विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ
परिचय | सम्पादन | रूपरंग | विकिपिडिया जोड | सन्दर्भ र स्रोत | वार्तालाप पृष्ठ | ध्यान राख्नुहोस् | पंजीकरण | जाँदा जाँदै |
वार्तालाप पृष्ठ विकिपिडियाको एउटा धेरै नै महत्वपूर्ण अंग हो र लेखकहरूले आपसमा बातचीत, राय व्यक्त गर्ने मञ्च हो। यहाँ विकी प्रयोगकर्ताहरू आपसको मतभेद पनि यसैको माध्यमले सुल्झाउने गर्दछन्। याद राख्नुहोस् यो गपशप गर्ने, उपदेश र भाषण दिने, आपसमा लडाई लड्ने र विषयमा यता र उता सम्बन्धित बातचीत गर्ने मञ्च होइन।
यदि कुनै लेखका बारेमा तपाईंलाई कुनै प्रश्न, चिन्ता, आपत्ति या सुझाव छ, भने त्यसलाई लेखका वार्तालाप पृष्टहरूमा हाल्नुहोस्, स्वयं लेखमा होइन। यसका लागि लेखका माथि "वार्तालाप"का ट्याबहरूमा थिच्नुपर्छ। यदि वार्तालापको जोड (लिंक) रातो रंगमा छ भने यसको मतलब हुन्छ वार्तालाप पृष्ठ अहिले खाली छ। यो कुनै चिन्ताको विषय होइन -त्यहाँ क्लिक गरेर नयाँ पृष्ठ आरम्भ गर्नुहोस्।
यदि वार्तालाप पृष्ठमा पहिलेदेखि कसैले केही लेखेको भए जसको जवाब तपाईं दिनु हुँदैछ, भने कथनको तल आफ्ना कुरा लेख्नुहोस्। पढ्नमा सजिलो बनाउन आफ्नो लेखाईलाई "इंडेंट" गर्ने (अथवा अलिकति दाहिने पटि राख्नुहोस्) - यो ":" (दुइ बिंदु या कोलन)का प्रयोगबाट सजिलैसित गरिन्छ र यो तल बुझाइनेछ। यदि तपाईंले कसैको प्रतिक्रियाको उत्तर दिनुभएको होइन भने वार्तालाप पृष्ठमा माथि "विषय जोडनुहोस्"को ट्याब क्लिक गरेर नयाँ विषय आरम्भ गर्नसक्नुहुन्छ, जो सीधा वार्ता पृष्ठहरूका अन्तबाट शुरू हुनेछ।
जहिले पनि तपाईं सम्वाद पृष्ठमा केहि लेख्नुहुन्छ भने सधैं आफ्नो कथनका पछि ~~~~ लेख्नुहोस् (अथवा एक-साथ चारपल्ट ~ को चिन्ह)। यस बाट तपाईंको विकिनाम र लेखाईको समय तपाईंको कथन पछि एक हस्ताक्षर बन्नेछ। यदि तपाईं पंजीकृत प्रयोगकर्ता हुनुहुन्न भने वा तपाईंले लग-इन (login) गर्नुभएको छैन भने तपाईंको नामको सट्टा तपाईंको आई॰पी॰ (IP)ठेगाना लेखिनेछ। याद राख्नुहोस् तपाईं हस्ताक्षर गर्नुहोस् वा नगर्नुहोस्, कुनै पनि विकिपिडियाका पन्नाहरूमा परिवर्तन तपाईंको कम्प्यूटरको आई॰पी॰ ठेगाना त्यस पन्नाहरूका इतिहासमा दर्ता हुन्छ नै र त्यसलाई विश्वमा कसैले पनि हेर्न सक्दछ। यदि तपाईं आई॰पी॰ ठेगाना नदेखियोस् भन्ने चाहनुहुन्छ भने पञ्जिकृत प्रयोगकर्ता बनेर एक मनपर्दो विकिनाम चुन्नुहोस्। यो निःशुल्क छ।
