विन्डोज १०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विन्डोज १०
कम्पनी / निर्मातामाइक्रोसफ्ट कर्पोरेशन
ओएस परिवारमाइक्रोसफ्ट विन्डोज
प्रारम्भिक जारी मितिअक्टोबर 26, 2012; १० वर्ष पहिले (2012-१०-26)
अग्रजविन्डोज ८.१ (२०१३)
आधिकारिक वेबसाइटwindows.microsoft.com

विन्डोज १० माइक्रोसफ्ट विन्डोज को विन्डोजको नयाँ संस्करणमा आधारित एक सन्चालन प्रणाली हो।[१] जसलाई ३० सेप्टेम्बर २०१४ मा प्रदर्शित गरिएको थियो। यो २०१५ सम्ममा बाजारमा आउना सक्छ।[२][३]

विकाश इतिहास[सम्पादन गर्नुहोस्]

पछिल्ला ३० वर्षमा पिसीदेखि मोबाइलसम्म आइपुग्दा माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोजमा धेरै परिवर्तन भएको छ । हालै माइक्रोसफ्टले विन्डोज १० सार्वजनिक गर्यो । उसले यो वर्षभित्र विश्वका सबै ठाउँमा विन्डोज १० पुर्याउने योजना ल्याएको छ । विन्डोज १० ले विन्डोज ८ मा रहेका फिचरहरूमा व्यापक परिवर्तन गर्दैछ । विन्डोज १० बजारमा आएसँगै पिसी, ट्याबलेट र फोनहरुबीचको प्रयोगको भिन्नता पनि हट्ने अड्कल गरिएको छ । यहाँ माइक्रोसफ्ट विन्डोज १ देखि १० सम्म कसरी आइपुग्यो त ? सन् १९८५ देखि हालसम्मको विन्डोजको इतिहासलाई हामीले यसरी प्रस्तुत गरेको छौं : विन्डोज १.०: १९८५ विन्डोजको यो पहिलो भर्सन खासगरी एमएस–डस (MS-DOS) को एउटा सामान्य प्रारुप थियो । अक्षर तथा चिन्हहरूमा आधारित (character based) यो अपरेटिङ सिस्टम त्यसपछि धेरै पिसीहरूमा प्रयोग भयो । तर, यसको व्यापक प्रयोग भने हुन सकेन ।

विन्डोज २.०: १९८७ माइक्रोसफ्ट वर्ड र एक्सेल प्रयोग गर्ने यो विन्डोजको पहिलो अपरेटिङ सिस्टम हो । योसँगै एप्पलले माइक्रोसफ्टलाई Macintosh र Lisa का केही एलिमेन्टहरु चोरेको आरोपमा “look and feel” मुद्दा चलाएको थियो तर यो मुद्दा एप्पलले हार्‍यो ।

विन्डोज ३.०: १९९० विन्डोज ३.० ले एमएस–डसमा रहेका कमजोरीहरूलाई प्रोग्राम म्यानेजर (Program Manager) जस्तो ग्राफिकल आइकनले हटाउने धेरै प्रयत्न गर्यो । नभन्दै यो नै विन्डोजको पहिलो लोकप्रिय भर्सन पनि बन्न पुग्यो ।

विन्डोज ३.१: १९९१ १९९० को दशकको सुरुवाति वर्षमा आएका आइबिएम कम्प्याटिबल पिसीहरुमध्यमा यो विन्डोजको सबैभन्दा स्ट्यान्डर्ड भर्सन हो । साथै एमएस–डस जस्तो देखिने भर्सनहरूमा पनि यो अन्तिम भर्सस हुन पुग्यो ।

विन्डोज ९५: १९९५ विन्डोज ९५ ले अपरेटिङ सिस्टम ठूलो फड्को मार्दै कम्प्युटरको दुनियाँलाई नयाँ उचाई पुर्याइदियो । डेक्स्टपको रूपमा आउनुको साथै सबै कुराहरूलाई आइकनमा राख्ने कार्य भयो । इन्टरनेट एक्सप्लोरर्, रिसाइकल बिन तथा स्टार्ट बटन सबै यसमै राखिए । विन्डोज ९५ लन्च भएसँगै यो विश्वभर अत्यन्तै ठूलो चासोको विषय बन्यो । यसको लन्च इभेन्टमा विलगेटलाई अमेरीकाका चर्चित कमेडियन जेइ लिनोले साथ दिएका थिए । किन्ने मान्छेको भिड ब्यापक बन्न पुगेको थियो । २०१२ मा विन्डोज ८ नआउँदासम्म विन्डोज ९५ कै डिजाइको प्रयोग भएको पाइन्छ ।

