका थिए। किनकी यो कथाहरु राजा रण बहादुर शाहको बाहुनी पट्टिका सन्तानहरु र राणा कुवरका परिवार संग बैबाहिक सम्बन्धका कारणले प्रभावित गिर्वान युद्द बिक्रम शाह र राजेन्द्र विक्रमको पालामा भारतीय पण्डित झिकाएर लेखिएको कथा थियो। जुन कथाहरुको भरपर्दो स्रोत छैन। नेपाल कै मदेशी राजपुतहरुले पर्वते राजाका सन्तानलाई आफु सरह राजपुत मान्दैन थे। बनारसी मिश्र बाहुनहरुलाई राजगुरुबनाएको कथित षडयन्त्रको तानाबाना स्वरुप नेपालका शाह र केहि राजपरिवारवरिपरि रहेका चतुर बाहुन र ठकुरी ठालुहरुले मदेशी राजपुत भन्दा झन् ठुलो राजपुत हुन शाह बंशलाई भारत तिर लगेर जोडेको कथा हो। यो बिषय हड्सनले [२] राजा राम शाहले वंश राजपुत र गोत्र खोज्न चितौढ़ तिर खोज्न पठाउदा उताको वंश र शाहको वंशको बिषय नमिलेको प्रसङ्ग उल्लेख गरेका थिए जसलाई प्रयाग राज शर्माले [३] पनि उल्लेख गर्नु भएको थियो। ऋषिकेश शाहले [४] पनि गलहोत हरुको वंशको र नेपालको शाहहरुको साइनो गोरु बचेको पनि नाता नभएको बिषय उनको पुस्तक हिरोज एण्ड बिल्डर्समा उल्लेख गरेका छन्। जातीय बिषय त रमाइलो के छ भने कयौं मगरहरुले अझै पनि ठकुरीलाई आफ्नै भाइ खलक मान्छन तर ठकुरीहरु पनि ठकुरी देखि मगरहरु जात झरेको भन्छन। बास्तवमा ठकुरीहरु नेपालको आदिबासी नै हुन् र थिए। ठुलो जात हुन भातलाई भुजा भनेर फुलिएका मात्र हुन। कथित लेखकहरुले राजस्थान देखि आएका कथित कथाका पात्रहरु शाह राजपुतहरुले मगर संग बिबाह गरे वा अन्तरजातीय बिबाह गरे भन्ने भ्रम छर्नु हुँदैन। किनकि कथित मुसलमानको आक्रमणमा गोल्होते राजपुतको छोरी राजकुमारी सदलको बिबाह अन्तरजातीय मुसलमान राजकुमारसंग हुन खोज्दा भागेको र पाल्पा आएर बसेको गल्होते राजपुतहरु पत्याउदा नभागी कन अन्तरजातीय बिबाह गल्होते राजकुमारी र मुसलमान राजकुमारको बिवाह भएको भए चितौरे राजपुत गोल्होतेको राज्य त जोगिन्थ्यो नि। फेरि त्यत्रो गङ्गा नै तरेर पाल्पामा आएर बसेका जनै धारी राजपुत वा विष्णु भगवानका अवातारि गल्होतेले मगर जस्तो पवित्र आदिवासी परम्परा र संस्किती भएको जातीय समूदायसंग उही अन्तरजातीय बिहे गर्न भागेर आउनुको के औचित्य छ ? त्यत्रो राज्य सम्पति मान सम्मान छाडेर फेरि पनि उही अन्तरजातीय बिबाह गर्न रिडी वा पाल्पा तिर आउनु पर्ने के कारण छ ? ठकुरीहरु अबैध गल्कोटे राजपुतका सन्तान भन्ने अधिकार कसै संग छैन। गाउँको गाउँ सबै मगर मुलका ठकुरीहरु छन् ति सबै मिसिए भन्नु बिज्ञान सम्बत पनि स्वीकार्य र प्रमाणित छैन। भएको के हो भने मगर मुलका केहि ठकुरीहरु झन् ठुलो जात हुन ठकुरी भएका हुन। ठकुरीहरु सबै आफ्नो जात ठुलो भाकोमा खुलेर अझै घमण्ड गर्छन यो घमण्डले सामाजिक आर्थिक र सांस्कृतिक रुपमा ठकुरीहरु झन् झन् ओरालो लागेको छ। बरु मगर मुलका ठकुरीहरूले मगर भएको गौरव गरेको खण्डमा पुर्खालाई न्याय मिल्ने कुरामा अल्मल नै गर्नु हुन्न। चेतना भया।'