प्रयोगकर्ता वार्तापृष्ठ
विकिपिडियामा प्रत्यत दर्ता भएका प्रयोगकर्ताको एक वार्तापृष्ठ हुन्छ जहाँ अन्य प्रयोगकर्ताहरू उनका लागि सन्देश छोड्छन् । दर्ता नभएका प्रयोगकर्ताले पनि यहाँ सन्देश छोड्न सक्छन् । यदि कसैले तपाईंलाई नयाँ सन्देश छोडेको छ भने विकिपिडियाले तपाईंलाई एउटा "तपाईंको लागि एउटा नयाँ संदेश छ" भन्न सूचना दिन्छ जसमा तपाईंको वार्तापृष्ठको लागि एउटा लिंक हुन्छ।
आफ्नो लागि छोडिएका संदेशहरूको उत्तर तपाईं दुइ तरिकाले दिन सक्नुहुन्छ: १: आफ्नो वार्तापृष्ठमा जहाँ त्यो सन्देश छोडिएको छ, २: सन्देश छोडने प्रयोगकर्ताको वार्ता पृष्ठमा । प्रयोगकर्तागण दुइटै तरिका प्रयोग गर्दछन्, तर ध्यान राख्नुहोस् यदि तपाईं आफ्नो वार्ता पृष्ठमा मात्र जवाब दिनुहुन्छ र जसले तपाईंलाई सन्देश छोडेको थियो उसले तपाईंको वार्ता पृष्ठलाई हेरेकै छैन भने तपाईंले त्यसको उत्तर दिई सक्नु भएकोछ भनेर उसलाई थाह हुन्न । यदि तपाईं यही तरीका प्रयोग गर्नुहुन्छ भने आफ्नो वार्ता पृष्ठमाथि बताई दिनुहोस् कि सन्देश छोडनेहरूले तपाईंको वार्तापृष्ठ हेर्दै गरुन्।
डट(Dot)
तपाईं बुन्दाहरी (बुलेट पइन्ट्स)को पनि उपयोग गर्न सक्नुहुन्छ जो अक्सर सूचिहरूका लागि प्रयोग गरिन्छन्। नुक्ता जोड्नका लागि तारा (*)को चिन्हको प्रयोग गर्नुहोस्।
एक सानो उदाहरण:
- * सूचीको प्रथम डट
- * सूचीको दोस्रो डट
- ** दोस्रो डट तल उपसूचीको एक डट
- * सूचीको तेस्रो डट
जो पढ्नमा यस्तो लाग्नेछ:
- सूचीको प्रथम डट
- सूचीको दोस्रो डट
- दोस्रो डट तल उपसूचीको एक डट
- सूचीको तेस्रो डट
अंकहरू भएको सूची
तपाईं यस्तो सूचीहरू पनि बनाउन सक्नुहुन्छ जसमा अंक हुन्छन्। यसका लागि अंक भएका चिन्ह (#)को प्रयोग गरिन्छ। पहिला कै तरहले, तपाईं जति #का चिन्ह हाल्नुहुन्छ, त्यति नै पर सर्छ ।
उदाहरण:
- # पहिलो कुरा
- # अर्को कुरा
- ## अर्को कुराका तल एक कुरा
- # तेस्रो कुरा
यो यस्तो देखिनेछ:
- पहिलो कुरा
- अर्को कुरा
- अर्को कुराका तल एउटा कुरा
- तेस्रो कुरा
वार्ताको उदाहरण
यो भागको प्रयोगबाट सजिलैसित पढ्ने कुराकानीको एउटा तरिका हो
नमस्ते. मलाई यस लेखका बारेमा एक प्रश्न छ. यसमा भनिएको छ कि सप्तकोशीमा रातो गोही पाइन्छ तर मलाई पक्का विश्वास छ कि रातो गोही हुन्छ! तीव्रबुद्धि_५५ 02:49, 10 Dec 2003 (UTC)
