विवाहको पहिरन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो समाजमा विवाहलाई सुन्दर, अस्मिरणीय एवं सुखद् उत्सवका रूपमा लिइन्छ। यस्तो शुभ अवसरमा आकर्षक देखिने चाहना सबैमा हुनु स्वाभाविक हो। त्यसैले विवाहमा अहिले फेसनको चमक बढ्न थालेको छ। कपडामा सम्झौता गर्ने र मन बुझाउने भन्ने कुरा आजका दुलहीहरूका लागि असम्भव नै छ। इन्गेजमेन्टदेखि विवाहपछिका पार्टी एवं भेटघाटका लागि फरक-फरक पहिरनमा देखिने चलन छ। डिजाइन र फेसनमा पनि परिवर्तन आएको छ। युवतीहरू जाडो होस् वा गर्मी सुन्दरता र ग्ल्यामरमा कुनै कमी भएको रुचाउँदैनन्। फेसनप्रतिको यही उत्साह र लहरलाई बुझेर डिजाइनर एवं व्यवसायीहरूले विवाहमा विशेष पहिरन बजारमा ल्याएका छन्।

समयसँगै अहिले युवतीहरूमा विवाहमा प्रयोग हुने कपडाको रंगमा परिवर्तनको इच्छा नभएको होइन तर हाम्रो संस्कार एवं परम्परालाई सहजै परिवर्तन गर्न नसकिने भएर दुलहीको अनुहारको रंग र बनोटअनुसार रातो, मरुन, रानी र गुलाबी मिसाएर अलग स्वरूपमा पहिरन तयार पार्ने प्रयास गरेको मच एन मोरकी डिजाइनर उषा बताउँछिन्। पार्टी वेयरका लागि भने स्काई ब्लु, गोल्डेन, ग्रीन, प्याजी आदि रंग प्रयोग भएका लेहेंगाको माग बढेको उनले सुनाइन्। विवाहमा प्रयोग हुने पहिरनमा साडी र ब्लाउज सधैं एक नम्बरमा पर्छन्। एउटा भनाइ नै छ-अन्य पहिरन लगाउँँदा त्यो पहिरनको कम्पनी र ब्रान्ड झल्किन्छ तर साडी र ब्लाउजमा लगाउने व्यक्तिको व्यक्तित्व देखिन्छ। त्यसैले जति नै परिवर्तन र आधुनिकता भित्रिए पनि यो पहिरनको आकर्षण घटेको छैन। अहिले साडीमा जर्जेट, प|mेन्च सिफन, नेट, जापानीज सिफन, सिन्थेटिक, क्रेभ तथा सिमरको प्रयोग बढी देखिन्छ। साडीमा विभिन्न फूल र पातका बुट्टा ग्राहकको मागअनुसार नै भरिन्छ। विवाहको दिनलाई बढी रातो र मरुन जाने गरेको छ। इन्गेजमेन्ट र पार्टीमा भने गुलाबी, रानी, गोल्डेन, सेतो, पहेंलो आदि रंगको प्रयोग हुन थालेको छ। जाडो मौसम भएकाले कतिपयले विवाहको अवसरमा पस्मिना, स्लिक र पस्मिना सिफनको साडी पनि रुचाउने साडी हाउस बागबजारका शिवशंकर बताउँछन्। यस्ता साडीको मूल्य १४ हजारदेखि ४० हजारसम्म पर्छ। सबै किसिमका साडीमा स्टोन, डाइमण्ड, सोरसोकी, मोती, सितारा एवं पोतेले मागअनुसार बुट्टा भरिएको हुन्छ। साडी लगाउनेहरूका लागि ब्लाउज, कम्मर पेटी, सितारा, पोते एवं डाइमण्डले भरिएको हुन्छ। मखमलको रातो चप्पल र रातो व्यागसहित पूरै सेट नै पाइन्छ। साडीसँग पस्मिनाको पछौरी पनि प्रयोग गर्ने चलन छ। यी सामान भारत, जापान, फ्रान्स, हङकङ, सिङ्गापुर, इटाली आदि देशबाट भित्रिन्छन्। अहिले हातले भरिएका साडीको माग बढी छ। विवाहको समयमा सामान्य धोती र ब्लाउज किन्नेहरू पनि धेरै हुन्छन्। यस्ता धोतीमा रातो, मरुन र गुलाबी नै बढी किन्ने चलन छ जसको फेबि्रकमा कटन र टेलिकोसाको प्रयोग गरिएको हुन्छ। यसको मूल्य ३ सयदेखि २ हजारसम्म पर्छ।