विलियम अलेक्जेन्डर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेदरल्यान्डस का नरेश

नेदरल्यान्डस का नरेश

नेदरल्यान्डसकी महारानी बिटि्रक्सले ३३ वर्षपछि मंगलबार राजगद्दी परित्याग गरेपछि विलियम अलेक्जान्डर(अप्रिल ३०, २०१३)मा नरेश बनेका हुन ।

महारानी बिटि्रक्सले टेलिभिजन मार्फत राष्ट्रव्यापी प्रसारण गरिएको कार्यक्रममा राजगद्दी परित्याग गरेको दस्तावेजमा हस्ताक्षर गरे पश्चात एम्स्टर्डमको 'डाम स्क्वायर' स्थित राजप्रासादमा अलेक्जान्डरले पनि उक्त दस्तावेजमा हस्ताक्षर गरे पछि नरेश भएका थिए । सो अवसरमा उनले आमाले ३३ वर्षको अभिप्रेरणात्मक राजगद्दीको नेतत्वपछि परित्याग गरेको र आफू गहन रूपमा कृतज्ञ भएको बताए ।उनको पत्नी ( अर्जेन्टिनामा जन्मिएकी) म्याक्सिमा महारानी भएकी छन् । उनी हरू का ३ छोरी मध्य जेठी छोरी क्याथरिना अमालिया राजगद्दीको पहिलो उत्तराधिकारीको रूपमा राजकुमारी बनेकी छन् । विलियम अलेक्जान्डरले जनतालाई एकतामा बाँध्न र प्रेरित गर्न सक्ने २१ शताब्दीको नरेश बन्न चाहेको बताएका छन ।

नयाँ राजा[dead link]