विकिपिडिया:विकिमेनिया २०१७ प्रतिवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Center

सन् २०१७ को विकिमेनिया क्यानडाको मन्टरियलमा सम्पन्न भयो। अगस्टको ९ देखि १४ तारिखसम्म चलेको उक्त विश्व सम्मेलनमा विश्वभरका विकिपिडियनहरू सहभागी थिए। नेपाली भाषाको विकिपिडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मेफनमा मैले भाग लिने मौका पाएको थिएँ। बिगतका बर्षहरूमा जस्तै यो सम्मेलन पनि अत्यन्तै उपलब्धि मुलक रह्यो। त्यहि सम्मेलनमा आफूले सिकेका नयाँ कुराहरू सबैलाई साझेदारी गर्न मैले यो पृष्ठ तयार पारेको हुँ। विकिमेनिया सम्मेलन पूर्वका कार्यक्रमहरू मध्ये मैले विकिसम्मेलन अमेरिका अन्तर्गतका कार्यक्रमहरूमा भाग लिएँ। अगस्ट ११ देखि औपचारिक सम्मेलन सुरु भएको थियो। सम्मेलनमा भएका कार्यक्रमहरू मध्ये मैले भाग लिएका केही उपलब्धिमुलक वार्तालाप, भेटघाट तथा प्रस्तुतिहरू यसप्रकार छन्:

अगस्ट ९[सम्पादन गर्नुहोस्]

पहिलो दिन क्युबेक प्रोभिन्सको राष्ट्रिय पुस्तकालय तथा अभिलेखालयले (BANQ) आयोजना गरेको स्क्यानाथनमा सहभागी भएँ। उक्त कार्यक्रम पश्चात नेपालमा पनि विकिमिडियनहरूले राष्ट्रिय पुस्तकालय, सङ्ग्राहलय र अभिलेखालयसँग सहकार्य गरी इतिहाससम्बन्धि विभिन्न सामग्रीहरू कमन्समा थप्न सक्ने सम्भावना रहेको महशुस भएको छ। सोही दिनमा भएको फोटो ड्राइभका लागि विभिन्न स्थानमा पुगेर तस्वीर सङ्कलन गरियो।

अगस्ट १०[सम्पादन गर्नुहोस्]

पोडकास्ट कसरी गर्ने भन्ने बारेमा तयार पारिएको सामग्री

प्रविधिको विकाससँगै मानिसहरूले सूचना प्राप्त गर्ने माध्यमहरू पनि परिवर्तन भइरहेका छन्। यही क्रममा अाजभोलिका युवापुस्ता तथा वयस्कहरूले पोडकास्ट सुन्ने गरेको पाइन्छ। यो सामग्रीका प्रस्तोताले एउटा सामान्य कम्प्युटरको प्रयोग गरेर पोडकास्ट कार्यक्रम तयार पार्ने र प्रकासित गर्ने तरिकाको बारेमा दिएको प्रस्तुति निकै प्रभावकारी लाग्यो।

मुख्र्य सम्मेलन[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा हाल पनि विकिडेटामा लिङ्क नगरिएका धेरै लेखहरू भएका हुनाले डुप्लिसिटी नामको यो डेटा टुल प्रयोग गर्नको लागि मैले एउटा भिडियो तयार पारेँ। यो टुलको प्रयोग गरेर नेपाली विकिपिडियामा भएका लेखहरू विकिडेटामा लिङ्क नभएका भए सजिलै पत्ता लगाएर लिङ्क पनि गर्न सकिन्छ। त्यस्तै नेपालमा पनि विकिपिडियन इन रेजिडेन्टको सम्भावना छ र कोही इच्छुक भएमा म पनि सहयोग गर्न सक्छु। भारतीय विकिमेडिन मुजामिल्लुद्दिनले काठमाडाैं विश्वविद्यालयमा एजुकेसन प्राेग्रामकाे सम्भावना देखेका रहेछन्। मैले उनलाई सक्दाे सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गरें।