विकिपिडिया:हटक्याट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हटक्याट एउटा जाभास्क्रिप्ट प्रोग्राम हो । यसको प्रयोग गरेर दर्ता भएका प्रयोगकर्ताहरूले सजिलैसँग विकिपिडियाका लेखहरूको श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्दछन् । यस प्रोग्रामले श्रेणीकरण गर्दा स्वत: सुझाव समेत दिने गर्छ ।

हटक्याट प्रयोग गर्दाको उदाहरण

कसरी सुचारू गर्ने

यो उपकरणको प्रयोगको लागि सर्वप्रथम तपाईंले आफ्नो खाता प्रवेश गरेको हुनुपर्छ । हटक्याटलाई सुचारु अथवा बन्द गर्न पहिले तपाईंले आफ्नो खातामा प्रवेश गर्नु पर्ने हुन्छ । त्यस पश्चात तपाईंले माथिल्लो छेउमा मेरा अभिरुचिहरूमा क्लिक गरेर त्यहाँ उपकरणहरू भन्ने बक्समा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाईंले तल्लो भागको सम्पादनको बिचमा हटक्याट देख्नु हुनेछ । चेक बक्समा क्लिक गरेर अब तपाईंले त्यसलाई सुचारु अथवा बन्द गर्न सक्नुहुनेछ । अब तपाईंले संग्रह बटनमा क्लिक गरेर त्यसलाई सुरक्षित गर्नसक्नुहुनेछ । सुरक्षित गरिसके पश्चात एउटा हरियो तपाईंको अभिरुची संग्रह भएको छ भनेर सूचना आउनेछ । अब तपाईंले यसको प्रयोग लेखहरूमा गर्न सक्नुहुनेछ ।

कसरी प्रयोग गर्ने

कुनै पनि लेख पूर्णरुपले खुलिसकेपछी, हटक्याट स्वत: श्रेणी तिर लम्किन्छ । यदि त्यो लेखमा श्रेणी बनेको छ भने हटक्याटले सजिलै श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्छ । हटक्याट पेजको सबैभन्दा मुनी हुन्छ ।

हटक्याटद्वारा परिमार्जित गरिएको श्रेणी

नयाँ लिङ्कहरू निम्न हुनेछ:

  • "(−)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: मेटिन्छ ।
  • "(±)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: परिमार्जित गर्ने गरि खुल्छ ।
  • "(+)" अन्ततिर श्रेणीको सुचीमा: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: जोड्ने गरि खुल्छ ।
  • "(++)" अगाडी तिर: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: जोड्ने,मेट्ने वा परिमार्जित गर्ने गरि खुल्छ ।

यदि हटक्याटले कुनै श्रेणी स्वत: पहिचान गर्न सकेन भने तपाईंले त्यसको निर्माण गर्न सक्नुहुनेछ ।