विकिपिडिया:चिया घर/अभिलेख १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया के हो?[सम्पादन गर्नुहोस्]

विकिपिडिया एउटा मुक्त ज्ञानकोष हो जो संसारभरिका ती लाखौं योगदानकर्ताहरूद्वारा लेखिन्छ, जो ज्ञान बाँड्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन् । विकिपिडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरूको अथक प्रयास एवं ज्ञान निहित छ । यस समय अङ्ग्रेजी विकिपिडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाख भन्दा पनि अधिक लेखहरू छन् । विकिपिडिया परियोजनाहरू ५ नेपाली भाषाहरू सहित २९१ भन्दा पनि अधिक विश्व भाषाहरूमा चलिरहेछन् । विकिपिडियामा सबै लेखहरू स्वयंसेवकहरूद्वारा ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरूको परिणाम हो।


म मेरो संखुवासभाको बारेमा केही जानकारी थप्न चाहान्छु तर मैले थपे पनि संग्रह मा थिच्दा हुदैन किन होला ? plzz जवाफ दिनुहोला ?

सन्दर्भ

कस्को लागि ?[सम्पादन गर्नुहोस्]

यो हामी सबैको लागि हो । यो विश्वब्याप्त छ । सबैको साझा हो ।

विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४ मा विकसित गरिएको थियो। तब उनले विकिविकिवेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन www.c२.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाव दिएका थिए । उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२को बारेमा बताएका थिए । विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ ।

सामान्यत अन्तर्जालमा कुनै पनि वेबसाईटमा कुनै पनि कुराको जानकारी दिन अथवा सुरक्षित राख्न वेबसाईटका मालिकसित अनुमति लिनुपर्छ तर विकि एउटा यस्तो सफ्टवेयर हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै प्रविधी ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरू जोडने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ । किन भनें कुनै विकि सफ्टवेयरमा सूचना सामाग्री दिनु अत्यन्त सजिलो छ जसको कारण यो सहयोगात्मक सम्लेखनकोलागि एक सर्वोत्तम उपकरण हो ।

के विकि र विकिपिडिया एउटै हो?[सम्पादन गर्नुहोस्]

विकि र विकिपिडिया एउटै संस्था अथवा नाम होइन, विकि सफ्टवेयर सहयोगात्मक सम्लेखनकोलागि एक सर्वोत्तम उपकरण हो भनें विकिपिडिया एउटा मुक्त ज्ञानकोष हो, विकिपिडियामा सूचना सामाग्री जोड्न अथवा हटाउनको लागि विकिको प्रयोग गर्दछ । विकिपिडिया केवल ती वेबसाइट्सहरूमा एउटा सबैभन्दा अधिक प्रसिद्ध एवं विशाल वेबसाईट हो जसले विकि सफ्टवेयरको प्रयोग गर्दछ यस कारण धेरै मानिसहरू यो मान्छन् कि विकि र विकिपिडिया दुवै एउटै हुन् तर यो सत्य होइन ।

विकिपिडियाको इतिहास बारे भन्नुहोस् न ।[सम्पादन गर्नुहोस्]

विकिपिडिया इन्टरनेटमा आधारित एउटा मुक्त ज्ञानकोष परियोजना हो । यो विकिको रूपमा छ, अथवा एउता यस्तो जाल पृष्ठ जो सबैलाई यसको सम्पादन छुट दिन्छ । विकिपिडिया शब्द विकि र इनसाइक्लोपीडिया (ज्ञानकोष) शब्दहरूलाई मिलाएर बनाइएको हो । विकिपिडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरूको सहकारले निर्मित भएकोछ, जो पनि इन्टरनेटमा उसले विकिपिडियामा लेख्न सक्छ र लेखहरूलाई सम्पादन गर्न सक्छ। विकिपिडियाका मुख्य सर्भर टैम्पा, फ्लोरीडामा छन्, अतिरिक्त सर्भर एम्सटर्डम र सियोलमा छन् ।

निपुण मानिसहरूद्वारा बनाइएका ज्ञानकोष न्यूपीडियाको पूरकको रूपमा २९ जनवरी, २००१मा यसको आरम्भ भएको हो। अहिले यो विकिमीडिया फाउन्डेशनद्वारा सञ्चालित छ जो एक गैर-लाभकारी संस्था हो। २००६को मध्यमा यसमा ४६ लाखभन्दा पनि अधिक लेखहरू थिए, मात्र अङ्ग्रेजी भाषामा १२ लाखभन्दा पनि अधिक। अहिले यो २०० भन्दा भाषाहरूमा छ, जसमध्ये १५ भाषाहरूमा ५० हजार भन्दा बडि लेखहरू छन्। जर्मन भाषाको विकिपिडियालाई डीवीडीमा पनि वितरित गरिएकोछ। विकिपिडियाका संस्थापक जिमी वेल्सको शव्दमा यो विश्वका प्रत्येक व्यक्तिकोलागि, उनीहरूको आफ्नो भाषामा एउटा बहुभाषीय, मुक्त, सबभन्दा अधिक गुणवत्ता भएको विश्वकोश बनाउने र वितरित गर्ने एउटा प्रयत्न हो।