विकिपिडिया:महिला सम्पादनथन २०७६
Jump to navigation
Jump to search
महिला सम्पादनथन २०७६ | |
---|---|
![]() महिला सम्पादनथनको लोगो | |
शैली | थन प्रतियोगिता |
आरम्भ | २५ फागुन २०७६ |
समाप्ति | २५ चैत २०७६ |
संयोजक | हिमाल सुबेदी पर्वत सुबेदी |
उद्घाटन | २०७१ (महिला सम्पादनथन) |
पछिल्लो संस्करण | महिला सम्पादनथन २०७५ |
सहभागीहरू | विश्वभरका विभिन्न भाषीहरू |
आयोजक | पर्वत सुबेदी हिमाल सुबेदी |
संरक्षक | निर्मल दुलाल नवीन सापकोटा |
महिला सम्पादनथन २०७६ वा विकी महिला सम्पादनथन २०७६ विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा समर्पित सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरूले स्वतन्त्रतापूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजित नारी सम्मानमा समर्पित चौथो महिला सम्पादनथन प्रतियोगिताता हो। यस अघि पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले यस कार्यक्रमको आयोजना गरेको थियो।
संयोजन समूह[सम्पादन गर्ने]
उद्देश्य[सम्पादन गर्ने]
- नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
- नेपाली विकिपिडियामा महिला सम्बन्धी लेखहरू वृद्धि गर्नु,
- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
- ज्ञान अभिवृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु।
कसरी सहभागी हुने[सम्पादन गर्ने]
- सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस्
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस वा पहिला नै खाता खोलिसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस्।
विकी महिला सम्पादाथनमा के गरिन्छ?[सम्पादन गर्ने]
- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका[सम्पादन गर्ने]
- २५ फागुन २०७६ - २५ चैत, २०७६ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपिडियाका विभिन्न लेखहरूमा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
- प्रतियोगिता अवधि भर (२५ फागुन २०७६ - २५ चैत, १०७६)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन्।
- लेख निर्माण गर्दा लेखमा ज्ञानबाकस, स्रोत सामग्री र बाह्य सूत्रहरू राख्नुका साथै लेखमा कम्तीमा ३०० शब्द हुनु अनिवार्य छ। अझ बढी जानकारीको लागि नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला।
- कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ।
- यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यहरूले जाँच गरी तथ्याङ्कमा जोड्नेछन्।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।
विजेताहरू[सम्पादन गर्ने]
जानकारीका लागि[सम्पादन गर्ने]
![]() |
![]() |
![]() |
![]() |