विन्डोज ९८: १९९८ विन्डोज ९८ विन्डोज ९५ जस्तै देखिनुका साथै काम पनि विन्डोज ९५ को जस्तै गर्दथ्यो । यद्यपि विन्डोज ९८ स्थिर थियो भने यसमा केही थप फिचरहरु रहेका थिए । विन्डोज एम्इ (मिलेनियम एडिसन): २०००WindowsMEविन्डोज एम्इ आधारभूतरूपमा केही नया कन्सुमर फिचरका साथ आएको विन्डोज ९८ नै थियो । यो खासै धेरै विक्री भएन । छिट्टै एक्स्पी आउँदैछ भन्ने थाहा भएपछि धेरै मानिसले एक्स्पीलाई पर्खिए ।

पकेट पिसीका लाथि विन्डोज: २००० यो समयमा माइक्रोसफ्टले मोबाइल डिभाइसहरुका लागि विन्डोजको पहिलो भर्सन ल्याउने कार्यको थालनी गर्यो । यो विन्डोज सिइ (Windows CE) भनिने नितान्त भिन्न प्रविधिमा आधारित थियो । माइक्रोसफ्टले यस भर्सनमा विन्डोज लोगो र स्टार्ट बटन जस्ता विन्डोजका धरै विशेषताहरु राख्ने प्रयास गर्यो ।

विन्डोज एक्स्पी: २००१ २००१ मा विन्डोज एक्स्पी आयो । विन्डोज ९५ पछिको यो नै विन्डोजको पहिलो सबैभन्दा ठूलो अप्डेट बन्न पुग्यो । साथै विन्डोज एक्स्पी एमएस–डसलाई पूर्ण रूपमा विस्थापन गर्नै विन्डोजको पहिलो कन्सुमर भर्सन बन्यो । यसले विन्डोज एन्टी (Windows NT) को जस्तै आधारभूत प्रविधिको प्रयाग गर्यो । विन्डोज एन्टी विन्डोजको शक्तिशाली भर्सन हो जसको प्रयोग सर्भर तथा वर्कस्टेशन पिसीहरूमा गरिन्छ ।

विन्डोज मोबाइल ५: यस समय माइक्रोसफ्टले ब्लाकबेरी र नोकिया फोनहरूसँग प्रतिष्पर्धा गर्न विन्डोज फोनका लागि नयाँ भर्सनहरु निकाल्ले प्रयासमा थियो । माइक्रोसफ्टलाई आइफोन निस्किएर सबै कुरा परिवर्तन गर्दैछ भन्ने पत्तै थिएन ।

विन्डोज भिस्टा: २००६ विन्डोज भिस्टा बनाउन माइक्रोसफ्टलाई ५ वर्ष लाग्यो । भिस्टाको निर्माणको क्रममा धेरै गल्तिहरु भए र पून:निर्माणहरु गर्न लामो समय पनि लाग्यो । यो त्यत्रो ठूलो उपलब्धी बन्न सकेन । माइक्रोसफ्टका पूर्व सिइओ स्टिभ बल्मरले कम्पनीले फोनमा नयाँ अवसर खोज्नुको साटो भिस्टामा यत्रो समय र परिश्रम खर्च गरेकोमा पछुताएको बताए ।

विन्डोज मोबाइल ६: २००७ विन्डोज मोबाइल ६ माइक्रोसफ्टको ५ वर्ष पुरानो मोबाइल प्लाटफर्मको निरन्तरता थियो । यो २००७ को फेब्रुअरी महिनामा निस्किएको थियो जुनबेला, एप्पलले भर्खरै मात्र आइफोन निकालेको थियो । विन्डोज मोबाइल ६ मा स्टाइलिस किबोर्ड (फिङ्गर टच) को प्रयोग गरिएको थियो । आइफोनको अगाडि भने यो विन्डोज मोबाइल साधारण मात्र थियो ।