जमिनमा अलप हुनुभएकी देवी कालीगण्डकी नदिमा पुगी स्नान गर्नुभई पुनः भीमसेनपातीको फेदमा आई बस्नु भएको इतिहास पाइन्छ
वेगमाता वेगेश्वरी देवी - काली कुल र श्री कुल अन्तर्गत अठार सिद्ध बिद्या अन्तर्गत दश महाबिद्याद्दारा पूजा आराधना गरिने र पुरूष मन्त्रमा माला मन्त्र, स्त्रिलिंग मन्त्रमा बीजमन्त्र र नपुंसक मन्त्रमा कर्तरी मन्त्रद्दारा अभिषेक गरिन्छ।
वेगमाता वेगेश्वरी देवी अत्यन्त सक्रीय देवीमाता हुन्।
उनलाई वैदिक विधीअनुसार अष्टमातृकाको जागरण गराइएको हुनाले सबै मानवलाई आफ्नै सरह माया र आशिर्वाद दिन्छिन भन्ने मान्यता छ। अष्टसिद्दीमध्येका `प्राकाम्य´ को अनुष्ठान भएकोले दर्शनार्थीहरूले निरोगी हुने भाकल एवम् इच्छाएको बरदान मागे पुग्ने र आयु समेत लामो हुने भएकोले बरदान मागेको पाइन्छ।
त्यस्तैगरी तन्त्र र मन्त्र विधीद्दारा पनि जागरण गराइएको हुँदा आलम देवी ( वेगमाता वेगेश्वरी) मा रातको समयमा खासगरी औंसी , पुर्णिामा र एकादशी जस्ता तिथिमा तान्त्रिक पद्दतिको उपासना गर्न सकिन्छ। उक्त तिथिहरूमा देवी ज्यालाको रूपमा , बाहानको रूपमा , अणिमाको रूपमा , लघिमाको रूपमा बिचरण गर्न सक्नुहुन्छ। साथै साधकले साधना अनुसार प्रतिष्टम्भ,अनुर्भी, पाथा संकल्प सिद्दी प्राप्त गर्न सक्नुहुन्छ।
यसरी वेगमाता वेगेश्वरी अर्तात् आमादेवी ( कुलदेवी ) भीमसेनपातीको रूखबाट अलप हुनुभएकोले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलोका रूपमा अलप देवी भन्दाभन्दै आलमदेवी ( अपभंस ) शब्द हुन / रहनपुग्यो फलस्वरूप आलमदेवी भन्न थालियो।
उक्त मन्दिर वैदिक विधि अनुसार ( मीमांस दर्शन र कार्यविधी अनुसार ) र तान्त्रिक विधि अनुसार जगाइएको देवीको सोही विधि अनुसार पुजा गर्नुपर्ने भएको र तर सोही विधि अनुसार पुजा गर्ने पुजारी नपाइने भएकोले स्वयम देवीबाट नै राणा भूपाल सिंहलाई सपनामा आठ ८ बर्ष देखि १५ बर्ष ५ महिनासम्मको उमेरका निर्दोष कुमार केटाद्दारा पुजा गराउनु भनेको र तिमी पुर्वतर्फ लाग, जति स्थानमा तिम्रो र तिम्रो सन्तानको पाइला पुग्नेछ सो स्थान तिम्रो राज्य हुनेछ भनी वरदान दिइएकी थिइन्।
सोही वरदान अनुसार राणा भूपालसिंह गहलोत ढाँचा:Citation Needed हालको स्याङ्जा जिल्ला अन्तर्गत खिलुङ् पहाडकी इष्टदेवी कालिकाको स्थापना गरी स्थायी रूपमा घरजम गरी बसेका थिए । इं .सं. १३५२ मा पहिलो सन्तान जयन्त सिंहको जन्म भयो र पुनः ई . सं. १३५५ मा हरिहर सिंहको जन्म भयो। ढाँचा:Citation Needed
जयन्त सिंह लाई खान्चा खान ( किरिम्चा ) र हरिहर सिंह लाई मिन्चा खान ( मिरिम्चा ) भनिन्थ्यो।
तत्कालीन भारतमा मुगलहरूको प्रभावका कारण खान शब्द प्रख्यात थियो ।
