वार्तालाप:फुलेक गा.वि.स.

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  फुलेक एक चिनारी नेपालको कोशी अञ्चल अन्तर्गत तेर्थुम जिल्ला भित्र पर्ने फुलेक गबिस भौगोलिक हिसाबले सुगम र दुर्गम दुबइ पर्छ।धरान् धनकुटा हिले सिधुवा हुँदै चित्रे सम्मको यात्रा सहज् नै छ।चित्रे देखी पूर्वपट्ती पर्ने भिरालो भुभाग नै फुलेक हो।फुलेक गबिसको सीमान पूर्व र पूर्वउत्तरमा बसन्तपुर र पूर्वदक्षिण र दक्षिणमा दागापा गबिस अनी पश्चिममा धनकुटा जिल्ला अन्तर्गतको मुर्तिढुङा गबिसको चित्रे बजार पर्दछ।यहाका ९५% मानिस हरू कृषिमा निर्भर छन। यहाँको कुल जन्सन्ख्या ९२६ पुरुष ९८३ महिला जम्मा घर धुरी ३५३ गरी जम्मा १९०९ छ।केही बर्ष अगाडि सम्म यहाँ का मानिस हरूको जिबनस्तर अतन्त्य नाजुक् थियो। तर अहिले आएर यहाँ का मानिस हरू निकै सम्पन्न र जिबनस्तर पनि निकै माथि उठेको छ। खास गरेर यहाँ का मानिस हरूले गाइपालेर र अलैचिखेती गरेर अर्थिक सम्पन्नता लाई माथि उक्साएकाहुन।अहिले १२ बर्ष अगाडिसम्म ५०% भन्दा बढी गरीबिको रेखामुनी थिए भने अहिले आएर ९०% मानिस हरू सम्पन्नताको शिखरमा पुगे का छन।फुलेकका प्रतेक घरका १ वा २ जना पुरुष मानिस हरू बैदेशिक रोज्गारिको लागि मलेसिया,दुबइ,साउदीअरब तथा खाडीका अरुदेश हरूमा काम गरेर बसेका छन।यहा का करिब् ७० जना जती पुरुष र महिला हरू सरकारी सेवामा पनि कार्यरत छन।यहा बाट सबै भन्दा नजीकको बजार बसन्तपुर हो तर भौगोलिक करणले गर्दा बसन्तपुर नजीकै भए पनि बाटो अलिक अफ्ठ्यारो छ।फुलेक बाट बसन्तपुर लाई जोड्ने २ वटा मात्रै बाटहरू छन एउटा बाटो फुलेकको सिरान माथिल्लो भागबाट फुलेक कै चाम्फुला हुँदै चित्रे निस्केर जान्छ भने अर्को बाटो तल्लो भाग बाट फुलेकको १ र २ नो वडा हुँदै मुसाङ्खेल् भएर जान्छ।करिब् २ घण्टाको पैदल हिंडेर मात्रै बसन्तपुर बजार पुगिन्छ।बाटो सिधै उकालो पर्छ। फुलेक गाबिसमा एउटा हाइस्कुल् एउटा निमाबी र दुइवटा प्राबि गरी जम्मा ४ वटा बिद्यालय छन।२०५० साल भन्दा अगाडिसम्म यहाँका मानिस हरूमा महिला हरूले पढ्नुहुन्न भन्ने धारणा थियो।मलाई थाहा भएअनुसार २०५१को एस्.एल.सिमा मात्र यो गाबिस बाट एक्जना इतिहाश मै पाहिलो पटक पास भएको कुरा जानकारी हुन आएको छ।यो गबिसमा आ-आफ्नो थर अनुसार का तथा बस्तीको आधारमा टोलको नामाकरण गरिएको छ। गाबिसको सबैभन्दा तल सुबेदी गाउ,अनी सुतार गाउ,गैरिबारि,गौतम गाउ,डाँडाबारी,धाराबारि ज्यामिरे गाउ,गैरीगाउ,पौडेल गाउ बानिया गाउ कालिमाटी चम्फूला आदि नामाकरन् गरिएको छ।जे होस् यो गाउ सुन्दर शान्त अनी राम्रो छ।अहिले यो गाबिसमा मोटर् बाटो पनि पुगिसकेको छ। चित्रे बाट चम्फूला हुँदै अनी फुलेक ५मा पर्ने हाइस्कुल हुँदै धुङ्रेबास अनी सुबेदी गाउसम्म ट्याक्टर गूड्छ।एकदुइ बर्ष भयो यहाँ का केही धनी बर्गका मान्छे हरू शहर पलायन हुने क्रम पनि बढ्दो छ। (लेखक् एकेन्द्र कार्कि फुलेक्-१ तेर्थुम्)(यो पेज् अधुरो छ सम्पादन् गर्नुहोला).