वार्तालाप:भारतका नामहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालीमा के भन्ने ?[सम्पादन गर्नुहोस्]

यो पृष्ठ अनुवादका लागि धन्यवाद दिँदै, यसैसँग सम्बन्धित एक प्रस्ताव सबै मीत्रहरू सँग राख्न चाहान्छु । नेपालका कतिपय गलत प्रचलन समयानुकुल बनाउँन नयाँ पुस्ताले प्रयत्न गर्नु अावश्यक छ । जस अनुरुप इन्डियाको लागि नेपालमा प्रयोग गर्ने सही शब्द के हुनसक्छ भन्नेमा दुइ विकल्प यहँ राख्न चहाँन्छु ।
पहिलो बिकल्पः इन्डिया
नेपालमा जे चलन चल्दै अाएतापनि इन्डियालाइ अन्तराष्ट्र्रिय स्तरमा सारा संसारले इन्डिया भन्छ । यसै पनि नाम सबै भाषामा एकै हुँन्छ,जसरी शीव लाइ सबै भाषमा शीव नै भने जस्तै इन्डियालाइ पनि नेपालमा एक शब्द अनि अमेरिका,जापान,स्पेन या अरू देशसँग व्यवाहार गर्दा चाँही अर्को शब्द प्रयोग गर्दा हुँने विषमता र जटीलतालाइ अन्त गर्न पनि इन्डिया नै घरमा र बाहीर प्रयोग गर्नु व्यवहारीक हीसाबले सही हुँन्छ । त्यस्तै अान्तरिक रुपमा इन्डियाभीत्र जे भनेपनि इन्डिया भन्दा अलग देश सबैले प्रयोग गर्ने शब्द इन्डिया नै एक अलग देश नेपालमा पनि प्रयोग गर्नु उचित हुँन्छ। इन्डिया स्वयमले पनि खेलका खेलाडी वा अन्य अन्तराष्ट्रीय सभा सम्मलेनमा देश बाहीर जाँदा इन्डिया कै प्रयोग गरेकोले,नेपाल पनि इन्डिया बाहिरको देश भएकोले इन्डिया प्रयोग गर्नु नै उपयुक्त हुँन्छ । सिन्धुबाट इन्दु हुँदै इन्डी मा अाइपुगेकोले एतीहाँसीकताको साथै इन्डियामा बोलिने मुख्य भाषा हिन्दी र इन्डि अनुप्रास पनि मिल्ने हुँदा हाम्रो महान छीमेकीको इतीहाँस र त्यहाँको मुख्य भाषासँग सामीप्यता भएको शब्द इन्डिया नै हामीले पनि प्रयोग गर्नु उत्तम हुन्छ ।
दोश्रो बिकल्पः हिन्दुस्तान
इतिहाँसीक पृष्ठभुमि,भाषा सँग मिल्दो र अन्तराष्ट्रिय प्रयोगको हिसाबले इन्डिया नै सर्वोत्तम विकल्प हो । तथापी यस्को दोश्रो विकल्प चाहीएमा चाँही हिन्दुस्तान अर्को दरिलो नाम हो । संसारमा सबैभन्दा धेरै हिन्दुहरु भएको देश हुँनुको साथै त्यहाँ बोलिने भाषा हिन्दिसँग समेत नजिक भएकोले यो पनि ठिक शब्द नै हुँन्छ । तर यी सबै उपयुक्तताको बावजुत लामो समय अंग्रेजी उपनिवेशको पीडा खेपेको हाम्रो छीमेकीलाइ विभाजीत गर्न उपवनिवेशबादीहरुले चन्द्रमा पुगिसकेको इन्डियलाइ विभन्न विवादमा उल्झाएर यस्को प्रगतीमा बाधा हाल्न खोज्दैछन । त्यसैले न हिन्दि सँग मील्ने न अधिकांस हिन्दुहरुको वासस्थानको सन्दर्भ अाउँने भारत शब्दलाइ अगाडी ल्याएर, बंगलादेशको बंगाली,नेपालको नेपाली भए जस्तै हिन्दुस्तानको हिन्दी हुँन नदिन विश्व शक्तिका ठेकेदारहरुले यो शब्दमाथि पनि षडयन्त्र गरिरहेको देखिन्छ । एकातिर हाल पाकिस्तानमा परेको सिन्धु बाट इन्दु हुँदै बनेको इन्डिया शब्द रहन नदिइ सीन्ध क्षेत्रलाइ इन्डियाबाट अलग राखेर यस्को साँस्कृतीक वीरासत मेटाइदीने । अनि अर्कोतिर देशको मुख्य भाषा हिन्दिसँग निकट हिन्दुस्तान लाइ पनि रहन नदिइ, हिन्दिसँग कुैन छेउ टुप्पो निमल्ने नाम लाइ प्रचलीत शब्द भन्दै भए नभएका फुलबुट्टा जोडेर अगाडी ल्याइ इन्डियालाइ विवादीत पार्ने प्रयासलाइ चीर्दै सही शब्दको प्रयोग गरी एक असल छीमेकी नेपालले गुन लगाउनु पर्दछ । NeelAbodh (कुरा गर्नुहोस्) २०:३२, ७ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]