शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल | |
---|---|
![]() | |
भौगोलिक विबरण | |
स्थान | टेकु काठमाडौं, प्रदेश ३, नेपाल |
संगठन | |
आर्थिक श्रोत | सरकारी |
सम्बद्ध विश्वविद्यालय | नेपाल सरकार स्वास्थ्य विभाग |
इतिहास | |
स्थापना | वि.सं. १९९१ (सन् १९३३) |
कडीहरू | |
वेबसाइट | अस्पतालको आधिकारिक वेवसाइट |
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौँमा अवस्थित एक अस्पताल हो। यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ।[१][२]
यस अस्पतालमा जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षयरोग तथा डट्स क्लिनिक, महामारी सेवा, टीकाकरण, इपीएस र अन्य सेवाहरू समेत उपलब्ध छन्।[३][४]
शुक्रराज अस्पतालको स्थापना कोलेरा अस्पतालको नाममा वि सं १९९० सालमा भएको थियो। यसैलाई विक्रम सम्वत् २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण गरियो। त्यसपछि विक्रम सम्वत् २०५३ जेठमा टेकु अस्पताल र विक्रम सम्वत् २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "मन्त्रिपरिषद् निर्णयः १३ कर्णेल सरुवा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-१०।
- ↑ Setopati, सेतोपाटी संवाददाता ::, "बामदेव बिरामी, डेंगीको आशंका", Setopati, अन्तिम पहुँच २०१९-०९-१०।
- ↑ "शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फार्मेसी", बाह्रखरी (npमा), अन्तिम पहुँच २०१९-०९-१०।
- ↑ "नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)", BreakNLinks Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-१०।
- ↑ "हाम्रो बारे", अन्तिम पहुँच ९/१०/२०१९। अस्पतालको आधिकारिक वेवसाइट