विकिपिडिया:स्वशिक्षा/पंजीकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख्नुहोस्   पंजीकरण   जाँदा जाँदै

विकिपीडियामा तपाईंले एक विकिनाम छानेर दर्ता गर्नु अनिवार्य छैन र तपाईं यो बिना पनि लेखहरूमा आफ्नो योगदान दिन सक्नुहुन्छ । तर पनि खाता बनाउनुका धेरै फाइदाहरू छन्:

  • तपाईं नयाँ लेख सृजना गर्न पाउनुहुनेछ।
  • आफ्नो खाता खोलेपछि तपाईंलाई धेरै सुविधाहरू मिल्नेछन्, जस्तै कि सम्पादन भएका लेखकहरू स्थानान्तरण या नाम परिवर्तन गर्ने अनुमति र विकिपीडियालाई आफ्नो मनपरे अनुसारको रूप-रंगमा हेर्ने सुबिधा । तपाईं एक निगरानी सूची पनि बनाउन सक्नुहुन्छ र त्यसमा दर्ता भएका कुनै पनि लेखमा कुनै पनि परिवर्तन भएमा तपाईंलाई तुरून्त थाहा हुनेछ ।
  • दर्ता नभएका योगदानकर्ताहरूलाई उनीहरूको कम्प्यूटरको आई॰पी॰ (IP) ठेगानाको माध्यमबाट चिनिन्छ । जब तिनीहरूले विकिपीडियाका कुनै लेखमा या कुनै वार्ता या सम्वाद पृष्ठमा केहि परिवर्तन गरे भने यही ठेगाना त्यस पृष्ठहरूका इतिहासमा संधैका लागि दर्ता हुन्छ र विश्वमा कुनै पनि व्याक्तीद्वारा दृष्टिगत हुनसक्दछ । विकिनाम प्रयोग गर्नाले तपाईंको ठेगाना सबैको सामुबाट गुप्तरूपमा रहन्छ र आफ्नो गोपनीयता जोगाएर राख्नको लागि यो एक धेरै उपयोगी साधन हो ।
  • जब तपाईं अन्य सदस्यहरूसँग बातचित गर्नुहुन्छ तब तपाईंको विकिनाम नै सम्झना राख्न सक्दछन् । कु‍नै पनि आई॰पी॰ ठेगाना सम्झना राख्न कठिन हुन्छ । यसैले यदि तपाईं धेरै वार्ताहरूमा भाग लिइरहनुहोस् र लेखहरूमा योगदान दिईरहनुहोस्, राम्रो छवि बनाएर आफ्नो विकिनामका माध्यमले आफ्नो चिनारी बनाउन सक्नुहनेछ । यदाकदा सदस्यहरूलाई कुनै दर्ता गरिएका सदस्यहरूले दिएको योगदान र सुझावहरूमा धेरै विश्वास गरिन्छ ।
  • केही पृष्ठहरूमा यो रोक पनि लगाइएको हुन्छ कि केवल दर्ता गरिएका सदस्य नै उक्त लेखहरूमा परिवर्तन गर्न सक्दछन्। सबै दर्ता सदस्यहरूलाई जसको खाता खोलेको कम्तिमा चार दिन भएको छ भने वा जसले कम्तिमा दस सम्पादन गरेको छ भने , स्वत: स्थापित सदस्यको रूपमा चिनिन्छ ।
  • विकिपीडियामा वरिष्ठ सदस्य, प्रवन्धक, प्रकोप नियन्त्रक, आदि बन्न लागि पनि खाता खोल्न आवश्यक हुन्छ।

यदि तपाईं खाता खोल्दै हुनुहुन्छ भने कृपया यस्तो विकिनाम र पासवर्ड छान्नुहोस् जुन तपाईंले भुल्नु हुने छैन। तपाईं भूल्न सक्नुहुन्छ भने खाता खोल्ने समयमा आफ्नो ईमेल ठेगाना पनि दिनुहोस् । यसले गर्दा तपाईले भूल्नु भएको विकिनाम र पासवर्ड इमेलमर्फत प्राप्त गर्नमा सहयोग गर्दछ । चिन्ता नगर्नुहोस् , तपाईंको ईमेल ठेगाना कुनै अन्य सदस्य या पाठकहरूले देख्न पाउने छैनन् ।


खाता कसरी खोल्ने ?

खाता खोल्नको लागि यहीं माथिको बाकसमा या कुनै पनि पृष्ठहरूका माथिको दायाँ तर्फ उपस्थित प्रवेश गर्ने / नया खाता खोल्ने भन्ने लिङ्कमा क्लिक गर्नुहोस्।

एक पल्ट कुनै विकिनामका साथ दर्ता भइसके पछि यो नाम सजिलैसित बदल्न सकिंदैन, यसैले आफ्नो निम्ति कुनै राम्रो नाम छान्नुहोस् । कुनै यस्तो नाम न रोज्नुहोस् जसको कारणबाट अन्य सदस्यहरूलाई भ्रम हुनसक्छ , जस्तै "विकिपीडिया महाप्रवन्धक"। यस्तो नाम पनि न रोज्नुहोस् जुन कुनै अन्य सक्रिय प्रयोगकर्तासँग पनि धेरै मिल्ने नहोस् कि मानिसहरूलाई तपाईं त्यही व्यक्ति हो कि होइन भनेर भ्रम नपरोस्।

स्वशिक्षा समाप्त भयो, तर जाँदा-जाँदै अझ यो पनि हेर्नुहोस्