विन्डोज ७: २००९ भाग्यवश विन्डोज ७ ले माईक्रोसफ्टलाई भिस्टाबाट भएको असफलताबाट माथि उठ्न मद्दत गर्यो । आधारभूतरूपमा विन्डोज ६ भिस्टाको एक परिष्कृत रुप भएपनि भिस्टाभन्दा धेरै सन्तुलित थियो । विन्डोज ७ व्यापारमा अझ पनि प्रसिद्ध रहेको छ । विन्डोज ७ विन्डोज १० मा अप्ग्रेड हुने सबैभन्दा पछिल्लो भर्सन हुनेछ ।

विन्डोज फोन: २०१० माइक्रोसफ्टले आइफोनलाई प्रतिष्प्रधात्मक जवाफ दिन विन्डोज फोन ल्यायो । २०१० मा माइक्रोसफ्टले विन्डोज फोनको पहिलो भर्सन निकाल्यो । विन्डोज मोबाइलबाट ठूलो छलाङ् मारेको विन्डोज फोन पूर्णतया: फ्रिङ्गर–फ्रेन्ड्ली डिजाइन र थुप्रै नया फिचरका साथ आयो । आइफोन र एन्ड्रोइडले द्रुत गतिमा बजार लिरहेको अवस्थामा विन्डोज फोन भने त्यो रूपमा अघि बढ्न सकेन ।

विन्डोज ८: २०१२ विन्डोज ८ विन्डोज ट्याब्लेट (windows tablet)३० वर्षदेखि डेक्स्टपमा पाएको सफलतालाई समयअनुकुल बनाउनको साटो माइक्रोसफ्टले विन्डोज फोन अपरेटिङ सिस्टमका निर्माणमा असफल भएपछि फोनमा विन्डोजको मूख्य भर्सनमै राख्यो । यसको मुख्य उद्देश्य भनेको आफ्ना टच स्क्रिन ट्याब्लेटहरूलाई आइप्याड र अन्य सामान्य पिसीहरुसाग प्रतिस्प्रर्धा गराउनु थियो । ट्याब्लेटको इन्टरफेसमा स्टार्ट बटन थिएन, आइकन नराखेर ठूला रंगिन कोठाहरु थिए ।

विन्डोज ८ डेक्स्टप माइक्रोसफ्टले पिसी तथा ट्याब्लेट दुवैमा राम्रो काम गर्ने अपरेटिङ सिस्टमको विकास गर्न नसक्दा दुवैतर्फ राम्रो सफलता पाउन सकेन । विन्डोज ८ रिलिज भएको दुई वर्षभित्रमा पिसीको विक्री १२ प्रतिशतभन्दा धेरैले घट्न पुग्यो । यो समयसम्म आइपुग्दा मानिसमा धेरै विकल्पहरु बजारमा आइसकेका थिए । विन्डोज ८ लाई विन्डोज १० मा अप्ग्रेड गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

विन्डोज फोन ८: २०१२xxwindows-phone-8माइक्रोसफ्टले विन्डोज ८ रिलिज गरेकै समयमा मोबाइलको प्लाटफर्मलाई पनि अप्डेट गर्यो । यसको विकासमा धेरै नयाँ कार्यहरु थपिए । विन्डोज फोनमा पनि माइक्रोसफ्टका पिसी र सर्भरमा अपरेटिङ सिस्टममा प्रयोग हुने विन्डोज एन्टी प्रविधिको प्रयोग गरियो । तर एन्ड्रोइड र आइओएसको तुलनामा अझै पनि विन्डोज ८ एक कदम पछाडि नै परेको छ । विन्डोज र विन्डोज फोन ८.१: गत वर्ष माइक्रोसफ्टले पिसी, ट्याब्लेट र मोबाइलाई अप्डेट गरेर यिनलाई अझ नजिक ल्याउने काम गर्यो । विन्डोज ८ मा ठूलो परिवर्तन गर्दैे विन्डोज ८.१ ले स्टार्ट मेन्युमा परिवर्तन गर्यो । विन्डोज ८.१ लाई पनि विन्डोज १० मा अप्ग्रेड गर्न सकिने छ ।विन्डोज १० ले भने पिसी, ट्याब्लेट र फोन प्लाटपर्महरूलाई झनै नजिक ल्याउने माइक्रोसफ्टले घोषणा गरिसकेको छ ।

