शिश्न
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7c/Penis_Anatomy2_numbers.svg/300px-Penis_Anatomy2_numbers.svg.png)
1 — मूत्राशय,
२ — जघन सन्धान,
३ — पुरस्थ ग्रन्थि,
४ — कोर्पस कैवर्नोसा,
५ — शिश्नमुण्ड,
६ — अग्रत्वचा,
७ — कुहर (मूत्रमार्ग),
८ — वृषणकोष,
९ — वृषण,
१० — अधिवृषण,
११— शुक्रवाहिनी
शिश्न (Penis) कशेरुकी र अकशेरुकी दुबै प्रकारको केही भाले जीवहरूको एक बाह्य यौनाङ्ग हो।
शिश्न प्रविधि रूपबाट स्तनधारी जीवहरूको प्रजननको लागि प्रवेशी अङ्ग हो, साथै यो मूत्र निष्कासनको लागि पनि एउटा बाहिरी अङ्गको रूपमा कार्य पनि गर्छ। शिश्न खास गरेर स्तनधारी जीवहरू र सरीसृपहरूमा पाइन्छ।
मानिसको शिश्न
[सम्पादन गर्नुहोस्]संरचना
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7c/Gray1158.png/220px-Gray1158.png)
मानव शिश्न जैविक ऊतकको तीनवटा स्तम्भहरूबाट मिलेर बन्दछ। पृष्ठीय पक्षमा दुई कोर्पस कैवर्नोसा एक अर्का सँग-सँगै तथा एक कोर्पस स्पोंजिओसम उदर पक्षमा यो दुईटैको माझमा स्थित हुन्छ। कोर्पस स्पोन्जिओसमको वृहत र गोलाकार सिरा शिश्नमुण्डमा परिणित हुन्छ जुन अग्रत्वचा द्वारा सुरक्षित रहन्छ। अग्रत्वचा खक्लो त्वचाको संरचना हुन्छ जसलाई यदी पछाडी तिर तान्यो भने शिश्नमुण्ड देखिन थाल्छ। शिश्नको तल तिरको त्यो क्षेत्रलाई फेरुलम भनिन्छ । फेरुलमसँग अग्रत्वचा जोडीएको हुन्छ । शिश्नमुण्डको टुप्पामा मूत्रमार्गको अन्तिम हिस्सा हुन्छ जसलाई कुहरको रूपमा जानिन्छ । यो मूत्र त्याग र वीर्य स्खलन दुबैको लागि एकमात्र बाटो हो । शुक्राणुको उत्पादन दुईटै वृषणहरूमा हुन्छ र यसको सङ्ग्रहण संलग्न अधिवृषण (एपिडिडिमिस)मा हुन्छ। वीर्य स्खलनको बेला शुक्राणु दुई नलिकाहरूबाट भएर जान्छ जसलाई शुक्रवाहक (वास डिफेरेन्स)को नामले पनि जानिन्छ र मूत्राशयको पछाडी तिर । यस यात्रामा सेमिनल वेसाइकल र शुक्रवाहकद्वारा स्रावित तरल शुक्राणुहरूमा मिल्छ र जुन दुई स्खलन नलिकाहरूको माध्यमबाट पुर:स्थ ग्रन्थि (प्रोस्टेट) भित्र मूत्रमार्गमा गयेर मिल्छ। प्रोस्टेट र बल्बोयूरेथ्रल ग्रन्थिहरू, यसमा अझ धेरै स्रावहरूलाई जोड्छन् र वीर्य अन्तत: शिश्नको माध्यमबाट बाहिर निकलिन्छ । रयाफ शिश्नको तलको एक दृश्य रिज हो, जहाँ शिश्नको पार्श्व चित्र जोडिन्छ । यो कुहर (मूत्रमार्गको मुख)बाट शुरु भएर वृषणकोष (वृषणको थैली) लाई पार गर्दै पेरिनियम (अण्डकोशको थैली र मलद्वार बीचको क्षेत्र) सम्म जान्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)