विकिपिडिया:खुला तथ्याङ्क दिवस २०१३ नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुला तथ्याङ्क दिवस २०१३ नेपाल Open Data Day 2013 Nepal



खुला तथ्याङ्क दिवस २०१३ नेपाल | कार्यक्रम | समाचार तथा प्रेस सामग्री


Open Data Day 2013, Nepal | Programs | For Media


गएको महिना फेब्रुरीमा सारा विश्वभरि १०० भन्दा धेरै सहरमा अन्तराष्ट्रिय खुला डाटा दिवस मनाइयो, नेपालमा पनि पहिलो पटक मोजिल्ला, विश्व बैंक र वाईआइपिएलले विकिमेडिया नेपाल, फ्रीडम फोरम, एन.जी.ओ माहासंघ नेपाल, इन्जिनरिंग संसस्थान, काठमाण्डौ विश्वबिधालय, एडइनफो, ओसाक्, फोस नेपाल लगायतको सहआयोजनामा फेब्रुरी २३ तारिकमा आयोजना भएको थियो। उक्त कार्यक्रममा ह्याकथुन, मापाथुन, प्रस्तुती, एडीटाथुन, मोजिल्लाको खुला कार्यक्रम, खुला स्टल लगायतका कार्यक्रम भएको थियो ।

प्रस्तुतीकरण
कार्यक्रमको सुरुवात खुला डाटा भएको के?, खुला डाटा दिवस किन? किन खुला डाटा, किन सारा संसार खुला डाटा तिर अग्रसर हुदैछ, यसले हाम्रो नेपाललाई कस्तो फाइदा एवं फरक पुराउछ भन्ने किसिमको प्रस्तुतीबाट भएको थियो । त्यसपछीको प्रस्तुती ओंपन डीआरआइको तर्फबाट ओंपन स्ट्रीटमेप भनेको के? नेपालमा के कस्तो काम भैरहेको छ र यसले के फरक पर्छ भन्ने कुरा खुलाउनु भयो । त्यसपछीको विकि मेडिया नेपालको थियो ।

ह्याकाथुन
विभिन्न ठाउबाट आएका डेवलपर, डिजाइनर, तथ्यांकसास्त्री, डाटा बिशेषज्ञ, एनालिस्टहरू एकै ठाउमाबसी खुला डाटा प्रयोगगरि केहि एपलीकेसन तथा प्रोडक्ट बनाउन काम गरे । निरन्तरको मेहनतपछि उक्त प्रोटोटाइप निर्णायक टोलिलाई बुझाए । ८ वटा सहभागी टोलीमा “पेट्रोलियम प्रोडक्ट” (नेपाल आयल निगम र भारतीय आयल निगम बिच तुलना गर्नमिल्छ) विजय भयो, साथमा रनरअपमा “ओबजेट” र “ओपन डाटा सोसल”ले जित्यो, बिजेतामा पहिलो हुनेले १०,००० एंड रनरअपले ५,०००/५,००० पाए ।

मापाथुन
विश्व बैंकको ओपन डीआरआइ नेपालले ओंपन स्ट्रीटमेपमा काठमान्डौको नक्सा जम्मा गरेर, त्यसलाई परिवर्तन गरेर, त्यसलाई डीजीटाइज गरेर खुला डाटा दिवस मनायो, ५३ जना मेपरको सहयोगमा उक्त काम भएको थियो र त्यो दिन नेपाल नक्सामा काम हुनेमा विश्वको १० औ स्थानमा पुगेको थियो ।

विकि ईडिताथुन
विकि मेडियानेपालले कार्यक्रममा आएका सहभागीहरूलाई विकिमा कसरि काम गर्ने भनेर प्रस्तुती एवं स्टल रखेर बुझाएको थियो ।

मोजिल्ला दक्षिण एसिया मिट-अप
कार्यक्रम एकदमै रमाइलो एवं आशावान थियो किनभने त्यो कार्यक्रममा १७ जना विभिन्न देशबाट आएका मोजिल्लाको स्थानीय कमिटिका नेतृत्व थिए । कार्यक्रमको सुरुवात मोजिल्ला नेपालको परिचयबाट भयो, अनि फायरफक्स ओएसको सिमुलेटरमा प्रतिपादन समेत गरियो । कार्यक्रममा फायरफक्स ओएसको तथा अन्य प्रोडक्टको स्थानीयकरणको बारेमा चर्चा भयो । अन्य मोजिल्ला प्रतिनिधिहरूले मोजिल्लाका प्रोडक्टहरू जस्तै वेब मेकर, एक्स-रे गजलक्स, पपकर्न मेकरको बारेमा सहभागी माझ चर्चा गरे । कार्यक्रम पछी सहभागीहरूको भिड फायरफक्स मोबाइल हेर्न र प्रतिनिधिहरू संग ब्यस्त देखिन्थ्यो ।

यी बाहेक उक्त ठाउमा खुला डाटा संग सम्बन्धि संघसंस्था, अध्यन संस्था, सरकारी कार्यालयको १० जाती स्टलहरू थिए । कार्यक्रममा लगभग ४०० जनाको सहभागित रहेको थियो ।



Click here for Free Registration निःशुल्क सहभागिताका लागि यहाँ नाम लेख्नुहोस् (Note: Registration is not compulsory but it may help us to plan)


मितिः २०६९ फागुन १२ गते शनिबार

स्थानः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर

समयः विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म



सह-आयोजक (Co-Organizers):[सम्पादन गर्नुहोस्]

  • OSAC

प्रायोजक (Sponsor):[सम्पादन गर्नुहोस्]

  • Aidinfo


Program Details:

Venue: Local Development Training Academy, Jawalakhel, Lalitpur

Date: February 23, 2013 (Saturday)

Time: 10:30 AM - 5:00 Pm


We cordially invite you to be part of this event, learn more on Open Data and share your valuable views. The event is free for anyone to participate and you can join us any time during the event as per your convenience. Please feel free to forward it to your colleagues and friends as well. Thanks for your valuable support and cooperation !