वार्तालाप:बागलुङ जिल्ला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                         समयको माग नबुझने दिमाग
                                    —अनिल पाण्डे
                              anilmelvin@hotmail.com
                         www.themotherlandnepal.org


समय कति बलवान हुन्छ एकैछिन गम्भीर बन्ने हो भने हामि सबैले महसुस गर्न्स्क्छौ. हामी सबै समयको अधीनमा छौं । यसले चाहँदा हाम्रो जन्म उत्थान प्रगति समृद्धि र प्रगति मात्र होइन पतन वा मृत्यु पनि हुनसक्छ । नेपालको सन्दर्भमा राजादेखि रङ्कसम्म सबै समयको भयानक चपेटामा परिसकेका छन् । तर उनीहरु आजसम्म चेतिरहेका छैनन् । समयलाई बुझेर परिवर्तन हुने शक्तिहरु रबरझैं तन्किएर बाँचिरहेका हुन्छन् भने समय नबुझ्नेहरु एक पछि अर्को गर्दै लठ्ठी भाँचिएझैं भाँचिन्छन् वा पतनको मार्गतिर लाग्छन् । पूर्वराजा ज्ञानेन्द्र किन पूर्व बने भन्ने तथ्य खोज्ने हो भने समयको पहिचान गर्न नसक्नु मुख्य कारण देखापर्दछ । उनले दाजुबाट विरासतमा पाएको राजिसंहासनप्रति सुरुमा जनताको खासै अस्वाभाविक प्रतिकि्रया थिएन । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर नयाँ सरकार गठन गर्दा पनि जनता स्वार्थी नेतालाई ठिक्क पर् योु भनिरहेका थिए । नेताहरुले जनचाहनाअनुसार काम गर्न नसकेको अवस्थामा राजाले चुपलागेर नबस्ने जुन नीति अख्तियार गरे त्यसप्रति जनता सकारात्मक नै थिए । मुलुकमा अब केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आश जनतालाई थियो । तर समयले प्रदान गरेको यो अबसर राजा ज्ञानेन्द्रले पूर्णतः गुमाए । समय कति बलवान हुन्छ एकैछिन गम्भीर बन्ने हो भने सबैले महसुस गर्छन ज्ञानेन्द्रले दूरदर्शी बनेर ब्यापारी राजा होइन साधु राजा बन्न सकेको भए आज को अवस्थ्i आउने थिएन । आज उनले सबैथोक गुमाएका छन् । िसंहासन र नारायणिहंटी मात्र होइन आफ्नै छोरा पारसको सामीप्य पनि गुमेको छ । हिजो समयले साधु बन्न आमन्त्रण गरिरहेका बेला उनले त्यसको माग बुझेनन् समयले जोगी बनाउँदै छ । विवश बाबुसँग झगडा गरेर एक्लो छोरो पारस कहिले विदेशतिर बरालिन्छन् त कहिले काठमाडौंमै पाहुना लागेर बस्छन् । विदेशमा िसंङ्गापुर उनको प्यारो ठाउँ बनेको छ भने काठमाडौंमा बहिनी प्रेरणा तथा राजबहादुरको घर उनको आश्रय स्थल बनेको जानकारीमा आएको छ । तर बाबुआमासंग बस्दा उनी अपमानित महसुस गरिरहेका छन् । ज्ञानेन्द्र परिवारको यो कस्तो विडम्बना ।

सुनिन्छ पारस शाह तत्काल गद्दी छोड्ने मनस्थितिमा थिएनन् । सेना राजनीतिक समर्थक र पुख्र्यौली विशाल सम्पत्तिको उपयोग गर्दै िसंहासन जोगाउनु पथ्र्यो भन्ने सोच उनको रहेको थियो । तर ज्ञानेन्द्रले सजिलै संसद् पुनस्र्थापना गरिदिए । क्रमशः शक्ति छोड्दै अन्ततः एउटा सामान्य पत्रकार सम्मेलन गरेर उनी नारायणहिटीबाट नागार्जुनतिर लागे । पारसको विश्लेषणमा ठिक तरिकाले परिचालन गरेको भए सत्ता जोगिन सक्थ्यो ।

