विकिपिडिया:साथीहरूको समीक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अशोक थापा र नाटक-रुचि

नाटक विधामा रुचि राख्‍ने थापाले नाटक सिर्जना, समीक्षा, रङ्गमञ्‍चमा रुचि राखेका छन् । त्यसैले उनले विद्यावारिधि (पीएच्. डी) को शीर्षक पनि 'अाधुनिक नेपाली नाटकमा विसङ्गतिबोध' छनोट गरेको हुनुपर्छ । उनले नाटकमा अभिनय पनि गरेका छन् । उनले पहिलो अभिनय गरेको नाटक 'मुसल पर्व' (२०६३) हो । यो नाटक गणेश गौतमको लेखन तथा निर्देशन प्रदर्शन भएको थियो । त्यसपछि उनले २०७४ सालमा पुरु लम्सालद्वारा लेखिएको तथा निर्देशन गरिएको 'पानीघट्ट'मा पनि अभिनय गरे । यो नाटक भारतको कोलकत्तामा पनि प्रदर्शन भएको थियो । त्यसपछि लम्सालकै नाटक 'नौगेडी' मा पनि उनले अभिनय गरेका छन् । यो नाटक भूमिज अन्गर्राष्‍ट्रिय नाटक महोत्सव बङ्गलादेशमा पनि प्रदर्शन गरिएको छ । थापाले यही हो युग, पुस्तान्तर जस्ता नाटक पनि लेखेका छन् । विशेष गरी नाटक र रङ्गमञ्चमा सांस्कृतिक कुराहरूलाई स्थान दिनुपर्छ भन्ने थापाको धारणा रहेको छ । जगदम्बा बृहत् साहित्यको इतिहासमा थापाले माध्यमिक कालीन नेपाली नाटकका विषयमा गहिरो अनुसन्धान गरेका छन् भने प्रदेश न. ४ को प्रदर्शनकारी कलाका विषयमा पनि अनुसन्धान गरेका छन् । थापा नाटक र रङ्गमञ्च विषयको 'रङ्गदृष्‍टि' नामक अनुसन्धानमूलक प्रकाशनका सम्पादन पनि हुन् ।