जसको अर्थ King Of The King अर्थात् ( Emperor ) भन्ने बुझिन्थ्यो भने खान्चा र मिन्चाको अर्थ जेठा र कान्छा वा ठूलो र सानो भन्ने अर्थमा लिइन्थ्यो । खाँण / खाँड शब्दको ढाँचा:Citation Needed लेख्न थाले। तत्कालीन अवस्थामा गुल्मी , स्याङ्जा , र पाल्पामा मगर बस्ती बढी थियो। गहलोत राजपुतहरू ढाँचा:Citation Needed मगर संस्कृतिमा विस्तारै ढल्न पुगे / ढल्दै गए अनि तिब्बती मुलका मल्लसँग र स्थानीय मगर जातीसँग विवाह गर्दै गए। आफुलाई ठकुरी जातिको रूपमा चिनाउँदै गए। त्यसैले केही संस्कार मगर जातिको र केहि संस्कार तिब्बती राजाहरूको पनि लिंदै गए। जस्तै मामाको छोरी विवाह , ज्वाँइले दर्शन गर्नुपर्ने , मांस र मदिरा सेवा गर्न सक्ने आदि।
मगरहरूको सम्बन्धमा :- तत्कालीन परिवेशमा मास्की राना मगरहरूले कुलदेवी वेगमाता वेगेश्वरी ( आलम देवी ) को भित्री घेरामा रहेकी देवीको पुजा अर्चना गर्ने, चित्तौरे राना मगरहरूले दोस्रो घेराबाट पुर्व र दक्षिण ढोकाबाट पुजा गर्ने र बली दिने, गरङ्च र छगेली राना मगरहरूले पस्चिम र उत्तर ढोकाबाट बलीरहित पूजा अर्चना गर्ने चलन थियोे । तर समयको विकास क्रमसँगसँगै धेरै चलनहरू विस्मृत लोप हुँदै गए। हालसम्म मास्की राना मगरहरूका १५ बर्ष ५ महिना उमेर पार नगरेका अथवा अझ त्यो भन्दा पनि कम उमेरका कुमार कन्य केटाहरूद्दारा पुजा अर्चना गरिन्छ।
औंसी र एकादशीमा वली पुजा हुँदैन भने अन्य दिनहरूमा बर्ष भरी सबै प्रकारका पुजा हुन्छन् ।
मन्दिरको दैनिक पुजा अर्चना संचालन सम्बन्धमा:-
पहिला पहिला मन्दिरमा एकजना भण्डारी र एकजना उमराव हुन्थे। जसले क्रमशः मन्दिरको व्यावस्थापन गर्ने, गुठीबाट आम्दानी उठाउने र सम्बन्धीत पुजारी , उपपुजारी ,र द्रविडले बाजा ( दमै बाजा ) बजाउने, जैसी ( ज्योतिषी ) ले साइत निकाल्ने , कटुवालले सूचना प्रवाहित / प्रवाह गर्ने, र अन्य नेगी दिनुपर्नेलाई दिई हिसाबकिताब जाहेर गर्नुपर्ने थियोे / हुन्थ्यो भने उमरावले सुरक्षा प्रदान गर्ने र सामरिक सुचना दिनुपर्ने व्यावस्था थियो।
[४]मन्दिरको दैनिक पुजा अर्चना संचालनको लागि गुठीको व्यावस्था।
वेगमाता वेगेश्वरी अर्थात् आमादेवी ( कुलदेवी ) को पुजा अर्चना दैनिक र नियमित रूपमा संचालन गर्न सजिलोका लागि तत्कालीन समयमा हालको:- बिर्घा, मिर्मी, र अर्गलीमा गुठीको रूपमा जग्गा आलमदेवीमाताको नाउँमा राखिएता पनि / नाममा गरिएता पनि,हाल देवीको नाममा रहेका उक्त गुठीको जग्गाहरू लथालिङ्ग अवस्था र जग्गाको अस्तित्व नै हराएको हो की भन्ने खालको स्थिति सिर्जना भएको छ। पुरानो आलमदेवी गाविसमा रहेको जग्गाको रेकर्ड नै राम्रोसँग राखिएको छैन। त्यस्तै पुरानो बिर्घा र श्रीकृष्ण गण्डकी गाविसमा भएको जग्गाहरू पनि वेवारिसे अवस्थामा पुगेका छन् । त्यस्तै गरेर पाल्पाको अर्गली र अन्य फाँटमा समेत देवीमाताको नाउँमा गरिएका जग्गाहरू हराइरहेका छन् । जग्गाको छानबिन गरि चुस्तदुरूस्त रेकर्ड राख्नुको साथै संरक्षण गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