पारस शाहभन्दा बाबु ज्ञानेन्द्र शाहको दृष्टिकोण दूरकालको छ भन्ने कुरामा शंका छैन । अध्ययन र अभ्यासले ज्ञानेन्द्रलाई निकै खारेको छ । सात सालको परिवर्तन अगि नै िसंहासनमा बसिसकेका र बाबु र दाजु महेन्द्र र बीरेन्द्रको कार्यकालमा शाही शक्तिको स्वाद पाइसकेका उनले जीवनमा ऐतिहासिक स्तरको अनुभव सँगालेका छन् । उनको जीवनमा अवसर र चुनौतीको ओइरो लागेको थियो । भाग्यले उनलाई कहिले राजा बनायो भने कहिले रङ्क हुन विवश गरायो । आज रङ्क बनेर पनि उनी भबिष्यबाट पूर्णतः निरास भने भैसकेका छैनन् भन्ने अनुमान उनका निकटबर्ती सूत्रहरुबाट जानकारीमा आएको छ । खासगरी उनी छिमेकी भारतको संसदीय निर्वाचनको प्रतीक्षामा छन् । आज संसदीय संरचनाकै आधारमा भारतमा कांग्रेस आईले शासन गरिरहेको छ भने भोलि जनतापार्टी आउन सक्छ भन्ने उनलाई लागेको छ । भारतमा जनता पार्टी भैदिएको भए आफूलाई सघाउने थियो भन्ने विश्वास उनमा छ । जनता पार्टीका केही नेताहरु नेपालको परिवर्तनको संघारमा काठमाडौं आएर राजाको पक्षमा वकालत गरेको पनि कसैले बिसे्रका छैनन् । आज पनि अटलबिहारी बाजपेयी र लालकृष्ण आडबाणीजस्ता त्यस पार्टीका शीर्ष नेताहरु नेपालमा कुनै पनि स्वरुपको राजतन्त्र कायम रहेको हेर्न चाहन्छन् । उनीहरुले विभिन्न समय र सन्दर्भमा दिएको अभिव्यक्तिमा नेपालको राजतन्त्र यहाँको मौलिक धरोहर भएको र मुलुकको पहिचानका रुपमा कायम राख्नुपर्ने तर्क पाइन्छ ।

पूर्व राजा ज्ञानेन्द्रको आशाअनुसार छिमेकी भारतमा जनता पार्टी आउला वा नआउला आए पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने वातावरण बन्ला वा नबन्ला र नेपाली जनता कुनै पनि प्रकारको राजतन्त्र राख्न तयार होलान् वा नहोलान् यो आफ्नो ठाउँमा छ तर स्वप्नद्रष्टा हुनु प्रगतिको परिचायक हो ।

परिवर्तन र विकासका लागि सपना देख्नु अनिवार्य छ । तर त्यस्तो सपना समय सापेक्ष हुनु पर्छ । समयले नदिएको भाग खोजेर पाइँदैन । पारसलाई समयले िसंहासन नदिएकै हो र भोलि परिस्थिति कस्तो बन्छ आजै केही भन्न सकिन्न । यद्यपि केसम्म भन्नैपर्छ भने हिजो जसले समयको माग बुझेन भोलि पनि बुझ्ला भन्न सकिन्न । नेपालमा राजादेखि नेताहरुसम्म कसैले पनि समयको माग बुझ्न सकिरहेका छैनन् । अमेरिकाको क्यालिफोर्नियाजस्तो नेपालीको ठूलो संख्या रहेको क्षेत्रमा एउटा कन्सुलर कार्यालय खोल्नेजस्तो सामान्य समयको मागलाई त सत्ताधारी नेताहरु पन्छाइ रहन्छन् भने उनीहरुबाट ठूलो अपेक्षा के गर्ने