- यस्तो होइन, जब म पहिला बिराटनगर गएको थिएँ त्यहाँ सबै गोहीहरू हरियो रंगका थिए। — सर्वसहायकसिंह 17:28, 11 Dec 2003 (UTC)
- सर्वसहायक जी, पक्का हेर्नुभयो होला, तर विकिपिडियामा केवल त्यो सामग्री हाल्न सकिन्छ जसका लागि प्रमाणिक स्रोत छ। मूल शोध पूरै तरह वर्जित छ. शक्की मिजाज 20:53, 11 Dec 2003 (UTC)
- यस्तो कुरा छ भने हेर्नुहोस, गोहीका बारेमा यी पत्रिकाहरू मसित सहमत छन्:
- विश्व गोही समाचार
- रक्तिम गोहीसाप्ताहिक
- अब के भन्दछन्? — सर्वसहायकसिंह 19:09, 12 Dec 2003 (UTC)
- यस्तो कुरा छ भने हेर्नुहोस, गोहीका बारेमा यी पत्रिकाहरू मसित सहमत छन्:
- सर्वसहायक जी, पक्का हेर्नुभयो होला, तर विकिपिडियामा केवल त्यो सामग्री हाल्न सकिन्छ जसका लागि प्रमाणिक स्रोत छ। मूल शोध पूरै तरह वर्जित छ. शक्की मिजाज 20:53, 11 Dec 2003 (UTC)
- म दक्षिण अफ्रीकामा रहन्छु, र यहाँ गोही बिलकुल शुतुरमुर्ग जस्तै लाग्दछन्! निम्नलिखित सदस्य सब मसित सहमत छन्: भोपालमाबचपन_केपटाउनमाजवानी 17:28, 14 Dec 2003 (UTC)
- मगरहीमगर 01:22, 15 Dec 2003 (UTC)
- समुद्रीभेडिया 05:41, 15 Dec 2003 (UTC)
- गेहूँकुमार 18:39, 27 Jan 2004 (UTC)
ध्यान राख्नुहोस् कि यदि तपाईं आप्नो प्रतिक्रियामा सूची बनाउन चाहनुहुन्छ भने, त प्रत्येक बुंदा भन्दा पहिले द्विबिंदु (:) लगाउन नभुल्नुहोस्, जस्तै:-
- ::: यस्तो कुरा छ भने हेर्नुहोस, गोहीका बारेमा यी पत्रिकाहरू मसित सहमत छन्:
- ::: * ''विश्व गोही समाचार''
- ::: * ''रक्तिम गोही साप्ताहिक''
- ::: ~~~~
जस्तो कि पहिला भनिएको थियो, आफ्नो प्रतिक्रियामा हस्ताक्षर यस्तो गरिन्छ:
- ~~~~ लेखाईबाट तपाईंको विकिनाम र लेखाईको समय आउँनेछ (सर्वसहायकसिंह 19:09, 12 Dec 2003 (UTC))
यदि तपाईं चाहनुहुन्छ केवल विकिनाम मात्र समय पनि हाल्नसक्नुहुन्छ, तर यस्ता मानिसहरू धेरै कम गर्दछन्:
- ~~~ लेख्नाले केवल विकीनाम आउँनेछ (सर्वसहायकसिंह)
- ~~~~~ लेख्नाले केवल समय र तिथि आउँनेछ (19:09, 12 Dec 2003 (UTC)).
प्रयोग गर्नुहोस्
अब तपाईं स्वयं संवादमा केहि लेख्ने अनुभव गर्नुहोस्। यस लेखका वार्तापृष्ठमा केही लेख्नुहोस्। याद राख्नुहोला लेखाई पछि हस्ताक्षर लगाउनुहोस्। तपाईं पहिलेदेखि उपस्थित कुनै टिपण्णीको उत्तर पनि दिन सक्नुहुन्छ । याद राख्नुहोला, आफ्नो लेखाई सङ्ग्रह गर्नु अघि "पूर्वावलोकन" हेर्नुहोस्, जो तपाईंले लेख्नुभएकोछ त्यो पढ्नमा कस्तो देखिन्छ।