[५]पुजा अर्चना गरिने खास खास तिथि तथा मितीहरू:-
खास गरेर ठूलो दशैं कालारात्री अनि चैते दशै ( रामनवमी ) मा वार्षिक / अर्धवार्षिक रूपमा पुजा अर्चना गरेता पनि कुल पुजा :-चण्डी चतुर्दशीका दिन गर्नुपर्ने हुन्छ।
यो दिन बुद्द पुर्णिमाको अघिल्लो दिन अथवा एकदिन अघि पर्छ। यहि दिन कुलपुजा गर्नेहरूले आफ्ना पितृप्रति श्रदा व्यक्त गर्ने दिन हो। आफ्नी आराध्य देवी - कुलदेवी र आफ्नो धर्म एवंम स्वाभिमान बचाएर हाम्रो पुस्तासम्म ल्याउने र वर्तमानसम्म ल्याउने ती सबै पितृप्रति नतमस्तक भइ सम्झना / साधना गर्ने दिन हो,चण्डी चतुर्दशीको दिन।
[६]आलमदेवी माता अर्थात् वेगमाता वेगेश्वरी माता नेपालको पुर्व राजा शाही राजपरिवार र ठकुरी बंशको / जातिको कुलदेवीको रूपमा परिचित हुनुहुन्छ।
तिब्बतबाट स्थापना गरेका / गरिएका खस राज्य , गुगे राज्यका राजखलक र Tsingnu, हुण , गुर्जर - प्रतिहार , गहडवाल , परभार आदिबाट बनेका ३६ राजपुतमध्येका थोरै राजपुत विचको वैवाहिक सम्बन्धबाट नेपालमा नयाँ जातीको विकास भयो - जसलाई ठकुरी भनिन्छ।
अर्थात् :-
डोरबहादुर विष्टको ( Peoples of Nepal ) भनाइ अनुसार:- तनहुँ, स्याङ्जा, पाल्पा लमजुंग तिरका ठकुरीको वंशज मगर हुन् भनेर भनिएको छ। शाह वंशको कुल पुजा स्याङ्जाको आलमदेवीको मन्दिर, गोर्खाको मनाकामाना मन्दिर, तनहुँको ढोरवाराही मन्दिरको इतिहास, गोर्खा राज्यको इतिहास, लिगलिगकोटको इतिहास, शाह वंशका पुर्खाहरु :- खंचा र मिंचा खानका इतिहासहरु ठकुरीको आदि इतिहास हुन् । पृथ्वीनारायण शाहलाई उनका ससुराले लडाई गर्न जाँदा बाहुनलाई अगाडी बढाउदा पातक लाग्छ। मगरलाई अगाडी बढाउदा तान्गन घोडा हो ढिलो हुन्छ। ठकुरीलाई अगाडी बढाउदा सिंह हो ढिलो हुन्छ। खस भनेको तुर्की घोडा हो छिटो हुन्छ। भनेका थिए। उसो त उनको उपदेशमा आ-आफ्नो सेनामा खस, गुरुङ, मगर मात्रै राख्नु भनेका थिए l सदियौ काल देखि प्रकृतिलाइ पुज्दै आएका पनि छन् | जस्तै भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा , गोरखाको मनकामना पूजा,, स्याङ्जाको आलमदेवी पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोलानालाको विपत्तिबाट जोगिनको लागि गरिने पूजा ), श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने हामी ठकुरीहरू प्राकृतिक पूजक होइनौ र ? भुँयरलाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर् लाई नचढाई खानहुन्न भानिन्छ)