सबैभन्दा पछिल्लो र परिस्कृत विन्डोज १० माइक्रोसफ्टले हालै विन्डोज १० सार्वजनिक गर्यो । यसमा विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरूले एक वर्षका लागि विन्डोज १० मा अप्ग्रेड गर्न पाउाने भएका छन् । विन्डोज १० अझ आकर्षक टास्क बार र स्टार्ट मेन्युलाई पुरा स्क्रिन बनाउन सकिने क्षमताका साथ आएको छ । यसको विल्डमा पनि अप्डेट गरिएको एक्सन बटन रहेको छ जसमा, दाहिने तर्फ नोटिफिकेसन बार रहेको छ । यसतर्फ तपाईको मनपर्ने एपको सर्टकट र सेटिङ पनि रहेको छ । कोर्टाना माइक्रोसफ्टले विन्डोज १० का लागि ल्याएको भोइस असिस्टेन्ट हो । आफूले जान्न चाहेका सवालहरु जस्तो मौसम, फ्लाइट ट्राकिङ् र अन्य ठाउा विशेषका जिज्ञासाहरु सोधेर तिनको जवाफ प्रप्त गर्न सकिन्छ । त्यस्तै आफ्नो अप्रेटिङ सिस्टमलाई सबै प्लाटफर्ममा पुर्याउनका लागि माइक्रोसफ्टले ८ इन्च वा सोभन्दा साना आकारका डिभाइसहरु जस्तो स्मार्टफोन वा सना ट्याब्लेटमा विन्डोज १० कस्तो हुनेछ भनेर देखाएको छ । त्यस्तै अब पिसी तथा मोबाइलमा विन्डोज १० एकै प्रकृतिले काम गर्नेछ । विश्वव्यापी अनुभव एउटै बनाउनका लागि माइक्रोसफ्टले आफ्ना एपहरूलाई पुन: परिमार्जन गरेको हो । अर्को विशेषताको रूपमा माइक्रोसफ्टले लामो समयदेखि प्रतीक्षा गरेको नयाँ ब्राउजर “स्पार्टन” ल्याएको छ । यस ब्राउजरले गुगल क्रोमलाई पनि चुनौति दिने आंकलन गरिएको छ । प्रयोगकर्ताले ब्रउजरले राखेको “रिडिङ् लिस्ट” मा पछि पढ्नका लागि वेबपेजहरु अफलाइनमा सेभ पनि गर्न सक्नेछन् । त्यस्तै विन्डोज १० मा रहेको एक्सबक्स एपले गेमरहरूलाई एक्सबक्स लाइभमा रहेका आफ्ना साथीहरुबीच भोइस र टेक्स्ट च्याट गर्न सक्ने सुविधा दिएको छ । भिडियो गेमका क्लिप्सहरूलाई इन्स्ट्राग्राममा जस्तै गरी सेयर पनि गर्न सकिने छ । अर्को महत्त्वपूर्ण फिचरको रूपमा माइक्रोसफ्टले ब्यवसायका लागि फोके डिस्प्ले स्क्रिन भएको माइक्रोसफ्ट सर्फेस हब सार्वजनिक गरेको छ । विन्डोज १० मा आधारित साँच्चै नै ठूलो आकारको यस ट्याबलेटबाट सोकेस प्रेजेन्टेसन, स्काइप कलहरु र वाइटवोर्डमा जस्तै गरी यसमा लेख्न सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "माइक्रोसफ्ट ले लन्च गर्यो विंडोज-१०, अर्को वर्ष देखि बिक्री सुरु हुने", http://www.bhaskar.com (दैनिक भास्कर), ०१ अक्टूबर २०१४, अन्तिम पहुँच ०१ अक्टोबर २०१४ 
  2. "माइक्रोसफ्टले लान्च गरो विन्डोज १० को प्रिव्‍यू, जानौ, के खास छ", haribhoomi.com (हरी भूमि), ०१ अक्टोबर २०१४, अन्तिम पहुँच ०१ अक्टोबर २०१४ 
  3. "माइक्रोसफ्टले नयँ ऑपरेटिंग सिस्टम विन्डोज़ १० को घोसणा गरो", navbharattimes.indiatimes.com (नवभारत), ०१ अक्टूबर २०१४, अन्तिम पहुँच ०१ अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]