शिशिर र वसन्तको कथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिशिर र वसन्तको कथा बोधविक्रम अधिकारीद्वारा लिखित दन्त्य कथा किताब को एक दन्त्य कथा हो । दाजु र भाईको भातृप्रेम देखाउन खोजिएको यो कथा वि.सं १९९४ सालमा प्रकाशित दन्त्य कथामा सङ्ग्रहित छ ।[१]

सांरश[सम्पादन गर्नुहोस्]

यस कथामा शिशिर र वसन्त राजकुमार हुन्छन् । अधिक चिन्ताका कारण आफ्नो आमाको निधन र बाबुले अर्को रानी भित्राएपछि टुहुरा हुन्छन । सौतेनी आमाले शिशिर र वसन्तलाई जुङ्गलमा लगेर मार्दिनु भन्ने आदेश राजा (शिशिर र वसन्तका बाबुले) टार्न सक्दैनन् तर सैनिकहरूलाई कलिला र अबोध राजकुमारहरुप्रति दया लाग्छ; शिशिर र वसन्त जङ्गलमा छोडिन्छन् । दाजु शिशिेर जङ्गलबाट आगो खोज्न गएर नफर्केपछि भाइ वसन्त जसोतसो जुङ्गलबाट निस्कन्छन् । दाजु शिशिर कुनै देशको राजा बन्छन् भने भाइ वसन्तले धेरै दुख भोग्छ । अन्तिममा शिशिेर वसन्तको कथा जसले सुनाउन सक्छ, त्यसलाई इनाम दिइनै घोसणा वसन्तले पनि सुन्छ । अनेक पीडा र हण्डरका कारण वसन्त दुब्ला र निचिनिने भएका हुन्छन् जसलाई स्वयं राजा (शिशिर)ले पनि चिन्दैनन् तर कथाको अन्तमा शिशिर र वसन्तको पुनर्मिलन हुन्छ ।

पात्रहरु[सम्पादन गर्नुहोस्]

मुख्य पात्रहरु:[सम्पादन गर्नुहोस्]

  • शिशिर
  • वसन्त

गौण पात्रहरु:[सम्पादन गर्नुहोस्]

  • अन्य सबै

कथा विश्लेषण[सम्पादन गर्नुहोस्]

भातृप्रेम[सम्पादन गर्नुहोस्]

शिशिर र वसन्तको कथामा दुई दाजुभाइको सम्बन्ध देखाउन खोजेको कथा छ । लामो समयसम्म छुट्टिएर राजकीय सुखमा रहेर पनि दाजु शिशिरले आफ्ना भाइ बसन्तलाई खोजीरहेका छन्; अर्कोतिर दाजु आगो लिन जाँदा नफर्किएपछि पनि भाइ वसन्तले दाजुभाइको विछोडको गीत गाउन छाड्दैनन् । एवम् प्रकारले विछोड भएपनि अन्तमा दाजुभाइको मिलन भएको छ ।

सौतेनी व्यवहार[सम्पादन गर्नुहोस्]

भगेँरीलाई मारेपछि भगेँरोले अर्की भगेँरी ल्याएपछि कसरी सौतेनी व्यवहार गर्छ भन्ने कुरा पनि कथाले देखाएको छ। त्यही कुरा मानिसमा लागू हुने कुरा पनि कथाले बताएको छ ।सूर्य

नेपाली समाजमा[सम्पादन गर्नुहोस्]

माध्यमिक विद्यालय तहको हाम्रो नेपाली किताबमा यो कथा रहेको छ । नेपालीमा यो र अन्य कथाद्वारा प्रचलित," भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला, यो कथा बैकुण्ठ जाला" जस्ता हरफहरु प्रचलित छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. हाम्रो नेपाली किताब कक्षा ९ पाठ २