वार्तालाप:बागेश्वरी मन्दिर, नेपालगन्ज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ॐकार धार्मिक सेवा समितिको योगदान[सम्पादन गर्नुहोस्]

बाँके जिल्लाको नेपालगंज शहरमा अबस्थित बागेश्वरी मन्दिर ५ न.प्रदेशकै मुख्य शक्तिपीठ हो जहाँ नेपाल लगायत भारत उत्तर प्रदेशका धेरै हिन्दु सनातनीहरुको धार्मिक आस्था र बिस्वाश को केन्द्रको रुपमा स्थापित छ ।पौराणिक कथन अनुसार आफ्ना पिता दक्ष प्रजापति को अश्वमेघ यज्ञमा पति भोलेनाथको अपमान सहन नसकी माता सतिले यज्ञ कुण्ड मा हामफाली प्राण त्याग्नु भएपछि भगवान शंकर ले मृत शरीर बोकी पृथिवी भ्रमण गर्ने क्रम मा भगवान बिष्णुको सुदर्शन चक्र द्वारा टुक्रा-टुक्रा गरेपछि यस स्थानमा आइपुग्दा जिब्रो पतन भै उत्पन्न शक्ति पिठ नै बागेश्वरी हो। प्रायजसो दैनिक सयौको संख्यामा दर्शनार्थी आउने तथा चैत्र नवरात्र र आश्विन नवरात्र मा बिसेष मेला नै लाग्ने यस मन्दिरको पूजारी नाथ सम्प्रदायका महन्त हरिहरनाथका अनुसार आज भन्दा ७ बर्ष पहिला अर्थात् १४ औ सताब्धि तिर उनकै बंशज का एक व्यक्ति चेला को रुपमा गुरु संगै तिर्थ जाने क्रममा यस मन्दिर रहेको स्थान मा घना जंगलको बिचमा गुफा र तलाउ रहेको र यहि बास बसेको रातमा गुरुको सपनामा देवीले साक्षत दर्शन दिनु भै यो स्थान मेरो शक्ति पिठ हो मलाई बलिपूजाका साथ यस स्थान मा स्थापित गरेमा यस लोकको कलायण हुनुको साथै तँ र तेरो चेलाको पनि उद्दार होला भनि अन्तर्ध्यान हुनु भाको भोलिपल्ट गुरु द्वारा चेलालाइ सपनाको विस्तार गरि २ जना मिलेर गुफाको माझमा खाडल भेटे त्यो गहिरो खाडल पक्कै देवी स्थान हुनुपर्छ भनेर तिनीहरुले त्यस ठाउँमा मन्दिर बनाउने निधो गरे । दिनमा जंगलका स्याउला र काठपातबाट मन्दिर तयार गर्दथे तर बिहान उठी हेर्दा भत्किएको पाउथे , लगातार छ दिनको प्रयत्न गर्दा पनि प्रत्येक दिन राती मन्दिर भत्किन थाल्यो । छैठौं दिन राती गुरुलाई पु यस ठाउँमा बलिदान नदिकन मन्दिर निर्माण हुन सक्दैन भन्ने ज्ञान प्राप्त भयो । नाथपंथी गिरी गुरु महाराजले माता अम्बेलाई आत्मबली दिएर खुसपार्ने विचार गरे । उनले आफ्नो चेलालाई भने म जीवित समाधि सहित बलिदान दिन्छु त्यसपछि मन्दिर निर्माण गराइ माताको नित्य पूजा अर्चना गरि बस्नु भनि एउटा खाडल खन्न लगाए र त्यस खाडमा बसे । चेलाले गुरु आदेश बमोजिम रुँदै गुरुलाई त्यसमा माटोले पुरिदिए । अर्को दिन चेलाले गाउँलेहरुलाई ल्याई सबैको सहयोगले एउटा माटोको भित्ता र खरको छानो छाई मन्दिर निर्माण गरे । ती गिरी गुरुको जीवित समाधी आजपनि पीपलको बोट नजिक रहेको छ ।