ठकुरीका थरहरू सम्पादन:- Eden Vansitart ले ठकुरीहरुको थरलाइ उनको पुस्तक Notes of Nepal मा यसरी प्रस्तुत गरेका छन्। Thakur Clans निम्न अनुसार छन् : बम, बंशी, चन्द, हमाल, मल्ल, शाह शाही,सिंह, सेन, पाल, Sumal, Uchai, Tha Sahi clan' is subDiVided intu the following Birkotia, Dhamar, Galkotia, Gurkhali, Ismali, Kallian, Navakotia, Surajbansi.( Shai, and Sah are one and the same - vide Brain Hodgson.) ठकुरीका थरहरूमा उच्चै, खाँड, चन्द, ज्यु, पाल, बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , राणा , शाही , सिंह ,सेन ,हमाल,
त्यस्तै गरी आलमदेवीलाई कुलदेवी मान्ने राज्यहरू तत्कालीन राज्यहरूमा भिरकोट , सतौंकोट , नुवाकोट , कास्कीकोट , ढोर , लम्जुङ् , र गोरखा थिए । त्यहाँका राजाहरूले हालको आजमगढको बरेली भन्ने ठाउँमा सैनिक तालिम दिनको लागि प्रशिक्षक , बारूद , बनाउन सिकाइने , बन्दुक बनाउने मिस्त्री आदिका लागि १६ - १७ औं सताब्दीतिर मुस्लिम धर्म मान्ने मानिसहरू भित्र्याएको देखिन्छ । उनीहरू सुन्नी मतका थिए । र यिनलाई बरेलीबाट आएको हुँदा बरेली पन्थी पनि भनिन्छ।
मगरहरूको छोटकरी परिचय:-
राना मगरहरू २१ वटा उपथरमा बाँडिएका छन् । त्यसमध्ये मास्की राना, चित्तौरे राना,गरन्च राना,र छगेली राना आलमदेवीसँग संम्बन्धित छन् । तर हाल मन्दिरको वरिपरि मास्की रानाहरू मात्रै छन्।अन्य चित्तौरे राना, गरन्च राना,र छगेली रानाहरू कता बसाइ सरेर गए खोजको बिषय बनेको छ। त्यस्तैगरी मगरहरूमा थापाका २७० वटा उपथर , आलेका ५५ वटा , पुन मगरका ३१ वटा उपथर , राना मगरका २१ वटा उपथर , रोक्का / रोकाया मगरका ६ वटा उपथर र घर्तीहरूका ७ वटा उपथर संकलन गरिएको छ।
हालको आलमदेवीको ठेगाना :-
पहिला गह्रौंकोट राज्यको गह्रौं प. च. ४ लसर्घा थियोे । हाल आएर यसको ठेगाना स्याङ्जा जिल्ला आलमदेवी गाविसबाट पनि परिवर्तन भएर
कालीगण्डकी गाउँपालिका स्याङ्जा वडा नं. - ३ लसर्घा , रहन गएको छ।
आलम देवी माताको मन्दिर:- तीन तिरबाट कालीगण्डकी नदिले घेरिएकी छिन् । भने मन्दिरको वरिपरि वैघा, बिर्घा, कोटाकोट, देउराली ,लसर्घा , सटुका , आदि स्थानले घेरिएकी छिन् । यस भुमिलाई अत्यन्त पबित्र मानिन्छ, कालीकुल र श्रीकुलकी देवी मातृका वर्गकी देवीमाला मन्त्र, बिज, र कर्तरी,मन्त्रद्दारा जागृत देवी हुन:- आलमदेवीमाता,यजुर्वेदको मीमांस दर्शन अन्तर्गतको वैदिक विधीद्दारा मातृकाको रूपमा प्राकाम्य सिद्दी प्राप्त देवी शीतल , हितकारी, सबैको भलो चाहाने / गर्ने देवी, ज्वालाको रूपमा आकाशमा विचरण गर्ने देवीको रूपमा पुजनिय छिन् , आदणिय वेगमाता वेगेश्वरी अर्थात् आलमदेवी अन्त्यमा आलमदेवीमाताले हामी सबैको कल्याण गर्नुहुनेछ । जय आलमदेवी माता। मिन बहादुर थापा, कालीगण्डकी गाउँपालिका स्याङ्जा वडा नं. - ३ बिर्घा, निरामशिल, फोन नं. ९८४१६१८७६३/minthapa567@gmail.comMin thapa (कुरा गर्ने) १४:४०, ३० अक्टोबर २०१७ (युटिसी(UTC))
Min thapa (कुरा गर्ने) ०२:०७, ३१ अक्टोबर २०१७ (युटिसी(UTC))
Reference
1. <BaburamAcharya /> 2. <Rishikesh Shah /> 3. <Hodson /> 4. <PSharma />