वार्तालाप:हरितालिका ब्रत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरितालिका ब्रत सफलताको सम्पूर्ण नारीहरुमा शुभकामना ।

हरण / हरत +आलिका = हरतालिका अर्थात् पिता गिरिराज द्वारा पार्वतीको विवाह भगवान बिष्णुसंग गरिदिन लागेको कुरा पार्वतीले थाहा पाएपछि पार्वती विक्षिप्त अबस्थामा रहेको उनकी साथी आलिकाले देखेपछि उनले पार्वतीलाइ सोधिछन " पार्वती आज तिमी किन यति धेरै निराश ? तिमी यतिधेरै दुखि हुनुपर्ने के कारण भयो ? पार्वतीले आलिका लाइ भनिछन " मेरो विवाह भगवान बिष्णुसंग हुनलागेको छ । मेरा पिताजीले नारदसंग बचन दिनु भएको छ तर मैले भगवान शिबलाइ मनबाट नै बरण गरिसकेकी छु , अब म कसरी बिष्णुसंग विवाह गर्न सक्छु ? मसंग मर्नु भन्दा अर्को विकल्प छैन । यो कुरा सुने पछि आलिकाले पार्वतीलाइ भनिछन- " हे पर्बतो तिमीले मर्नु पनि पर्दैन र बिष्णुसंग विवाह गर्नु पनि पर्दैन हिड़ मसंग, म तिमीलाई कसैले नदेख्ने ठाउमा लैजान्छु । आलिकाले पार्वतीमाथि आइपरेको संकटबाट मुक्त गराउन उनका पिता गिरिराजले नदेख्ने ठाउमा पार्वतीलाइ हरण गरेर लागेकी थिन । पार्वतीले त्यहि स्थानमा निराहार ब्रत बसेकी थिन । उनको ब्रतबाट भगवान शिव प्रभावित भै उनलाई पत्नीकोरुपमा स्वीकार गरेको दिन भाद्र शुक्ल तृतीयका दिनलाई नेपाली मष्ट धर्म र भारतीय हिन्दु धर्म अबलम्बि महिलाहरुले आफ्नो इच्छा पुरा गर्न निराहार, निर्जल ब्रत बस्ने गर्दछन । त्यसैले भाद्र शुक्ल तृतीयका दिन पति नहुने नारीले असल पति प्राप्तिका लागि र पति हुनेहरुले पतिको सुस्वास्थ, दिर्घायुको लागि पानी एबम अन्न समेत नखाई बस्ने ब्रत लाइ हरितालिका ब्रत भनिन्छ ।